Skip to main content

महेन्द्र उ मा बि मा चार परिबार वाट चारकोठे पक्कि भवन निमार्ण


1545737_455457331244310_1677721064_nबालकृष्ण सुवेदी गल्कोट २०७० पुष १५ । महेन्द्र उच्च माध्यामिक बिद्यालय नरेठाँटीमा चार परिबारले चारकोठे पक्कि भवन निर्माण गरिदिएका छन् । बिद्यालयको स्वर्ण महोत्सबमा प्रतिबद्धता गरे अनुसार चार परिबार मिलेर भवन बनाएका हुन् ।

यसरी भवन निर्माण गर्नेहरुमा नरेठाँटी ५ का स्वर्गिय गजेन्द्र बहादुर कुबँर र श्रीमति स्व.रुपा कुबर तथा बुबा तिलबहादुर र आमा धनकुमारी कुँबरको स्मृतिमा नाति एबँ छोरा दुर्गाबहादुर कुबर ,नरेठाँटी ६ निबासी स्व .अम्मर बहादुर भण्डारीको स्मृतिमा नाति तथा छोराहरु हिरा बहादुर भण्डारी ,कर्ण बहादुर भण्डारी ,सुरत बहादुर भण्डारी ,जगतबहादुर भण्डारी रउजिर भण्डारी रहेका छन् ।
त्यसैगरी नरेठाँटी ५ का गजेन्द्र बहादुर कुँबर ,छोरा छबिलाल कुँवर तथा नाति हरि कुँबरको स्मृतिमा छबिलालकी घर्मपत्नी तिला कुँबर तथा छोराहरु शेरबहादुर ,ओमबहादुर र रामबहादुर कुँवर रहेका छन् । त्यस्तै स्वर्गिय बाजे तथा बजै लक्ष्मण/गँगा निउरे तथा बाबु प्रेम निउरे र नातिनि देबिकला निउरेको स्मूतिमा परिबारहरु धनिमति ,दुर्गा टेकबहादुर ,पुष्पा ,डम्मर ,घिउकुमारी ,खिमबहादुर ,खिमकूमारी ,र मना निउरेले भवन निर्माण गरेका हुन्।
यसरी चार परिबार मिलेर बिद्यालयको चारकोठे भवन निर्माण गरेका हुन् । भवनको लागत प्रति परिबार ९ लाखको दरले ३६ लाख लागेको निर्माणकर्ताले बताएका छन् । ०६९ माघ देखि निर्माण थालिएको भवन हालै निर्माण सम्पन्न भई प्रयोगमा आईसकेको बिद्यालयले जनाएको छ ।
बिभिन्न उद्देश्य राखेर ०६८ माघ १ देखि ७ गते सम्म बिद्यालयले स्वर्ण महोत्सब मनाएको थियो । त्यसैबेला प्रतिबद्धता जनाए अनुसार उनिहरुले भवन निर्माण गरेका हुन् ।
बिद्यालयमा ई-लाईब्रेरी ,बिज्ञान तथा वाताबरणिय प्रयोगशाला ,पुस्तकालय ,ईमेल ईन्टरनेट सहितको सुचना केन्द्र ,स्मृति कक्ष को लागि भवन प्रयोग हुदा पठन पाठनको लागि भवन को समस्या रहेकोमा अब उक्त समस्या टरेको प्राचार्य शिबप्रसाद पाण्डेको भनाई छ ।
नव निर्मित भवनको छिट्टै एक ओपचारीक समारोहका बिच उटघाट्न गरि निर्मातालाई समेत सम्मान गरिने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुलबहादुर केसीले जानकारी दिए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...