Skip to main content

समयमा शिक्षाका मुद्दा नटुंगिदा पठनपाठन प्रभावित

दुईबीचको द्वन्द्वले विद्यालय नै विघटन हुने अवस्था आएपछि केही महिनाअघि जिशिकाले रहमानलाई अर्को विद्यालयमा सरूवा गरेको थियो। अध्यक्ष यादव नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निलम्वनमा परेका छन्।
पूर्वप्रअ रहमानले सरुवा भई अर्को विद्यालयमा गइसके पनि सेमरी माविको सम्पत्ति र कागजात बरबुझारथ गरेका छैनन्। यस विषयमा जिल्ला शिक्षा कार्यालय (जिशिका) मौन छ। पाठ्यपुस्तक र छात्रवृत्तिको रकममा भएको भ्रष्टाचारका प्रमाण खुल्ने डरले रहमानले बुरबुझारथ नगरेको आरोप यादवले लगाएका छन्।
त्यसैगरी सिलौटीया गाविसको जनता उच्च माविका शिक्षक सन्तराम प्रसाद गुप्ताको ६ लाख रूपैयाँभन्दा बढीको बेरुजु सम्वन्धी मुद्दा पनि लामो समयदेखि टुंगिन सकेको छैन। जिल्ला शिक्षा कार्यालय रूपन्देहीमा दैनिक सरदर चारवटा विभिन्न प्रकृतिका यस्ता मुद्दा दर्ता हुने गर्छन्।
यसले कार्यालयको नियमित काम प्रभावित भएको विद्यालय प्रशासन शाखाका अधिकृत विष्णु भुसाल बताउँछन्। मुद्दाको छिनोफानो गर्न ढिलाई हुँदा विद्यालयको शैक्षिक वातावरण खल्बलिएको भुसालले बताए।
प्रजिअ, सरकारी वकिल र अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रभित्र पर्ने गम्भिर प्रकृतिका अपराधजन्य मुद्दा पनि जिशिकामा आउने गरेको र त्यस्ता मुद्दामा कानुनी ज्ञानको कमीले निर्णय दिन ढिलाई हुने गरेको विद्यालय प्रशासन शाखाका उपसचिव गंगाराम आचार्यको भनाइ छ।
जिशिकामा न कानुन अधिकृत छन् न त कानुनी परामर्श लिने व्यवस्था नै। यसले गर्दा मुद्दाको अर्थ र व्याख्या गरी राय सुझाउको प्रतिवेदन लेख्न पनि मुश्किल परेको उपसचिव आचार्यको अनुभव छ।
जिशिकामा विशेष गरी विद्यालय व्यवस्थापन समिति, शिक्षक नियुक्ति, नक्कली शैक्षिक प्रमाणपत्र, प्रअ नियुक्ति, कास र लेखापालको निष्कासन, निजी र पिसिएफ दरबन्दीका शिक्षकको निष्कासन, छात्रवृत्ति र पाठ्यपुस्तकको रकममा भ्रष्टाचार जस्ता विषयका मुद्दा आउने गरेको तथ्यांक छ।
शिक्षा विभागका प्रवक्ता टेकनारायण पाण्डेले ठूला जिल्लामा विवाद र मुद्दाको चाप भएको बताए। समाधानका लागि जिल्ला तहमा तत्कालै सम्भव नभए पनि क्षेत्र र विभाग तहमा कानुन अधिकृतको व्यवस्था गर्नुपर्ने आवश्यकता महसुश भएको पाण्डेले बताए।
मुद्दाको अध्ययन अनुसन्धान गर्न स्थलगत अनुगमनमा खटिने अधिकृतका लागि सवारी साधन र सुरक्षाको समस्या भएकाले अनुसन्धानमा समेत बाधा पुगेको जिशिअ विष्णुप्रसाद अधिकारीको भनाइ छ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...