Skip to main content

अखिल नेपाल शिक्षक संगठन, पर्वतद्वारा जिशिअलाई ज्ञापनपत्र


पर्वत, १४  फाल्गुण
नेकपा–माओवादी निकटको अखिल नेपाल शिक्षक संगठन पर्वतले विभिन्न शैक्षिक तथा पेसागत माग राखी जिल्ला शिक्षा अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । संगठनका जिल्ला अध्यक्ष भूमिराज शर्माको नेतृत्वमा गएको शिक्षकहरुको टोलीले विभिन्न शीर्षकमा तत्काल पूरा गर्नु पर्ने ११ बुँदे शैक्षिक तथा पेसागत मागहरु, दीर्घकालिन १७ बुँदे पेशागत,  १२ बुँदे शैक्षिक र १६ बुँदे स्थानीय मागसहितको ज्ञापनपत्र बुधबार जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेललाईलाई बुझाएको हो ।  जिल्ला शिक्षा कार्यालयमै पुगी अध्यक्ष शर्मासहित संगठनका केन्द्रीय सचिवालय सदस्य रेशमलाल सापकोटा, राज्य समिति सदस्यद्धय दिलमान केसी र बिष्णु प्रसाद भुसाल, सचिव देवी प्रसाद अधिकारी, कोषाध्यक्ष गुमा जिसी,  सहसचिव नारायण जिसी, जिल्ला सदस्य धनञ्जय मल्ल लगायतको टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै जिशिअ पौडेलले संगठनले उठाएका मागहरु जायज र सान्दर्भिक भएको भन्दै स्थानीय मागहरुका विषयमा सरोकारवालाहरुसँग छिट्टै छलफल गरी निष्कर्षमा पुग्ने र केन्द्रसँग जोडिएका नीतिगत मागहरु पूरा गराउनको लागि मन्त्रालयमा पठाउने बिचार व्यक्त गर्नु भयो ।
       स्थानीय माग अन्तर्गत सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि विशेष अभियानको थालनी गरिनु पर्ने, जिल्लामा शुरु गरिएको दरबन्दी मिलान र विद्यालय एकीकरणको कार्यलाई टुंगोमा पुर्याउनु पर्ने, जिल्ला शिक्षा समितिमा जिल्लामा क्रियाशील सबै शिक्षकका पेसागत संघ संस्थाहरुको प्रतिनिधित्व हुने गरी पूर्णता दिइनु पर्ने, विद्यालय अनुगमनलाई प्रभावकारी बनाइनु पर्ने, जिल्ला शिक्षा कार्यालय मार्फत संचालन हुने हरेक शैक्षिक कार्यक्रमहरुमा शिक्षकहरुलाई समान अवसर प्रदान गरिनु पर्ने, शिक्षकहरुलाई कार्यसम्पादनका आधारमा पुरस्कृत गर्ने पद्धति स्थापित गरिनु पर्ने, संस्थागत विद्यालयका शिक्षकलाई सरकारी शिक्षक सरह सेवा सुविधा प्रदान गरी नियुक्तिपत्रको व्यवस्था गरिनुपर्ने, विद्यालय सर्वेक्षण नै नगरी छोटो दूरीमा जथाभावी विद्यालय स्थापना गर्ने र कक्षा थप गर्ने कार्य तत्काल रोकिनु पर्ने, संस्थागत विद्यालयहरुले नियमानुसार प्रदान गर्नुपर्ने १० प्रतिशत निशुल्क छात्रवृत्ती पारदर्शी गरिनु पर्ने, शिक्षकहरूको सरुवा, बढुवा र नियुक्ति पारदर्शी तरिकाले गरिनु पर्ने, जिल्लास्तरीय तथा एसएलसी परीक्षालाई व्यवस्थित, स्वच्छ र मर्यादित  बनाउने तर्फ विशेष ध्यान दिइनु पर्ने, अबैधानिक रुपमा पहुँचका आधारमा काजमा राखिएका शिक्षकहरुलाई यथास्थानमा फर्काइनु पर्ने, शिक्षा क्षेत्रमा मौलाइरहेको भ्रष्टाचार र अनियमितता नियन्त्रण गरिनुपर्ने, आगामी शैक्षिक सत्रको शुरुमै सम्पूर्ण बिद्यार्थीहरुलाई गुणस्तरीय पाठ्यपुस्तक उपलव्ध गराउने व्यवस्था गरिनु पर्ने, जिल्लामा अबैध रुपमा संचालित कोचिङ, ट्युशन सेन्टरहरु बन्द गरिनु पर्ने लगायतका माग ज्ञापनपत्रमा समेटिएका छन् ।

ज्ञापनपत्रमा तत्काल पुरा गर्नुपर्ने पेशागत र शैक्षिक मागहरु अन्तर्गत स्थगित गरिएको शिक्षक सेवा आयोगको नतिजा प्रकाशन र अन्तरवार्ता तत्काल शुरु गर्नु पर्ने, दरबन्दीमा कार्यरत अस्थायी शिक्षकहरुलाई शिक्षक सेवा आयोगको नतिजा प्रकाशन गर्दा हुन जाने विस्थापनबाट जोगाउन कानुनी व्यवस्था गरिनुपर्ने, शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण  भएका राहत अनुदान शिक्षकलाई अस्थायी शिक्षकसरह अनुभवको अङ्क उपलब्ध गरिनुपर्ने, सेवा अवधि गणना हुने गरी सम्पूर्ण अस्थायी शिक्षकहरुलाई प्रक्रिया पूरा गरी स्थायी गरिनुपर्ने, शिक्षा नियमावलीमा भएको करार शिक्षकको व्यवस्था हटाइनुपर्ने, नेपाल सरकारले बृद्धि गरेको तलव  र एक हजार महङ्गी भत्ता  सामुदायिक विद्यालयका कर्मचारीहरुले  समेत पाउने व्यवस्था गरिनु पर्ने, राजनैतिक आस्थाका कारण पेशाबाट विस्थापित गरिएका एवं राजिनामा दिन बाध्य पारिएका शिक्षक÷कर्मचारीहरुलाई अविलम्ब पुनर्वहाली गरिनु पर्ने लगायतका मागहरु समेटिएका छन् ।

पेशागत माग अन्तर्गत प्रति विद्यार्र्थी लागत (पीसीएफ) शिक्षक, सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोत शिक्षकहरू, बाल विकास सहयोगी शिक्षक, निजी विद्यालय शिक्षक÷कर्मचारी, उच्च माध्यमिक विद्यालयका शिक्षक, विद्यालयमा कार्यरत शिक्षक÷कर्मचारीहरूको साझा संगठन, सबै सामुदायिक विद्यालयहरूमा कार्यरत कर्मचारीका लागि स्थायी दरबन्दीको व्यवस्था गरिनुपर्ने, राहत कोटालाई स्थायी दरबन्दीमा रूपान्तरण गरी कार्यरत शिक्षकसहित प्रतिष्पर्धा गराइनु पर्ने लगायतका माग रहेका छन् ।  

त्यसैगरी, नेपाल सरकारको तलब–भत्ता खाने, नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने (राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विधायिका, जङ्गी, निजामति कर्मचारी र शिक्षकहरु)का छोरा—छोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने नीति निर्माण गरिनु पर्ने लगायतका माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ । शिक्षा ऐन, २०२८ खारेज गरी अन्तरिम संविधानबमोजिम नयाँ शिक्षा ऐनको व्यवस्था गरिनु पर्ने,  शक्ति सम्पन्न उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग  गठन गरिनु पर्ने,  समुदायमा हस्तान्तरण गरिएका सम्पूर्ण सरकारी विद्यालयहरुलाई तत्काल फिर्ता गरिनुपर्ने र विद्यालय समुदायमा हस्तान्तरणको कार्यक्रम स्थगित गरिनु पर्ने, साथै सम्पूर्ण उच्चमाविहरुलाई राज्यको दायित्वभित्र पारिनु पर्ने, शिक्षक सेवा आयोगलाई संवैधानिक बनाइनु पर्ने, अन्तरिम संविधानमा व्यवस्था भए बमोजिम विद्यालय शिक्षा निःशुल्क र अनिवार्य  गरिनु पर्ने, शिक्षामा भैरहेको नीजिकरण, व्यापारीकरण, बैदेशिक हस्तक्षेप, भ्रष्टाचार, अनियमितता नियन्त्रण गरिनु पर्ने लगायतका शैक्षिक मागहरु रहेका छन् ।   

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव