Skip to main content

त्रिवि दीक्षान्त समारोहमा सरकारी स्कुल पढेकै अब्बल

१३ पुस, काठमाडौं । कास्की कृष्टिनाच्नेचौरबाट पाँच वर्षअघि स्नातकोरत्तर गर्न राजधानी छिर्दा मीनबहादुर रानाभाटले विश्वविद्यालय नै टप्छु भन्ने कल्पना गरेका थिएनन् ।
शुक्रबार दशरथ रंगशालामा आयोजित त्रिभुवन विश्वविद्यालयको उनन्चालिसौं दीक्षान्त समारोहमा लगातार तीन स्वर्णपदक आफ्नो नाममा घोषित हुँदा उनमा खुसीको सीमै रहेन् ।
२६ वर्षका मीनबहादुर स्नातकोत्तर तहका सबै संकायका साथीलाई उछिनेर प्रथम श्रेणीमा प्रथम भए । त्रिवि कुलपतिसमेत रहेका मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीद्धारा तीन स्वर्णपदकबाट दीक्षित भएका उनले भने, ‘नियमित कक्षा, निरन्तर मिहिनेत र अध्ययनमा एकाग्रताले मलाई सफलता दिलायो ।’
मीनबहादुर विश्वविद्यालय क्याम्पस, कीर्तिपुरबाट गणित विषयमा ९३.६ प्रतिशत अंक ल्याएर आफ्नो विभागमा मात्र सर्वोत्कृष्ट भएनन्, स्नातकोत्तरका सबै संकायलाई जितेर ‘प्रथमहरुबीच नै प्रथम’ बने । उनलाई मास्टर्स परीक्षामा प्रथम श्रेणीमा प्रथम भएकामा विशिष्ट श्रेणिका लागि चान्सलर (स्वर्ण) पदक दिइएको नागरिक दैनिकमा खबर छ ।
त्यही समारोहमा सम्पूर्ण मास्टर्स तहमा विशिष्ट श्रेणीमा सर्वप्रथम स्थान हासिल गरेकोमा मीनबहादुरले ‘रामप्रसाद मानन्धर स्वर्णपदक’ पाए । अनि, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्णपदकबाट विभूषित हुने अवसर पनि उनैले पाए ।
source: http://www.onlinekhabar.com/

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...