Skip to main content

बधाईसँगै माग राखेपछि मन्त्री नै जिल्लिन्

काठमाडौं, १५ फागुन । ‘सर्वप्रथम तपाईं शिक्षामन्त्रीजस्तो गरिमामय पदमा बहाली हुनुभएकोमा हाम्रो संगठनको तर्फबाट बधाई छ,’ बुधबार पदभार ग्रहण गरेको केही समयपछि शिक्षामन्त्री चित्रलेखा यादवलाई अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर बीसीले भने । मन्त्रीको कार्यकक्षमै पुगेर शिक्षक संगठनका अध्यक्षले बधाई दिएकोमा मुसुक्क हाँस्दै मन्त्री यादवले धन्यवाद भनिन् ।
मन्त्रीलाई बधाई दिएलगत्तै अध्यक्ष बीसीले शिक्षकका दर्जनौं माग अगाडि सारे । पदभार ग्रहण गरेकै दिन शिक्षकका दर्जनौं माग टेबुलमा तेर्सिएपछि मन्त्री यादव अचम्ममा परिन् । त्यसपछि मलिनो स्वरमा उनले भनिन्, ‘तपाईंको मागका विषयमा म अध्ययन गर्छु, कसरी समधान गर्न सकिन्छ मन्त्रालयका सचिवसँग छलफल गरेर कार्यान्वयन गरांला ।’
मन्त्री भएर शपथ ग्रहण गरेको दोस्रो दिन सिधै संविधानसभाबाट मन्त्रालयको कार्यकक्षमा प्रवेश गरेकी मन्त्री यादव निकै थकित मुद्रामा थिइन् । उनलाई मोबाइलमा र भेटेर बधाई दिनेको संख्या धेरै थियो । मन्त्रालयमा बधाई दिन शिक्षाका विभिन्न निकायका उच्च अधिकारी, विद्यार्थी संगठनका प्रमुख, निजी शैक्षिक संस्थाका सञ्चालक मात्र होइनन्, पार्टीका कार्यकर्तासमेत पुगेका थिए । भेट्न गएका सबै बधाई मात्र दिएर फर्किए तर शिक्षकको पेसागत संस्थाका प्रमुखले भने लिखित माग नै अगाडि सारेपछि मन्त्री यादव जिल्ल परेकी हुन् । यादव पहिलो पटक मन्त्री बनेकी हुन् ।
बधाई दिन गएका सबैले शिक्षामा राम्रो काम गर्न मन्त्री यादवलाई आग्रह गरे । तर, शिक्षकका पेसागत संस्थाबाट गएका शिक्षकहरूको छाता संस्थाका प्रतिनिधि नेपाल शिक्षक संगठन र नेपाल शिक्षक युनियनका नेताहरूले भने बधाईसँगै मागलाई तत्काल समधान गर्न घुमाउरो पारामा चेतावनीसमेत दिए । ‘शिक्षकसँग विगतमा भएका सहमति शिक्षा मन्त्रालयले कार्यान्वयन नगरेका कारण हामीले तपाईंलाई लिखित रूपमा जानकारी गराएका हां,’ आफ्ना माग राख्दै अध्यक्ष बीसीले भने, ‘सामुदायिक तथा निजी विद्यालयका शिक्षक, कर्मचारीका पेसागत र शैक्षिक मागहरू पूरा हुने अपेक्षा तपाईंको कार्यकालमा गरेका छौं ।’
अन्तरिम संविधानमा सबैले समान, वैज्ञानिक, व्यावहारिक, निःशुल्क शिक्षा प्राप्त गर्न पाउने व्यवस्था उल्लेख गरिएको छ । सामुदायिक विद्यालयमा अस्थायी, निजी स्रोत, महिला परियोजना, बालविकास, राहत, पीसीएफ र करारजस्ता भिन्न–भिन्न प्रकारका शिक्षक कार्यरत रहँदै आएका छन् । ‘शिक्षक र विद्यालय कर्मचारीका समस्या समाधान गर्न विभिन्न समयमा आन्दोलन भएका छन् । आन्दोलनका क्रममा शिक्षा मन्त्रालय र सरोकारवालाका बीचमा दर्जनौं पटक सम्झौता भए । तर, सम्झौता कार्यान्वयन नहँदा आन्दोलन पनि भएका इतिहास छन्, त्यसैले हामीलाई आन्दोलन गर्न बाध्य नपार्नुहोला’ भन्ने चेतावनी अध्यक्ष बीसीले मन्त्री यादवलाई दिए । त्यसपछि मन्त्री यादवले भनिन्, ‘नियमअनुसार तपाईंहरूको हितमा काम गर्नेछु, यसमा तपाईंहरूको सहयोगको आवश्यकता पर्छ ।’
ार्यरत शिक्षक तथा कर्मचारीहरूलाई शिक्षा नियमावलीमा उल्लेख भएबमोजिम नियुक्ति पत्र दिई सरकारी शिक्षकसरह सेवा सुविधा प्रदान गर्नुपर्ने, हाल निजी विद्यालय सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिले बनाएको विनियमावली खारेज गरी शिक्षा मन्त्रालयबाटै सरोकारवालाको सहभागितामा देशैभर एउटै प्रकारको विनियमावली बनाउनुपर्ने, निजी विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीहरूको अभिलेख जिल्ला शिक्षा कार्यालयमा अनिवार्य राख्ने व्यवस्था गर्नुपर्ने, राहत अनुदानका शिक्षकहरूलाई समेत अन्य शिक्षकसरह दुर्गम भत्ता, स्थानीय भत्ता र महँगी भत्ताको व्यवस्था गर्नुपर्ने मागलाई अगाडि सारेका छन् ।
त्यस्तै, शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण भएका राहत अनुदान शिक्षकलाई अस्थायी शिक्षकसरह अनुभवको अंक उपलब्ध गराउनुपर्ने, २०५२ सालपछि तथा त्यसभन्दाअघि राजनीतिक आस्थाका कारण पेसाबाट विस्थापित गरिएका एवं राजीनामा दिन बाध्य पारिएका शिक्षक÷कर्मचारीहरूलाई अविलम्ब पुनर्वहाली गर्नुपर्ने, शैक्षिक सत्र २०७१ को सुरुआतमै सबै विद्यार्थीलाई गुणस्तरीय पाठ्यपुस्तक समयमै उपलब्ध हुनुपर्नेलगायतका दर्जनौं मागसमेत अगाडि सारिएको छ ।

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव