Skip to main content

विद्याज्योती उमावि माझफाँटको ६६ औँ वार्षिक उत्सव


पर्वत, २०७० पुष १५ । विद्याज्योती उच्च मावि माझफाँटको ६६ औ वार्षिकउत्सव एवं अभिभावक दिवस सोमबार विबिध कार्यक्रम गरि मनाइएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्दुप्रकाश पौडेलको अध्यक्षता, बरिष्ठ समाजसेवी तथा पुर्व अध्यक्ष भवानीशंकर पौडेल, शिक्षक रघुनाथ आचार्यको सञ्चालन र शिक्षिक अभिभावक संघका अध्यक्ष चन्द्रबहादुर खत्रीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका चन्द्रबहादुर जिसी, राप्रपा नेपालका पदमबहादुर नेपाली, हिमशुशेली युवा कलवका अध्यक्ष नविन जिसी, माझफाट स्वास्थ्य चौकीका प्रमुख गोरे नेपाली, भुपु विद्यार्थी समाजका अध्यक्ष डम्मरबहादुर जिसी, उच्च मावि संयोजक प्रेमबहादुर जिसी, विद्यालय व्यवस्थापन समितिका सदस्य गुमानसिंह कार्की, गंगबहादुर नेपाली, टेकबहादुर जिसी, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खत्री, कान्तिपुर रोटरी कल्व काठमाडौका पुर्व अध्यक्ष धु्रब कुँवर र कक्षा ८ का विद्यार्थी सुजन नेपालीले मन्तव्य व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा कान्तिपुर रोटरी कल्वको तर्फबाट १३ जना गरिब तथा जेहेन्दार छात्रछात्रालाई जनही १८ सयका दरले कल्वका अध्यक्ष धु्रब कुवरले छात्रवृती वितरण गरेका थिए । यसैगरी क्षेत्री समाज नेपाल पर्वतद्धारा जिल्लाका १३ जना छात्रछात्रालाई वितरण गर्ने छात्रवृती मध्य विद्याज्योती उच्च माविका कक्षा ८ मा अध्ययनरत सन्तोष जिसीलाई १२ सय रुपैया क्षेत्री समाज मल्लाजका अध्यक्ष गुमानसिंह कार्कीले हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा सांस्कृतीक कार्यक्रम तथा अतिरिक्त क्रियाकलापमा संलग्न विद्यार्थीलाई प्रोत्साहन स्वरुप शेरबहादुर खत्रीले ५ सय रुपैया उपलब्ध गराएका थिए ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमका वक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तर वृद्धीमा जोड दिएका थिए । सोही अवसरमा हिमशुसेली युवा कल्वका अध्यक्ष नविन जिसीले मल्लाजमा रहेका सबै विद्यालयमा मल्लाज स्वास्थ्यचौकी र विद्यालयको पहलमा महिनाको एक पटक स्वास्थ्य परिक्षण कार्यक्रम गर्न गर्नुभएको प्रस्ताव प्रति सहभागीले सहमती जनाएका थिए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...