Skip to main content

बालश्रममुक्त गरी विद्यालय पठाउने अभिभावकलाई सहयोग

काशीराम शर्मा
बाँके १६, पुस। 
विपन्न तथा सिमान्तकृत समुदायका बालबालिकालाई शिक्षाको मूलप्रवाहमा जोड्नको लागि अभिभावकको आयस्तर बढाउनुको बिकल्प नभएको एक अध्ययनले देखाएको छ । बाँके युनेस्को क्लवले युनिसेफ र नेपालगन्ज नगरपालिकाको सहयोगमा बालश्रमिकको पुनः स्थापना र आयस्तरबृद्धि कार्यक्रम सञ्चालनका लागि गरिएको पाईलोटिङ कार्यक्रमको लागि गरिएको अध्ययनले सो कुरा देखाएको हो । 
यो कार्यक्रम अनुसार जोखिमपूर्ण काममा रहेका बालश्रमीकलाई कामबाट मुक्त गरी घरमा पुनः स्थापना गर्दै आगामि शैक्षिक सत्रदेखि अनिवार्यरुपमा विद्यालय पठाउनुपर्ने छ । सो कार्यक्रममा पहिलो चरणमा नेपालगन्ज नगरपालिकाभित्र रहेका विपन्न ४५ परिवारलाई छनौट गरी उनीहरुका बालबालिकालाई बालश्रमबाट छुटाएर विद्यालय पठाउनुपर्ने सर्तमा अभिभावकको आयआर्जन बृद्धि गर्न अभिभावकको चाहाना अनुसार सहयोग गर्ने कार्यक्रम अधिकृत सुनिल चौधरीले जानकारी दिए । 
त्यस्ता बालबालिकाहरुलाई उद्दार गरी घरमा पुनःस्थापना गर्ने उद्देश्यका साथ कायक्रम सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष प्रबेज अलि सिद्दिकीले जानकारी दिए । उनले दातृ निकायले दिएको सहयोग सदुपयोग भए नभएको लागि क्लव तथा नेपालगन्ज नगरपालिका र युनिसेफको अनुगमन टोलीले पटक–पटक अनुगमन गर्ने र दुरुपयोग खास गरी बालबालिकालाई बालश्रमबाट मुक्त गरी घरमा पुनःस्थापना नगरी पुनः श्रममै लगाएको पाईएमा दिएको सहयोग पनि फिर्ता लिने र त्यस्ता अभिभावकलाई कालो सूचीमा राखेर भविश्यमा कुनै पनि सहयोग नगर्ने लगायतका शर्तहरु भएको बताए । 
क्लवले पहिलो चरणमा ४५ परिवारका ४५ जना बालबालिकालाई बालश्रमबाट मुक्त गराउदै सबैलाई आयआर्जनमा सघाउ पुराउनको लागि प्रति परिवार १५ हजार बराबरको आर्थिक सहयोग गरीएको बताए । नेपालगन्ज नगरपालिका क्षेत्रमा रहेका पसलमा कार्यरत ३ जना, ग्यारेजमा काम गर्ने २ जना, घरेलु कामदारको रुपमा १७ जना, कवाड बटुलेर हिड्ने ३ जना, ईटा भट्टामा १, सुन पसलमा ३ जना, भाँडा पसल ३, टेलर्समा २, डकर्मी ५, सामान ओसारपसार ३, होटलमा काम गर्दै गरेका ४ जना बालबालिकालाई जोखिम पूर्ण कामबाट मुक्त गराउदै घरमा नै पुनःस्थापना गरी विद्यालय पठाउने तयारीमा राखिएको छ । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...