Skip to main content

कपिलवस्तुका शिक्षकमाथि अख्तियारको कारबाही



कपिलवस्तु, माघ १७ गते । कपिलवस्तुका १८१ जना शिक्षक जरिवानामा परेका छन् । उनीहरूले गत वर्षको भदौ मसान्तभित्र सम्पत्ति बिवरण नबुझाएकाले अख्तियारको छानबिनपछि कारबाही थालिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्यरूपमा हरेक आर्थिक वर्षको भदौ मसान्तभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेको छ । विवरण बुझाउन हेलचेक्र्याइँ गरेका त्यस्ता शिक्षकलाई कारबाही गर्न मन्त्रालयले नामावली पठाएको शिक्षा अधिकारी सुरेन्द्र पराजुलीले बताउनुभयो । अख्तियारले विवरण नबुझाउने शिक्षकको सूची तयार गरी शिक्षा मन्त्रालयलाई पठाएको थियो । त्यसै आधारमा मन्त्रालयले शिक्षा कार्यालयमा सो सूचीसहित कारबाहीको निर्देशन गरेको थियो । विवरण नबुझाएका प्रत्येक शिक्षकसँग पाँच हजारका दरले जरिबाना गर्न मन्त्रालयले निर्देशन गरेको छ । जिल्लामा ४२२ विद्यालयमा एक हजार २९५ दरबन्दीमध्ये ८५० स्थायी शिक्षक कार्यरत छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...