Skip to main content

जीवनोपयोगी शिक्षा, अबको आवश्यकता

भूमिराज शर्मा, १२ पुस २०७०
नेपालमा गुरुकुल प्रणालीदेखि सुरु भएको शैक्षिक पद्धति आज सह–शिक्षाको अवधारणसँगै उपभोक्तामुखी बन्दै गएको छ । सामुदायिक र निजी विद्यालय गरी दुई किसिमको विद्यालय स्तरको शिक्षा यहाँ विद्यमान छ । ज्ञानको उत्पादनका स्रोत र साधनको उपयोग समान रूपमा गर्न पाउनु हरेक नागरिकको अधिकार हो भने त्यस्तो समान अवसर प्रदान गर्नु नागरिकप्रतिको राज्यको प्राथमिक दायित्व हुन आउँछ । यद्यपि विविध राजनीतिक, नीतिगत र इच्छाशक्तिको अभावले नेपालजस्ता गरिब र विकासोन्मुख राष्ट्रको शिक्षा प्रणाली यस्तो अवसर दिने खालको नभएर केबल निर्वाहमुखी मात्र भएको छ ।
शिक्षालाई ज्ञान र विज्ञानको मुहानका रूपमा विकसित गर्न नसकी केवल साक्षरहरूको भीड निर्माण गर्ने महत्वाकांक्षी अस्त्रको रूपमा प्रयोग गरिएको छ । निजी शैक्षिक संस्थाको कुशल व्यवस्थापन र संचालनको कारण केही राम्रो शिक्षा प्रदान गर्ने प्रयास भएको भएता पनि समग्रमा शिक्षा क्षेत्र सन्तोषजनक छैन । हुन त राज्यले शैक्षिक उत्पादनलाई ग्रहण गर्न सक्ने संरचना निर्माण गर्न सकेन भने शैक्षिक बेरोजगारको वृद्धि हुन्छ र त्यसले गुणस्तरको मापनभन्दा पनि संरचनागत समस्या निम्त्याउँछ । नेपालमा अहिले त्यस्तै भइरहेको छ । सरकारी एवं  सामुदायिक विद्यालयमा राजनीतिलाई माध्यम बनाएर समाजमा आफ्नो निहीत स्वार्थपूर्ति गर्नेको भीडले पनि विद्यालय शिक्षालाई कमजोर बनाएको छ । राजनीतिलाई गालीमात्र गर्ने र त्यसलाई एउटा साधन बनाएर गलत यात्रा तय गर्नेहरूले विद्यालय शिक्षालाई मात्र नभएर विश्वविद्यालय शिक्षालाई समेत जीवन उपयोगी बनाउन नसकेको उदाहरण नेपालका विश्वविद्यालयहरूमा व्याप्त छ ।
विद्यमान संरचनालाई परिवर्तन गरी उत्तरदायी शैक्षिक प्रणालीको विकास गर्नका लागि राज्यको मात्र मुख ताकेर बस्नु सचेत नागरिकका लागि सुहाउँदो विषय होइन । शिक्षामा देखिएको परम्परागत शैलीको घोकन्ते विद्या र आधुनिक शैलीको प्रतिलिपि विद्या दुवै आगन्तुक पुस्ताको सुरक्षित भविष्यका लागि खतरापूर्ण छन् । शिक्षामा अनुसन्धान र प्रयोगात्मक पद्धतिको विकास हुन सकिरहेको छैन । शिक्षालाई जीवन र जगतसँग जोडेर लैजान सकिएन भने त्यस्तो अवस्थामा बालबालिकाले प्राप्त गर्ने शिक्षा कामयावी हुन सक्दैन । आजको आवश्यकता जीवनोपयोगी शिक्षाको हो । यस्तो शिक्षाले मात्र बालबालिकामा अन्तरनिहीत क्षमता र प्रतिभाको प्रस्फुटन गराउन सक्छ । संघर्षशील जीवन सफलतापूर्वक जीउन सहयोग पुर्याउँछ । यसतर्फ सबै सरोकार पक्षहरुको ध्यान जानु जरुरि छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...