Skip to main content

बालबालिकालाई विद्यालयमा ल्याउने क्षेत्रीय अभियानमा नेपाल


काठमाडौँ, माघ १५ गते । विभिन्न कारण विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने क्षेत्रीय अभियानमा नेपाललाई सहभागी गराइने भएको छ । 
पहिलो चरणमा हाल सो अभियान दक्षिण एसियाका बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्कामा विश्व बैंक, राष्ट्रसङ्घीय बालकोष(युनिसेफ), राष्ट्र सङ्घीय शैक्षिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को) जस्ता दाताको आर्थिक एवम् प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ । 
दोस्रो चरणमा नेपालसहित भुटानलाई सो अभियानमा सहभागिता गराइन लागिएको छ । सबैका लागि शिक्षा भन्ने सहस्राब्दी विकास लक्ष्यलाई पूरा गर्न सो अभियान सञ्चालन गर्न लागिएको ती दाता संस्था तथा शिक्षा विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । कुन ढाँचामा यो अभियान सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइराखेको छ । 
युनिसेफले विद्यालय बाहिर रहेका बालबालिकाको विद्यालय भर्नामा उच्च प्राथमिकता दिन विश्वव्यापीरुपमा सम्बन्धित देशका सरकारलाई आग्रहसमेत गरेको थियो । ती चार देशमा सञ्चालित सो अभियानको प्रभाव अति राम्रो देखिएको कार्यक्रममा सार्वजनिक प्रतिवेदनमा समेत उल्लेख गरिएको छ । 
नेपालमा कति बालबालिका विद्यालय बाहिर छन् भन्ने यकिन जानकारी छैन । शिक्षा विभागले करिब सात लाख बालबालिका विद्यालय बाहिर रहेका अनुमान लगाएको छ । विद्यालय बाहिर रहनेमा महिलाभन्दा पुरुष बढी रहेका छन् । गरिबी र सामाजिक कारण उनीहरु विद्यालयको पहँुचभन्दा बाहिर रहेको विभागले जनाएको छ । 
अर्काेतर्फ कक्षा १ मा भर्ना हुने ७० प्रतिशतभन्दा बढी बालबालिका कक्षा ५ मा पुग्दैनन् । कक्षा ५ मा पुग्नेमध्ये पनि निम्नमाध्यमिक शिक्षा पूरा गर्ने कम नै हुने गर्दछन् । 
कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव महाश्रम शर्माले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । 
युनिसेफका नेपाल प्रमुख हाना सिंगरले बालबालिकाले आधारभूत शिक्षा प्राप्त गर्ने अधिकारबाट विमुख हुन नपरोस् भन्नाका लागि अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । 
युनेस्कोका नेपाल प्रमुख एलेक्स पाथेले दक्षिण एसियामा नेपालका विद्यालय भर्ना हुने बालबालिकाको सङ्ख्या राम्रो रहेको बताउँदै आगामी दिन विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन विशेष कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।
नेपालले विद्यालय सुधार कार्यक्रम कार्यान्वयन गरिरहेको छ । कार्यक्रमले आधारभूत शिक्षाको निम्ति बालबालिकालाई विद्यालय भर्ना गराउने, निरन्तरताका लागि उत्प्रेरणा जगाउने जस्ता विषयमा जोड दिइआएको छ । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...