Skip to main content

शिक्षक अन्तर्वार्ता स्थगनले परीक्षार्थी अन्योलमा

काठमाडौ, पुस १६ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि शिक्षक सेवा आयोगले शिक्षकको पदपूर्तिका लागि भएको खुला प्रतियोगितात्मक परीक्षाको अन्तर्वार्ताका कार्यक्रम स्थगित भएपछि परीक्षार्थी अन्योलमा परेका छन् । लिखित परीक्षामा सहभागी भई उत्तीर्ण भएका उम्मेदवारले अन्तर्वार्ताको तयारी गरिरहेका बेला यही पुस ११ गतेदेखि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट माध्यमिक तहका शिक्षक पदपूर्तिका लागि अन्तर्वार्ताको समय निर्धारण गरिएको थियो । तर एकाएक अन्तर्वार्ता रोकिएको र अर्काे मिति समेत तय नहुँदा परीक्षार्थीहरू अन्योलमा परेका हुन् । लिखित परीक्षाको नतिजामा सामाजिक विषयतर्फ माध्यमिक शिक्षकमा उत्तीर्ण हुनुभएका वीरगन्जका सीता देवकोटा अब कहिले अन्तर्वार्ता होला भनेर सञ्चारमाध्यमका समाचार र शिक्षक सेवा आयोगका सूचना पर्खेर बसेको बताउँछिन् । उनको अन्तर्वार्ता यही पुस १७ गते मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौँडामा तोकिएको थियो ।
यता शिक्षक सेवा आयोगले अख्तियारको निर्देशनका कारण हाललाई अन्तर्वार्ता रोकिएको भनी औपचारिकरूपमा सोमबार मात्रै गोरखापत्रमा सूचना प्रकाशन गरेको छ । अख्तियारले छानबिन गरिरहेकाले अब कहिलेदेखि अन्तर्वार्ता हुन्छ भन्नेबारेमा शिक्षक सेवा आयोग पनि स्पष्ट छैन । लिखित परीक्षाको नतिजा प्रकाशनमा अनियमितता भएको उजुरी परेका आधारमा अख्तियारले अन्तर्वार्ता रोक्न बुधबार निर्देशन दिएको थियो । एकाएक अन्तर्वार्ता रोकिएपछि विभिन्न क्षेत्रीय शिक्षा निर्देशनालयमा परीक्षा गराउन खटिएका कर्मचारीहरू काठमाडौँ फर्केका छन् । शिक्षक सेवा आयोगका उपसचिव नारायण ढुङ्गानाले जानकारी अर्काे निर्णय वा सूचना नआउन्जेलसम्म प्रतीक्षामा रहन शिक्षकका प्रतिस्पर्धी उम्मेदवारलाई आग्रह गर्नुभयो ।
कतिपय शिक्षक सङ्घ÷सङ्गठनले परीक्षामा हालसम्म धाँधली भएको नपाइएकाले कुनै खास जिल्ला वा परीक्षार्थीको उजुरीका आधारमा सबै ठाउँमा अन्तर्वार्ता रोक्का नगर्न अख्तियारलाई आग्रह गरेको भए पनि त्यसको सुनुवाइ नभएको गुनासो गरेका छन् । अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष लालबहादुर बिसीले कुनै जिल्ला विशेषमा उजुरी परेका आधारमा देशभरिकै अन्तर्वार्ताका कार्यक्रम रोकिँदा १७ वर्ष पछि खुला भएको शिक्षकको पदपूर्ति कार्य अवरुद्ध भएको बताए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव लक्ष्मण शर्माले पनि अख्तियारको निर्देशनका नाममा सेवा आयोगको अन्तर्वार्ता रोकिएकामा आफूहरू आश्चर्यमा परेको बताए । सेवा आयोगले प्राथमिक तहको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरेको छैन । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...