Skip to main content

हाम्रो शिक्षाको यथार्थ र चिन्ता

रमेशप्रसाद गौतम :- शिक्षामा राजनीतिक हस्तक्षेप, लापरवाहीलगायतका विषयहरू बारम्बार सञ्चारमाध्यमबाट बाहिर आइरहेका छन् । रातदिन पसिना बगाएर एक पेट खान र एक झुम्रो लाउन मुस्किल पर्ने ग्रामीण किसानहरूले समेत आफ्ना सन्तानलाई पढाउन भरमग्दुर प्रयास गरिरहेका छन् । शिक्षाको गुणस्तर र समय सामाजिकतालाई गरिब किसानले पनि आत्मबोध गर्न जानिसकेका छन् ।
आफ्ना सन्तानलाई विद्यालयको पोल्टामा सुम्पेर उज्ज्वल भविष्यको परिकल्पना शिक्षकको काँधमा सुम्पेको जिम्मेवारीलाई शिक्षकले कसरी हेरिरहेका छन् ? शिक्षकको भूमिका बालकको भविष्य निर्माणमा अतुलनीय भएर पनि व्यवहारमा सार्थक छैन । अबका शिक्षकहरूले यसतर्फ ध्यान दिनु जरुरी छ । यसमा शिक्षकहरू नै सचेत हुनुपर्दछ । यस्तो शिक्षाको विकास र प्रयोगबाट नै सबल र सक्षम नागरिक उत्पादन हुन्छ । राष्ट्रले शिक्षाका लागि ठूलो धनराशि अर्पनुपर्छ । नेपालले पनि आफ्नो कुल बजेटको झन्डै १६ प्रतिशत रकम शिक्षामा लगानी गरेको छ ।
तर पनि राष्ट्रले अपेक्षा गरेअनुरूप प्रतिफल पाउन सकेको छैन । यसको मूल कारण आजका विद्यालय र त्यसमा गरिने अभ्यास प्रभावहीन र निस्प्रभावी हुनु नै हो । मुलुकमा कमजोरी शिक्षा दिने, लिने र त्यसको व्यवस्था गर्ने सबैको अदूरदर्शिता हो । हाम्रो पूर्वीय दर्शनले शिक्षकको स्थान निकै उचो राखेको छ । उनलाई ज्ञानको भण्डार मानेको छ । यस्तो सक्षम शिक्षकले विद्यार्थीले जुनसुकै बेला आफूले नबुझेको वा कुतूहलता लागेका विषयमा प्रश्न गर्दा सहजै जवाफ दिन सक्ने हुनुपर्दछ । यसका लागि शिक्षकहरू नियमित अध्ययन गर्ने हुनुपर्दछ ।
शिक्षकले ज्ञान हासिल गर्नुपर्दछ, गफ गरेर समय बिताउन खोज्नु हुँदैन । उसले समाजमा उज्यालो ज्योति सर्वत्र छर्ने काम गर्नुपर्छ । शिक्षकले उज्यालो छर्न बत्ती बाल्नुपर्ने हुन्छ र बत्तीका लागि तेल थपिरहनु जरुरी छ, त्यसैगरी शिक्षकले विद्यार्थीलाई ज्ञानरूपी दियो जगाउन हमेसा पठनपाठनमा क्रियाशील हुन आफू पनि अध्ययनशील बन्न जरुरी छ । शिक्षण कार्यमा संलग्नहरूले अध्यापन कार्यलाई प्रभावकारी र रोचक बनाउन शिक्षकहरूले नयाँ नयाँ पुस्तक पढ्ने, रेडियो–टेलिभिजनका शैक्षिक कार्यक्रमहरूबाट सूचना संकलन गरी विद्यार्थीमाझ पस्कन सक्नुपर्दछ ।
अबको सूचना र प्रविधिको जमानाले गर्दा विश्व अत्यन्तै साँघुरिसकेको छ । अझ जिज्ञासा राख्ने केटाकेटीहरू त हर घटनाका बारेमा स्वयंमै जानकारी हुने गरेका पनि देखिन्छन् । यस परिस्थितिमा विद्यार्थीलाई ज्ञान र सीप प्रदान गर्ने शिक्षक त झनै नयाँ ज्ञान, सीप, सूचना, प्रविधिको क्षेत्रमा चुस्त र दुरुस्त हुन सकेन भने यस्ता शिक्षक विद्यार्थीका नजरमा गिर्ने हुन्छन् । शिक्षक भन्नासाथ आफूले नपढ्नुपर्ने होइन उसले पनि त्यतिकै पढ्नुपर्दछ जति विद्यार्थीले पढ्न खोज्छ ।
यसरी जो शिक्षक आफ्नो पेसाप्रति सम्मान राख्दछ र आफ्नो पेसालाई मर्यादित तुल्याउन प्रयत्नशील हुन्छ त्यो शिक्षक नै सफल बन्न सक्दछ । प्रभावकारी शिक्षणका लागि पाठ्यपुस्तकले मात्र पुग्दैन, त्यहाँ सन्दर्भ–सामग्री, सहायक सामग्री, शैक्षिक सामग्री आदिको व्यवस्था हुनुपर्दछ । विद्यार्थी बढी जिज्ञासु हुने हुँदा तिनलाई नयाँ नयाँ घटनाका बारेमा ज्ञान र सूचना दिनुले बढी रुचि जगाउनुका साथै सिर्जनशील बन्न मद्दत गर्दछ । जबसम्म शिक्षकले विद्यार्थीको मन जित्न सक्दैन तबसम्म विद्यार्थीमा कक्षाकोठामा पढ्न उत्साह जाग्दैन ।
कक्षाकोठाभित्र पनि शिक्षकले छलफल, अन्तक्र्रिया र नयाँ नयाँ खोज गराउन सक्दछ । हरेक शिक्षकको शिक्षण प्रभावकारी भएपछि मात्र विद्यार्थी कक्षाकोठामा सन्तुष्टि हुन्छन् । केटाकेटीहरूको उत्साह जगाउने कार्यमा शिक्षकका साथै अभिभावकको भूमिका पनि महŒवपूर्ण छ । अझै बालबालिकाले आफ्ना बाबुआमासमक्ष राखेका उत्सुकतालाई पन्छाउने प्रवृत्ति अभिभावकमा छ । शिक्षकहरू पनि विद्यार्थी कक्षाकोठामा चुपचाप बसोस्, नचलोस्, बढी प्रश्न पनि नगरिदेओस् भन्ठान्छन् र यस्ता विद्यार्थीलाई ज्ञानी र राम्रो भन्ने पनि गर्दछन् ।
कतिपय घटनामा अभिभावक र शिक्षक स्वयं नै पनि विद्यार्थीका जिज्ञासा निस्तेज पार्न खोज्दछन् । यसले गर्दा जिज्ञासु विद्यार्थीको जिज्ञासा मर्दै गएको देखिन्छ । आजभोलि कतिपय विकसित मुलुकहरूमा समेत बालबालिकाबाट हिंसाजन्य घटनाहरू घटिरहेको समाचारमा सुन्दछौं । यस्ता घटना घट्नुमा बालमनोविज्ञानमा विकृति उत्पन्न हुनु नै हो । बालबालिकाले घरबाट आफ्ना अभिभावकबाट चाहेको स्नेह नपाउने, बाबुआमासँगै बस्नसमेत समय नहुने हुँदा अधिकांशको रेडियो, टेलिभिजन र कम्प्युटरमा समय बित्ने हुन्छ ।
यसले तिनको बालमनोविज्ञानमा नकारात्मक सोच उत्पन्न भई सिर्जनात्मक क्षमतामा ह्रास उत्पन्न हुँदै हिंसाजन्य कार्यप्रति उत्मुख हुन पुग्दछन् । त्यसले गर्दा कैयौं बालकले बन्दुक (गोली) आतंक मच्चाइरहेका छन् । यस्ता घटना घटाउनमा अझ बढी बाबुआमा र शिक्षकको भूमिका निर्भर हुन्छ । बालबालिकाका लागि सबैभन्दा बढी माया गर्ने बाबुआमा हुन्, त्यसपछि पढाउने शिक्षक । यिनलाई बालबालिकाले बढी आदर्शले हेर्ने गर्छन् । तर, यिनकै कमी–कमजोरी देखेमा वा नराम्रो कार्यमा लागेको महसुस हुन गएमा बालबालिकाहरूमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।
साथै, बच्चैदेखि बालमनोविज्ञानमा आधारित क्रियाकलापबाट तर्कन नपाएका साना–साना कुरामा पनि तर्साउने, हप्काउने, यसो गर्न हुँदैन, उसो गर्न हुँदैन, चुपचाप बस, भात नखाए पराइ आउँछ अनि तलाईं लान्छ । पुलिस आयो, चोर आयो, बिरालो आयो आदि हाउगुजी देखाएर केटाकेटीलाई तर्साउने कार्यले पनि तिनको मनोविज्ञानमा प्रतिकूल प्रभाव पारेको हुन्छ । यसर्थ, केटाकेटीलाई माया, सद्भाव र सहानुभूति अति आवश्यक छ । बच्चाहरूको मस्तिष्कमा रहेको इष्र्या, द्वेष र बदलाको भावनालाई माया र स्नेहबाट सकारात्मकतातर्फ ढाल्न सक्दछौं ।
यदि, बालकमा निर्दयी र कठोर व्यवहार प्रदर्शन भएमा पछि हिंसामा लाग्ने हुन्छन् । शिक्षाले बालकको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन ठूलो सहयोग पु¥याउँदछ । यसका लागि शिक्षक नै मियो ठहर्दछ । शिक्षकले बालमस्तिष्कमा सूचनाहरू भरिदिन्छ, त्यही जीवनोपयोगी सूचनाबाट बालकजीवनमा ठूलो परिवर्तन ल्याउँदछ । विद्यार्थीहरूपिच्छे रुचि, चाहना र इच्छा भिन्नाभिन्नै हुन्छन् । ती सबैलाई समेटेर शिक्षकले सम्बोधन गर्न सक्नुपर्दछ ।
कक्षाकोठामा हल्ला गरिरहने र शिक्षकले पढाएको कुरामा ध्यान नदिने केटाकेटीलाई श्रव्य–दृष्य सामग्रीहरूको माध्यमबाट शिक्षण विधिलाई अघि बढाउन सकिन्छ । हरेक शिक्षकले कक्षाकोठामा पढाउन पाठ अनुकूलको क्रियाकलाप सञ्चालन गर्नुपर्दछ । त्यहाँ अन्तक्र्रिया, प्रश्नोत्तर, मूल्यांकन आदि हुनु जरुरी छ । यसरी शिक्षक जति क्रियाशील रही वातावरण अनुकूलको सिकाइ कार्यक्रमलाई प्रभावकारी बनाउन सक्दछ त्यति नै उसको कक्षाकोठामा विद्यार्थी उत्सुक र सिर्जनशील बन्दछन् । अनि मात्र गुणस्तरीय शिक्षाका गतिविधिहरूले छलाङ मार्दै अघि बढ्दछन् ।
यसरी विद्यार्थीको शिक्षासँग सरोकार राख्ने शिक्षक, अभिभावक र सक्षम जनशक्तिका लागि रोजगार प्रदान गर्ने प्रतिष्ठानसमेत आउँछन् । नीति–निर्माण तहमा बस्नेदेखि सबैको चाहना गुणस्तरीय शिक्षा नै हो । गुणस्तरीय शिक्षा केलाई भन्ने ? गुणस्तरीय शिक्षा कस्तो हुन्छ ? यसलाई कसरी मनन गर्ने ? सजिलै भन्न सकिँदैन । यसको सर्वमान्य मापदण्ड छैन । यसमा फरक–फरक सोच र मत पाइन्छ । सक्रिय, उत्पादनशील, संयमी, जिम्मेवार नागरिक तयार पार्ने शिक्षालाई गुणस्तरीय भन्ने गर्दछन् भने अर्कोतर्फ पाठ्यक्रमको निर्दष्ट लक्ष्य हासिल गर्नासाथ स्तरीय शिक्षा भयो भन्ने पनि छन् ।
सरकारले गुणस्तरीय शिक्षाका लागि गरिने लगानीका साथै परिवारको पनि ठूलो लगानीबाट असल नागरिक उत्पादन हुने हो । यसरी सरोकारवालाको लगानीबाट उत्पादन हुने जनशक्तिले आर्थिक, सामाजिक तथा बौद्धिक क्षेत्रमा पर्ने सकारात्मक प्रभावका आधारमा शिक्षाको गुणस्तर मापन गर्न सकिन्छ । जुन शिक्षा हासिल गरेपछि परम्परागत ढाँचामा परिवर्तन आई कृषि, उद्योग, प्रविधि आदि क्षेत्रमा नयाँ ढाँचा र शैलीको विकास गरी सकारात्मक जनशक्ति उत्पादन गर्न सक्छ, त्यो शिक्षा नै गुणस्तरीय हुन पुग्दछ ।
आखिर शिक्षा भनेको व्यक्तिमा अन्तरनिहित क्षमतालाई उजागर गरी सक्षम नागरिक तयार गर्ने माध्यम हो । विद्यार्थीमा स्थानीय ज्ञान र विश्वज्ञानको भिन्नताबीच तादाम्यता मिलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रन सक्ने जनशक्तिको उत्पादन नै गुणस्तरीय शिक्षाको उद्देश्य हो । नेपालमा प्रजातन्त्रको प्रादूर्भावसँगै गुणस्तरीय शिक्षाको कुरा उठ्दै आए तापनि आजसम्म गुणस्तरीय शिक्षाको पूर्वाधारसमेत निर्माण हुन सकिरहेको छैन ।
सरकारले खोलेका विद्यालयहरूमा आर्थिक अवस्था कमजोर रहनु, शिक्षक–विद्यार्थी अनुपात नमिल्नु, आवश्यक शिक्षक दरबन्दीको व्यवस्था नहुनु, नियमित पढाइ नहुनु आदि जस्ता जटिल चुनौतीहरू अझै विद्यमान रहनु ठूलो विडम्बना हो । (लेखक शिक्षाविद् हुन् ।)

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...