म्याग्दी २०७० पुष १ । जिल्ला शिक्षा कार्यालय म्याग्दीले सोमबार एक कार्यक्रमको आयोजना गरि चालु आर्थिक वर्ष २०७०/७१ मा कार्यालय मार्फत सञ्चालन हुने योजना तथा कार्यक्रमको विषयमा सरोकारवालाहरुलाई जानकारी गराएको छ ।
विषयगत सरकारी कार्यालयका प्रमुख, राजनितिक दल, शिक्षासंग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने गैरसरकारी संस्था लगायत सरोकारवालाहरुलाई कार्यालयले चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना तथा कार्यक्रम र बजेटको विषयमा जानकारी गराएको हो ।
जिल्ला शिक्षा अधिकारी बिष्णुनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्ष कार्यालयलाई विभिन्न ९ वटा शिर्षकमा ४९ करोड रुपैया बजेट प्राप्त भएको जानकारी गराइएको थियो ।
प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, स्थानिय विकास अधिकारी बिष्णुप्रसाद शर्मा, प्रहरी नायव उपरिक्षक जर्नादन जिसी लगायतको उपस्थिती रहेको कार्यक्रममा म्याग्दीको शैक्षिक क्षेत्रमा महिला सहभागिताको विषयमा जिशिअ श्रेष्ठले जानकारी गराएका थिए ।
जिल्ला शिक्षा कार्यालयका उपसचिव युक्तप्रसाद शर्माको स्वागतमा सम्पन्न भएको कार्यक्रममा उपसचिव डिल्लीरमण भट्टराईले कार्यालयको योजना तथा कार्यक्रमको र विद्यालय निरिक्षक कृष्णप्रसाद श्रेष्ठले अनौपचारीक शिक्षा कार्यक्रमको योजनाका बारेमा जानकारी गराएका थिए ।
source:ebaglung.com