Skip to main content

प्रमुख दलका उम्मेद्वार नै आचारसंहिता मिच्दै, कसले कुन विद्यालयमा कार्यक्रम गरे ?

काठमाडौं, कार्तिक -
उम्मेद्वार - कार्यक्रम स्थल
पुष्पकमल दाहाल (एमाओवादी) -  राराहिल मावी, किर्तिपुर
रेणु दाहाल (एमाओवादी) - विजय स्मारक उच्चमावी, डिल्लीबजार
देवेन्द्र पौडेल (एमाओवादी) - जनमैत्री कलेज, कुलेश्वर
प्रकाशमानसिंह (काग्रेस) -  ब्लुस्काई स्कुल, घट्टेकुलो
निर्मल कुइँकेल (एमाले) - जयभद्रकली स्कुल
प्रमुख राजनीतिक दलका उम्मेद्वारहरुले निर्वाचन आचारसंहिता उलंघन गर्दै विद्यालय हाता भित्र चुनावी गतिविधि संचालन गर्न थालेका छन् संविधान सभा निर्वाचन आचारसंहिताको ३५ नम्बर बुँदामा 'बिद्यालय विद्यालय हाता भित्र आमसभा, माइकिङ् लगायत निर्वाचन प्रचारको काम गर्नु हुदैन' भनिएको आचारसंहिताको ३२ नम्बर बुँदामा 'बालबालिकालाई जुलुस, र्याली, आमसभा, बैठक वा भेलामा सहभागी गराउन तथा प्रचार प्रसार निर्वाचनसंग सम्बन्धीत अन्य कुनैपनि काम वा गतिविधिमा प्रयोग गर्नु गराउनु हुदैन' भन्ने पनि उल्लेख तर यो प्रावधानप्रति दलका उम्मेद्वारले वेवास्ता गरेका छन्
एमाओवादीबाट काठमाडौं की उम्मेद्वार रेणु दाहालले बिहिबार डिल्लीबजारस्थित बिजय स्मारक उच्चमावीमा राजनीतिक अन्तरक्रिया गरिन् बुधबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले किर्तिपुरस्थित राराहिल माध्यमिक बिद्यालयमा चुनावी अन्तरक्रिया गरेका थिए काठमाडौं का एमाओवादीका प्रसारप्रचार समितिका संयोजक चन्द्रबहादुर थापा सागरले कार्यक्रम गर्न वरीपरि कतै उपयुक्त ठाँउ नपाएकाले स्कुलमा कार्यक्रम गरिएको बताए 'हामीले आकस्मिक ढंगले कार्यक्रम आयोजना गरेका हौं,' उनले भने, 'त्यै स्कुलमा पढाउने शिक्षक, विद्याथी बरपरका टोलबासी युवाहरुसंग भेटघाट गर्ने भएकाले विद्यालय व्यवस्थापन समितिको सहमतिमै केही समयका लागि स्कुलमा कार्यक्रम गरेका हौं ' उनले आकस्मिक ढंगले कार्यक्रमको आयोजना गरेकाले आचार संहिता उलङ्न नभएको दाबी गरे
कतिपयले स्कुलमा गरिने कार्यक्रम भेलाबारे सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गरिरहेका छन् काठमाडौं का कांग्रेसका उम्मेदवार नरहरी आचार्यले बुधबार आफ्नो फेसबुकमा चुनाबी प्रसारप्रचारका लागि पैदल यात्रा गर्नु अघि धुम्रबाराही स्कुल धुम्बाराहीमा भेला हुने भनेर सबैलाई सन्देश दिएका थिए 'बिहान सात बजे धुम्बाराही स्कुल धुम्बाराहीमा भेला भई पैदलयात्रा सुरु गर्ने' फेसबुकको स्टाटसमा उनले उल्लेख गरेका थिए बाल अधिकारका क्षेत्रमा कार्यरत झनहरी भर्ट्टराइले आचार्यको स्टाटसमा प्रतिक्रिया दिदै 'स्कुलमा भेला गर्नु आचार संहिता बिपरित हो, अन्तै भेला गर्ने कि ? तपाईको जानकारीका लागि' भनेका थिए आचार्यले 'सतर्क गराएकोमा धन्यबाद' भन्ने उत्तर दिए त्यसपछि आचार्यले विद्यालय बाहिर भेला गरेर घरदैलो कार्यक्रम सुरुवात गरे काठमाडौं का कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले पनि बुधबार ब्लुस्काइ स्कुलमा भेला गरी घरदैलो कार्यक्रम गरेका थिए काठमाडौं का एमाले उम्मेद्वार निर्मल कुइँकेलले कामनपा वडा नम्बर को जय भद्रकली स्कुलमा भेला भइ घर दैलो गरेका थिए काठमाडौं का एमाओवादी उम्मेदवार देबेन्द्र पौडेलले जनमैत्री कलेज कुलेश्वरबाट जुलुस सुरु गरेका थिए
०६८ जेष्ठ ११ मा बसेको मन्त्री परिषदको बैठकले 'बिद्यालय शान्ती क्षेत्र' घोषणा गर्दै यसमा कुनैपनि किसिमका राजनीतिक कार्यक्रम गर्न नहुने व्यवस्था गरेको थियो विद्यालयमै कार्यक्रमका गतिविधि बढ्न थालेपछि बालअधिकारमा सरोकार राख्ने संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् केन्दि्रय बाल कल्याण समितिले निर्वाचनका कुनैपनि गतिविधिमा बालबालिका विद्यालय प्रयोग नगराउन राजनीतिक दल सम्पूर्ण सरोकारवालाई आग्रह गरेका छन् बिहिबार एक कार्यक्रमको आयोजना गरी समितिले निर्वाचन आचार संहिता उलङ्घन भइरहेकोबारे निर्वाचन आयोगलाई ध्यानाकषण गराएको शिक्षकहरुलाई राजनीतिक प्रचार प्रसारमा संंलग्न गराएर पठनपाठनमा असर पार्ने, विद्यालय वरपर आमसभा माइकिङ गरेर पठनपाठन बन्द गर्ने लगायतका काम गर्दा आचार संहिताको उलङघ हुने भन्दै समितिले सबैलाई सजग गराएको

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...