Skip to main content

टुट्दैछन् समाजिक बन्धनहरु

भूमिराज शर्मा, १३ पुस २०७०
            विगतका केही बर्ष यता  नेपाली समाजमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दै गएको छ । दाम्पत्य जीवनमा विभिन्न कारणहरुले पति पत्नीवीचको सम्वन्धमा अविश्वासको वातावरण सृजना हुन थालेपछि सम्वन्ध विच्छेद गर्ने प्रचलन बढ्दै गएको हो । मुलुकका विभिन्न अदातलहरुको तथ्याङ्क अनुसार पनि पछिल्ला बर्षहरुमा सम्वन्ध विच्छेद गर्नेहरुको संख्या ह्वात्तै बढेर गएको देखिन्छ । संचार र प्रविधिको विकास सँगै पश्चिमा मुलुकहरुको प्रभाव बढ्नु र वैदेशिक रोजगारीको क्रम तीब्र बन्दै जानुले सम्वन्ध विच्छेदको क्रमलाई बढाएको छ । यसरी विभिन्न कारणले पति पत्नीको सम्वन्ध अलग हुँदा उनीहरुका बालबच्चाहरुमा शारीरिक, मानसिक, वौद्धिक र संवेगात्मक रुपमा समेत नकरात्मक असर पर्न थालेको छ ।    
सम्वन्ध विच्छेद गर्न पुग्नेहरुले लोग्ने स्वास्नीविच मनमुटाब भएर संगै बस्ने अवस्था नरहेर, खान लगाउन नदिएर, जातीयताको आधारमा दमन गरेको जस्ता कारणहरु देखाउने गरेको भएपनी पछिल्लो समय रोजगारी, व्यापार व्यवसायको लागि बढ्दो वैदेशीक रोजगार, औद्योगीकरण, शहरीकरण, बढ्दो घरेलु हिँसा, नाता सम्वन्ध कायम भएपनि पतिपत्नी संगै नबस्नु, परम्परागत मुल्य मान्यतामा आएको परिवर्तन, पश्चिमा देशहरुको प्रभाव बढ्नु सम्वन्ध विच्छेदको प्रचलन बढ्नुको मुख्य कारण बनेका छन् । लोग्ने स्वास्नीवीच विश्वासको बन्धन टु्ट्दा संगै बस्न नसक्नुले सम्वन्ध विच्छेदको स्थिति निम्त्याउने गरेको छ ।
           लामो समयसम्म पतिपत्नी अलग भएर काममा व्यस्त रहनु पर्ने बाध्यताकै कारण पनि अहिले समाजमा यौन आवस्यकता परिपुर्ति गर्ने क्रममा परपुरुष र परस्त्रीसंंग घनिष्टता बढ्ने भएकाले यस्तो सम्वन्धले अन्तत सम्वन्ध विच्छेद सम्मको परिस्थिति सृजना गर्न थालेको छ । कतिपय समाजमा आजकल छाडा किसिमको यौन गतिविधिहरु मौलाउँदै जान थालेको देखिएको छ । श्रीमान वा श्रीमति रोजगारीका लागि बिदेशीएपछि छोराछोरी शहरका विद्यालयहरुमा पढाउने निहुँमा बजार झरेका श्रीमान् वा श्रीमतीहरुको दिनचर्या फरक हुन थालेको समाजशास्त्रीहरुले निष्कर्ष निकालेका छन् । उनीहरुले क्रमशः सामाजिक बन्धन र पारिवारिक सम्बन्धलाई यौनकै कारण तोड्नु परेका धेरै उदाहरणहरु भेटिन थालेका छन् ।  पछिल्लो समयमा आएर राम्रो संग मिलेर बसेको परिवार वैदेशीक रोजगारीको कारण सम्वन्ध विच्छेदमा आएर टुंगीने गरेका उदाहरणहरु पनि भेटिन थालेका छन् । यस्ता घटनाहरु समाजकै लागि ज्वलन्त समस्याका रुपमा देखा परेका छन् ।
           त्यसो त कतिपय परिस्थितिमा संगै बस्न सक्ने अवस्था नरहेपछी सम्वन्ध विच्छेदले पति पत्नीवीचमा व्यक्तिगत जीवन जिउने नयाँ यात्रा समेत तय गर्ने गर्छ । आफ्नो चाहना अनुसारको सम्वन्ध स्थापित गर्नु र सम्वन्ध विच्छेद गर्नु व्यक्तिगत स्वतन्त्रताको कुरा भएपनि यसले पत्यक्ष रुपमा नेपाली समाजको संस्कृतिमा नै प्रभाव पार्न थालेको छ । समाजमा शिक्षाको स्तर बढेसंगै चेतनाको स्तर वृद्धि हुँदा अन्याय र अत्याचार सहेर नबस्ने भएकाले सम्वन्ध विच्छेद गर्दा पिडित पक्षले न्याय पाउने भएपनि पछिल्लो समय सम्वन्ध विच्छेदको प्रकृति फेरिएको छ । यही समस्याले गर्दा नै कतिपय परिवारमा बर्षौसम्म बिदेशमा बसेर कमाएको धन मोजमस्तीमै स्वाहा हुने गरेको छ । बालबालिकाहरुको भविष्य चौपट हुने अवस्था सिर्जना भएको छ । ससाना निहुँमा सामाजिक बन्धन र सम्बन्धहरु टुट्दैछन् । यसको समाजमा नराम्रो प्रभाव परिरहेको छ ।
          तसर्थ यो ज्वलन्त सामाजिक समस्यालाई समाधान गर्नका लागि सबै पुरुष महिलाहरु सचेत, जिम्मेवार र नैतिकवान् बन्न जरुरि छ ।  पश्चिमा संस्कृतिहरुको अन्धो नक्कल नगरी हाम्रा सकारात्मक सामाजिक मूल्य र मान्यताहरुलाई जोगाइ राख्नु आवश्यक छ । आफ्ना बालबालिका र परिवारप्रतिको दायित्व राम्रोसँग बोध गर्नु जरुरि छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...