Skip to main content

राष्ट्रिय साक्षरता अभियान सुरु भएन

बाजुरा,  माघ १५ गते । गत माघ १ गतेदेखि सुरु गरिने भनिएको राष्ट्रिय साक्षरता अभियान बाजुराका केही गाविसमा डेढ हप्ता बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । बाजुराको उत्तरी क्षेत्रका कतिपय गाविसमा सो अभियान सुरु नभएको हो ।
 बाजुराका १७ वटा गाविसका २२ हजार ७५४ जनालाई साक्षर बनाउने लक्ष्य लिइएको साक्षरता अभियान बाजुरामा अन्य जिल्लामा भन्दा ढिलो सुरु हुँदा सम्बन्धित जनतामा निराशा छाएको छ । 
समयमै साक्षरता कक्षा सञ्चालन हुन नसकेको गाविसमा एक वाई गाविस पनि हो । वाई गाविसमा हालसम्म पनि साक्षरता कक्षा सञ्चालन नभएको स्थानीयवासीले बताएका छन् । उत्तरपूर्वी क्षेत्रका कतिपय गाविसमा भने निर्धारित समयभन्दा करिब एक हप्ता ढिलो गरी साक्षरता कक्षा सञ्चालन भएका छन् ।
जिल्ला शिक्षा अधिकारी गोविन्द्रप्रसाद पोखे्रलले जिल्लाका १७ वटा गाविसमा माघ १ गतेदेखि एकै साथ साक्षरता कक्षा सञ्चालनमा ल्याइने बताउनु भएको भए पनि उत्तरीक्षेत्रका कतिपय गाविसमा हालसम्म पनि साक्षरता कक्षा सञ्चालनमा आउन सकेका छैन । 
साक्षरता कक्षा सञ्चालनको जिम्मेवारी जिल्ला शिक्षा कार्यालय र सम्बन्धित गाविसका विद्यालयलाई हुने भए पनि जिल्ला शिक्षा कार्यालयले दसँै, तिहार र निर्वाचन भएको भन्दै अन्य जिल्लाको तुलनामा अढाइ महिना पछि कक्षा सञ्चालन गरिने जनाएको थियो । 
जिल्लामा विभिन्न समयमा साक्षरता कक्षा सञ्चालन गरिए पनि ती नाम मात्रका भएको र रकम कुम्ल्याउने काम मात्र भएको देखिएको छ भने निरक्षरहरु भने जस्ताका जस्तै रहेका छन् । यो वर्ष बाजुराका बाँधु, वाई, ब्रह्मतोला, छतारा, दहकोट, डोगडी, गुदुखाती, जुगाडा, जुकोट, काँडा, कोल्टी, कुलदेवमाडौँ, मार्तडी, पाण्डुसैन, रुगिन, साप्पाटा र तोली गाविसमा साक्षरता कक्षा सञ्चालन गरिने बताइएको थियो । 
साक्षरता कक्षा सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालय बाजुराले ७९६ सहजकर्ता र ८० जना निरीक्षकलाई तालिमसमेत दिएको छ । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...