Skip to main content

चकडस्टर होइन, मार्कर बोर्ड

रुबी रौनियार
२०७० पौष १५ सोमबार
पाँचखाल-कक्षामा चकडस्टरको धुलोबाट पीडित काभ्रे चारखालस्थित गणेश माध्यमिक विद्यालय विद्यार्थीले नयाँ शैक्षिक सत्रदेखि चक र धुलोमुक्त वातावरणमा पढ्न पाउने भएका छन्। जापानमा रहेका शिक्षक, प्राध्यापक तथा विद्यार्थीको आर्थिक सहयोगले छाप्रोमा सञ्चालित गणेश माविका हाल तीनतले १३ कोठे आधुनिक भवनमा परिणत भएको छ। कक्षामा सिंगल डेस्कसहितको बेन्च र मार्कर बोर्डको व्यवस्था जापानीहरुले गरिदिएका छन्। २२ वर्षअघि नेपालमा आफ्नो विश्वविद्यालयका विद्यार्थीहरुसहित शैक्षिक भ्रमणमा आएका निहोन विश्वविद्यालय, कलेज अफ साइन्स एन्ड टेक्नोलोजीका शिक्षक मासातोसी इसिजाकाले पाँचखालको गणेश माविसमेत भ्रमण गरेका थिए।
'स्कुल एउटा छाप्रोमा ३ कक्षा सम्ममात्रको थियो,' मासातोसीले नागरिकसँग भने, 'विद्यार्थीहरु निकै कठिन अवस्थामा पढेको देखेर मैले त्यतिखेरै स्कुललाई सहयोग गर्ने सोच बनाएको थिएँ।' शनिबार विद्यालयमा एक कार्यक्रम गरी शिक्षक मासातोसीले स्कुलका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र सापकोटा र प्रधानाध्यापक नारायण सापकोटालाई विद्यालय भवनको साँचो हस्तान्तरण गरे। 'आजदेखि मैले यो भवन तपाईंहरुलाई जिम्मा दिएँ,' मासातोसीले भने, 'स्कुलको संरक्षण गर्नु र विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु तपार्इंहरुको जिम्मेवारी हो।'
६२ वर्षअघि २० विद्यार्थीलाई लिएर छाप्रोमा पढाउन थालिएको उक्त विद्यालयमा अहिले ३ सय ५३ विद्यार्थी अध्ययनरत छन्। स्कुल भवन निर्माणमा जापान एसोसिएसन फर इन्डस्ट्रिअल एजुकेसन (जेएआइई) र ग्रिन–एजुकेसन टेक्नोलोजी फन्डले सहयोग गरेका हुन्, जसको लिडरसिप भने मासातोसीले लिएका हुन्। कक्षा १० मा अध्ययनरत जयकिसन सुन्दासले पहिले कक्षामा चकडस्टरका कारण धुलोले खोकी नै लाग्ने गरेको सुनाए। जयकिसनले अब आधुनिक र सफा कक्षाकोठामा पढ्न पाउँदा स्वास्थ्य पनि राम्रो हुने धारणा राखे। 'स्कुल भवन त आधुनिक भयो तर हाम्रा शिक्षकहरु विषयगत नभएकाले हामीलाई पाठ सिक्नै समस्या छ,' जयकिसनलेे गुनासो गरे, 'यसवर्ष म एसएलसी दिँदैछु तर हामीलाई कक्षा ९ र १० मा अंग्रेजी, गणित, विज्ञान विषयहरु प्रावि र निम्नमाध्यमिककै शिक्षकहरुले पढाउनुभयो।'
कक्षा १० कै अर्की छात्रा सन्ध्या सापकोटाको पनि गुनासो उस्तै छ। आफू गणित, विज्ञान र अंग्रेजी विषयमा कमजोर रहेको उनले सुनाइन्। 'सरहरु नै प्रावि र निमाविका हुनुहुन्छ। बुझाउन खोज्नुहुन्छ। कतिपय हिसाब सरहरुलाई आउँदैन,' सन्ध्याले गुनासो गरिन्, 'हामीले त जसोतसो पढ्यौं, अबका भाइबहिनीका लागि सरकारले हाम्रो स्कुलमा विषयगत शिक्षकको व्यवस्था गरिदियोस्।' यो स्कुल ४ वर्षअघि मावि भएको हो। सरकारले माध्यमिक तहमा एउटा पनि शिक्षक दरबन्दी नदिँदा स्कुलमा शैक्षिक व्यवस्थापन गर्न निकै मुस्किल परेको प्रिन्सिपल सापकोटाको स्विकारे। 'जापानीले करिब डेढ करोड खर्चेर आधुनिक बोर्ड, डेस्कबेन्चसहितको भवन आज हामीलाई हस्तान्तरण गरे,' प्रिन्सिपल सापकोटाले नागरिकसँग भने, 'अब हामीलाई शैक्षिक गुणस्तर कायम राख्न चुनौती थपिएको छ।'
माध्यमिक शिक्षकको दरबन्दीबिना त यो स्कुलले एसएसलसीमा तीन वर्षदेखि ८५ प्रतिशत नतिजा दिएर पाँचखालकै प्रथम स्कुल बनेको सुनाउँदै प्रिन्सिपल सापकोटाले दाबी गरे, 'सरकारले माध्यमिक तहमा दरबन्दी दिए स्कुलले एसएलसीमा सतप्रतिशत नतिजा दिन सक्नेछ।' यस वर्ष यो स्कुलबाट ३१ विद्यार्थीले एसएलसी दिँदैछन्। जापानी शिक्षकलाई स्कुलसम्म पुर्याउने काम २२ वर्ष अघि गणेश लामाले गरेका हुन्। त्यही भएर उनलाई मासातोसी इसिजाकाको शिक्षकहरुको समुहले स्कुल निर्माणको संयोजकनै बनाएका हुन्। 'आफनो क्षेत्रको निकै पछाडी परेको स्कुलमा आज भाईबहिनिहरु आधुनिक भवनमा पढ्न पाएकोमा लाई सन्तुष्टि लागेको छ,'इकोका ट्राभल्स एन्ड टुर्स तथा फिलिम क्रियसन नेपालका अध्यक्ष गणेश लामाले नागरिकसँग भने'अब गाउमै यस स्कुललाई उच्चमाध्यामिकसम्म बनाउने लक्ष्य छ।' विद्यालय हस्तानान्तरण कार्यक्रममा ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद सापकोटा,एमाले सभासद बिदुर सापकोटा,पुर्व अध्यक्ष रामशरण सापकोटा लगाएतका बुद्धिजिवि वर्गको उपस्थित रहेको थियो। कार्यक्रममा जापनी कलाकार एवं शिक्षकहरुले जापानिज शैक्षिक गित र नाँच प्रस्तुत गरेका थिए।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...