Skip to main content

गाउँका विद्यालयमा छैनन् विद्यार्थी

विमल खतिवडा
२०७० मंसिर १२ बुधबार
चितवन, मंसिर १२ - गाउँमा रहेका सरकारी विद्यालयमा विद्यार्थीको संख्या कम छ । विद्यार्थी संख्या घट्ने क्रम रोकिएको छैन । प्राथमिक तहमा भन्दा माध्यमिक तहका विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ । त्यसमा पनि चेपाङहरूको बसोबास रहेको गाविसमा विद्यार्थीको संख्या न्यून छ । चितवनका ९ वटा पहाडी गाविसमा चेपाङको बसोबास छ । तर ती गाविसमा एसएलसी दिन नपाउँदै विद्यालय छाड्ने चेपाङ विद्यार्थीको संख्या बर्सेनि बढ्दो छ ।
शिक्षा कार्यालयको अगुवाइमा गाविस र नगरपालिकालाई साक्षरता घोषणा गर्ने अभियान जारी रहे पनि गाउँमा यो अभियान चल्न सकेको छैन । आधारभूत कक्षा (१-८) मा भने विद्यार्थीको संख्या उच्च छ । शिक्षा कार्यालयका अनुसार मावि तहमा अध्ययन गर्ने चेपाङ विद्यार्थीको संख्या ४ सय २९ छ । त्यस्तै आधारभूत कक्षामा ७ हजार ७ सय ५ जना विद्यार्थी छन् । यो अघिल्लो वर्षको तथ्यांक भए पनि मावि तहमा विद्यार्थीको संख्या कमी रहेको शिक्षा कार्यालयका कार्यक्रम शाखा प्रमुख कृष्ण पौडेलले बताए । प्राथमिक तहका विद्यालय नजिक भए पनि मावि तहका विद्यालय पुग्न २ घन्टा बढी पैदल हिँड्नुपर्छ । विद्यार्थीले प्रावि तहभन्दा माथिल्लो तहको शिक्षा लिनबाट वञ्चित बन्ने गरेका छन् । चेपाङ बालबालिकासँग प्रतिस्पर्धा गर्ने गाउँमा अन्य बालबालिका नभएका कारण यस्तो भएको हो । आर्थिक अवस्था, शैक्षिक चेतनाको कमी र भौगोलिक विकटताका कारण माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीको संख्यामा कमी आउँदै गएको छ । मावि र निमावि तहमा विद्यार्थीको संख्या वृद्धि गर्न खासै पहल गरिएको छैन ।
'आर्थिक अवस्था कमजोर र भौगोलिक समस्याले पहाडी गाविसका माविमा विद्यार्थीको संख्या कम भएको हो,' जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले भने, 'त्यसैले हामीले माविमा विद्यार्थी संख्या बढाउन दिवा खाजा र छात्रवृत्ति वृद्धिको पहल गरिरहेका छौं ।' उनले गाउँगाउँमा पुगेर विद्यार्थी संख्या कम हुनुको कारण शिक्षक र अभिवभावकसँग समेत बुझिरहेको बताए । गाउँका विद्यालयमा शिक्षकलाई समेत भेट्न मुस्किल पर्छ । चेपाङ बालबालिकाले मावि तहको शिक्षा हासिल गर्न नपाउँदा कलिलो उमेरमै ज्याला मजदुरी गर्न बाध्य छन् । पुस्तक, कापी, कलम, पोसाक किन्न नसक्दासमेत बालबालिका विद्यालय जान सकेका छैनन् ।' चितवनमा उच्च शिक्षा अध्ययन गर्ने चेपाङको संख्या न्यून छ,' चेपाङ क्षेत्रमा काम गर्दै आएका केपीकरण शर्माले भने, 'चेपाङ गाउँमा सरकारी क्षेत्रबाट उचित सहयोग र अनुगमन नगरिंदा यस्तो भएको हो ।' उनले विद्यार्थीलाई पायक पर्ने ठाउँमा आवासीय सुविधासहितका विद्यालय स्थापना गर्न आवश्यक रहेको बताए । मावि तहका विद्यालय नजिक छैनन् । शिक्षा कार्यालयले आधारभूत कक्षाका विद्यार्थीलाई वाषिर्क छात्रवृत्तिका रूपमा ४ सय ९० रुपैयाँ र माध्यमिक तहका विद्यार्थीलाई १ हजार ७ सय उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै अघिल्लो वर्ष शिक्षा कार्यालयमा उच्च मावि तहमा अध्ययनका लागि भन्दै विज्ञान संकायमा अध्ययन गर्ने चेपाङ बालबालिकाका लागि ८ वटा कोटा आएको थियो । प्रतिव्यक्ति ३० हजारका दरले २ लाख ४० रुपैयाँ आएको हो ।
प्रकाशित मिति: २०७० मंसिर १२ १२:०२

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...