Skip to main content

बिदेशिएका अर्घाखाँचीवासी नेपालीले सुरू गरे गाउँगाउँमा शिक्षा अभियान



उमाकान्त पाण्डे गाउंले
दुबर्इ । बिदेशमा काम गर्ने अर्घाखाँचीवासीहरूले गाउँ गाउँमा शिक्षा अभियान सुरु गरेका छन् । थोरै धन धेरै मन भएका युवाहरुको सकृयतामा अर्घाखाँचीका गाउँ घरमा रहेका बिद्यालयमा पुस्तकालय नभएका ठाउँमा स्थापना र भएको ठाउँमा ब्यबस्थापन गर्ने कार्यलाई उनीहरुले अघि बढाएका हुन् । बिभिन्न देशमा काम गर्ने युवाहरु सामाजिक सन्जालमार्फत एकजुट भएर रकम सकंलन् गरी यो अभियान चलाऊन लागेका हुन् । अभियानलाई अर्घाखाँची सन्धिखर्क छापडाँडाका राजु खड्का (हाल दुबइ)बाट संयोजनकारी भूमिका निभाइरहेका छन् । सुरुमा आफु एक्लैले सन्चालन गर्ने जमर्को गरेका खड्काको अभियानलाई अहिले बहराइन, कतार, इजरायल, साउदी, कुवेत, ओमान, चिली र स्पेनमा बस्ने अर्घाखाँची बासीले सहयोग गरेका छन् । त्यस्तै अमेरिका, अफ्रिका तथा अन्य मुलुकबाट पनि अर्घेलीहरुको उत्तिकै उत्साह जनक सहभागीता जनाएका छन् ।
आजको शिक्षा कक्षागत पुस्तकमा मात्रा रहदा उपयोगी नभई आधुनिक अतिरिक्त पुस्तकहरुका साथै ज्ञानमुलक माध्यमहरु र प्रबिधि मुलक माध्यम प्रयोग गर्दा शिक्षाको बिकासमा फाईदाजनक हुने र अबका पुस्तामा त्यस्तो समस्या नहोस् भन्नका लागि युवाहरु यस अभियानमा सकृय भएका हुन् । आफुहरु कार्यरत देशमा रहेको शिक्षाको स्तरियता र आफुले आफ्नो जिल्लामा भोगेका समस्यालाई अबका पुस्ताले भोग्न नपरोश भनेर उनीहरुले जिल्लाका बिद्यालयमा पुस्तकालय स्थापना गर्न लागेका हुन् । सुरुमा यस् अभियानलाई महत्वोकाक्षीं योजनाको रुपमा लिए पनि हाल अन्य युवाहरुको साथ र जिल्ला वासीको उत्साहजनक सहभागीताले यस् अभियानलाई जिल्लाका बिद्यार्थीको भबिश्य उज्वल बनाउन थप सहयोगी बनेको बिश्लेशण शिक्षाविदहरुले गर्न थालेका छन् ।
यस अभियान अन्तरगत सुरुमा जिल्लाका ४२ वटै गाविसमा रहेका मावी र निमावीमा पुस्तकालय ब्यबस्थापन गर्ने योजना रहेको अभियानका संयोजक राजु खड्काले बताए । अभियानका सम्योजक राजु खड्का अनुसार पहिले बिधालय प्रशासन र ब्यबस्थापन समिति सँग सल्लाह गरेपछि मात्र पुस्तकालयको ब्यबस्थापन सुरु गरिने छ । पुस्तकालय ब्यबस्थापना सम्बन्ध मा निम्न माध्यमिकमा करिब ५० हजार बराबरका आबश्यक पुस्तक तथा अतिरिक्तका सामाग्रीहरु बितरण गरिनेछ भने त्यसलाई ब्याब्स्थापना र प्राणालीगत गराउनको लागि एक कम्प्युटर समेत बितरण गरिनेछ। यो अभियानमा ससक्त ढगंबाट अघाडी बढाउन परिक्षणको रुपमाडिभर्ना गाविसको बिजय माध्यामिक विद्यालयबाट अभियान सुरु गरिएको थियो ।अग्रेंजी महिनाको नयाँ बर्षको अबसर पारेर हाल बहराईनमा रहेर अर्घाखाँची प्रवासि समाजको बरिस्ठ उपाध्यक्ष पदमा रही सामाजिक काममा लागिरहेका डिभर्ना ३ जोगिमारेका युबराज खत्रीले आफ्नो सम्योजकत्वमा अभियानलाई डिभर्नामा सफल बनाएका हुन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...