Skip to main content

बालबालिकाका मानसिक समस्या

ओम बानिया
नेपालमा बालिबालिका भन्नाले १६ वर्ष उमेरमुनिकालाई जनाउछ । समान्यतया १६ वर्ष उमेरमुनिका बालबालिका संसारिक प्रपञ्च, पारिवारिक दायित्व तथा जीवनको भागदौडबाट टाढा रहने र खाने, खेल्ने र पढ्ने नै उनीहरूको काम हुने हुनाले बालबालिकाको जीवन स्वर्गमय हुन्छ भन्ने आम धारणा छ । तर, यथार्थ त्यस्तो हुदैन । गरिब परिवारमा जन्मिएका बालबालिकाको मात्र होइन कि, सम्पन्न परिवारमा जन्मिएका कतिपय बालबालिकाको जीवन निकै कष्टकर हुने गर्छ ।
त्यो किनभने मानसिक दुर्वलताद्वारा पीडित बालबालिका मात्र होइन कि, सामान्य बालबालिका समेत अनेक थरिका मनोवैज्ञानिक समस्याहरूबाट पीडित हुने गर्छन् । कतिपय कलिला बालबालिकाहरूसमेत दुश्चिन्ता (एन्जाइटी), तनाव तथा अवसाद (डिप्रेसन) जस्ता मनोवैज्ञानिक समस्याहरूबाट पीडित हुने कुरा धेरैका लागि अचम्मलाग्दो हुन सक्छ । तर, यो यथार्थ हो ।
सुनिधि (नाम परिर्वतन) १० वर्षकी बालिका हुन् । उनी सहरको एक चर्चित प्राइभेट स्कुलमा कक्षा ५ मा पढ्छिन् । ह“समुख सुनिधि दुई महिनादेखि खिन्न भएर एक्लै बस्ने, बिहान ढिलो उठ्ने, सानो कुरामा झडंग रिसाउने, कराउने, चिढिने, साथीहरूस“ग खेल्न पनि नजाने गर्छिन् । आफ्नो छोरीको यस्तो व्यवहार देखेर सुनिधिका बाले उनलाई चिकित्सककहा“ लिएर गए । चिकित्सकले सुनिधि डिप्रेसनबाट पीडित भएको निदान गरे ।
सन्नी (नाम परिवर्तन) आठ वर्षका बालक हुन् । उनी निकै चकचके छन् । हुन त, बालबालिका स्वभाव चकचक गर्ने हुन्छ । तर, उनी निकै चकचके छन् । चकचक नगरी बस्न सक्दैनन् । कुर्सीमा बस्न प¥यो भने पनि खुट्टा हल्लाउ“छन् । स्कुलमा शिक्षकले पढाएको बेलामा पनि चकचक गरिरहन्छन् । उनी एक ठाउ“मा बसिरहन सक्दैनन् । ध्यान दिएर पढ्न पनि सक्दैनन् । सन्नीको लक्षण हेर्दा उनी एक मानसिक रोग (एडीएचडी) बाट पीडित भएको अनुमान गर्न सकिन्छ ।
अतः यसरी बालबालिकाहरू यस्ता विभिन्न किसिमका मनोवैज्ञानिक समस्याहरूबाट पीडित हुने गर्छन् ।
साधारणतया बालबालिका तथा किशोरहरूका मानसिक समस्याहरूलाई निम्नलिखित वर्गमा वर्गीकरण गरेर अध्ययन गर्न सकिन्छ ।
बाल्यकालमा देखिने प्रमुख मानसिक समस्याहरू यस प्रकार छन्, (क) एडीएचडी (ख) अपोजिसन डेफायन्ट डिसअर्डर (ओडीडी) (ग) दुश्चिन्ता (घ) डिप्रेसन (ङ) अटिज्म (च) अध्ययन अयोग्यता (लर्निङ डिस्एबेलिटिज), (च) सुस्त मनस्थिति (मानसिक दुर्वलता) ।
मानसिक समस्याको कारण
बालबालिकाको मानसिक समस्याका सम्बन्धमा धेरै अध्ययन–अनुसन्धान भएका छन् । तर पनि यसको कारक पक्षहरूबारे अझै पर्याप्त अध्ययन–अनुसन्धान गर्न बाकी नै छ । साधारणतया निम्नलिखित कारणहरूले गर्दा बाल्यकालमा नै मानसिक समस्या पैदा हुने गर्छ ।
(१) आनुवांशिक कारण
बालबालिकाहरूको मानसिक समस्याको एक प्रमुख कारण अनुवांशिक हो । दुश्चिन्ता तथा डिप्रेसनदेखि सिजोफ्रेनिया (स्किजोफ्रेनिया) सम्मका थुप्रै मानसिक रोगहरू अनुवांशिक कारणले गर्दा पनि हुने गर्छन् । यदि आमा बामध्ये कसैलाई वा दुवैलाई मानसिक रोग छ भने आनुवंशिक रूपमा सन्तानमा पनि फैलिने सम्भावना हुन्छ । जस्तो कि, आमा बामध्ये कुनै डिप्रेसनबाट पीडित छन् भने सन्तानमा डिप्रेसन हुने सम्भावना चार गुणा तथा आमा बा दुवैमा डिप्रेसन भएको खण्डमा १६ गुणा हुन्छ । क्रोमोजोम नम्बर ११ तथा एक्सद्वारा डिप्रेसन तथा क्रोमोजोम नम्बर ५, ११, १८, १९ तथा एक्सद्वारा सिजोफ्रेनिया सन्तानमा सर्ने सम्भावना हुन्छ ।
(२) जैवरासायनिक कारण
मानिसको मस्तिष्कमा सयौं प्रकारका स्नायु रसायनहरू हुन्छन् । यदि मस्तिष्कमा पाइने डोपामिन, सेरोटोनिन तथा नोरापिनेफ्रेन आदि रसायनहरूमा असन्तुलन आयो भने मानसिक रोगहरू हुने सम्भावना हुन्छ । जस्तो कि, डिप्रेसनको रोगीमा सेरोटोनिन मात्रा कम हुन्छ ।
(३) मनोसामाजिक कारण
मानसिक आघात, हीन भावना, नकारात्मकता, मनमुटाव, पारिवारिक झैझगडा, मानसिक तनाव, सामाजिक तथा आर्थिक दबाब, हृदयविदारक घटना तथा परीक्षामा असफलता आदि जस्ता मनोवैज्ञानिक तथा सामाजिक कारणहरूले गर्दा पनि मानसिक समस्याहरू पैदा हुन्छन् । अतः मनोसामाजिक कारण मानसिक रोग पैदा गर्ने प्रमुख कारण हो ।
मनोसामाजिक कारण स्वयं मानसिक रोगको एक कारण मात्र नभएर यसले अनुवाशिंक तथा जैविक कारणहरूलाई जमिन प्रदान गर्ने तथा मलजल हाल्ने कार्यसमेत गर्छ । जस्तो कि, सुख्खा जमिनमा जतिसुकै पोटिलो बीउ पनि उम्रिदैन । तर पानी परेर जमिन चिसो भयो भने बीउ टुसाउ“छ ।
उपचार विधिः
हो, मन अदृश्य छ, त्यसैले मानसिक समस्याहरूको पहिचान र उपचार गर्न सजिलो हु“दैन । तर, अधिकांश मानसिक समस्याहरू उचित उपचार भएको खण्डमा बिल्कुल ठीक हुन्छन् । विश्वमा अहिले प्रचलित मानसिक समस्याहरूका प्रमुख दुई उपचार पद्धतिहरू यस प्रकार छन् । ती हुन् (१) जैविक चिकित्सा (बायोलोजिक थेरापी), र (२) मनोचिकित्सा (साइको थेरापी) ।
जैविक चिकित्सा
यसअन्तर्गत निम्नलिखित चिकित्सा पद्धतिहरू पर्छन्, (क) औषधिद्वारा उपचार (ख) विद्युत् आघात चिकित्सा (ईसीटी), तथा (ग) मनोशल्य चिकित्सा (साइको सर्जरी) ।
औषधिद्वारा उपचार
यो मानसिक रोगको प्रमुख उपचार विधि हो । विश्वभरि नै यो सबैभन्दा बढी प्रयोग हुने विधि हो । सामान्यता मानसिक रोगका लागि निम्नलिखित औषधिहरूको प्रयोग गरिन्छ । (क) दुश्चिन्ताविरोधी औषधि (एन्टिएन्जाइटी ड्रग्स) (ख) अवसादविरोधी औÈधि (एन्टिडिप्रेसेन्टस) (ग) मनोविक्षिप्तताविरोधी औषधि (एन्टिसाइकोटिक ड्रग्स) (घ) लिथियम आदि ।
विद्युत् आघात चिकित्सा
विद्युत्–आघात चिकित्सामा रोगीको मस्तिष्कमा विद्युत् प्रवाहद्वारा आघात पु-याएर उपचार गरिन्छ । यस चिकित्साको मान्यताअनुसार आघातका कारणले रोगीलाई मानसिक तनाव र अन्तद्र्वन्द्वबाट मुक्ति प्राप्त हुन्छ र विस्तारै–विस्तारै रोग मुक्त हुन्छ । गम्भीर प्रकारका मानसिक रोगहरूका लागि यो चिकित्सा निकै उपयोगी हुन्छ । यदि औषधि तथा साइको थेरापीबाट पनि मानसिक रोग ठीक भएन भने यसको प्रयोग गरिन्छ ।
मनोशल्य चिकित्सा
यो चिकित्सा पद्धति अहिले त्यति प्रचलित छैन । यस पद्धतिमा मस्तिष्कको शल्यक्रिया गरेर व्यक्तिलाई मनोरोगबाट मुक्त गराउने प्रयास गरिन्छ । मनोरोग उपचारका सबै विधिहरू फेल भएका खण्डमा यो विधि प्रयोगमा ल्याइन्छ । यसका साथै मानसिक रोगको उपचारमा रोग र रोगीको अवस्था हेरेर लाइट थेरापी, स्लिप डिप्राइवेसन, बीएनएस, डिप ब्रेन स्टिमुलेसन तथा ट्रान्स क्रेनियल म्याग्नेटिक स्टिमुलेसन आदिको प्रयोग पनि गरिन्छ ।
मनोचिकित्सा (साइको थेरापी)
मानसिक रोगको उपचार गर्ने मनोवैज्ञानिक पद्धतिलाई मनोचिकित्सा (साइको थेरापी) भनिन्छ । मनोचिकित्सा मनोवैज्ञानिक तथ्य र सिद्धान्तहरूको एउटा सुनियोजित एवं क्रमबद्ध प्रयोग हो, जसद्वारा मानिसको मानसिक रोग र विघ्नहरूलाई बृहत्स्तरमा राहत पु¥याउनु हो । विशेष रूपले ती बिरामीहरूलाई जसको उत्पत्ति मनोजन्य कारणहरूद्वारा हुन्छ ।
हिजोआज मानसिक समस्याहरू जस्तै दुश्चिन्ता र डिप्रेसनको उपचारका लागि मनोचिकित्सा निकै लोकप्रिय भएको छ । कग्निटिभ बिहाभियर थेरापी बालबालिकाको मानसिक समस्याहरूका लागि पनि निकै प्रभावकारी मानिन्छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...