Skip to main content

तरबारको धारमा नयाँ शिक्षामन्त्री


man pd wagle
डा. मनप्रसाद वाग्ले
दोस्रो संविधानसभाको चुनावपूर्व सबै राजनीतिक दलहरूले आ-आफ्नो घोषणापत्र सार्वजनिक गरे । त्यही घोषणापत्रको कार्यक्रमहरूलाई आधार मानेर जनताले भोट हाले र दलका नेताहरू सभासद, सांसद र कोही मन्त्री पनि बने । प्रत्येक चुनावमा यही क्रम दोहोरिन्छ, तर 'खोलो तर्‍यो, लौरो बिस्र्यो' भनेझैं आफूले जनतासामु चुनावपूर्व गरेका प्रतिबद्धताहरू आजसम्म कुनै पनि राजनीतिक दलले पूरा गर्नेतर्फ चासो दिएको पाइन्न । अहिले आफूलाई ठूला दल भनेर घमन्ड गर्ने र समान हैसियतको हुँ भन्दै गृह मन्त्रालय च्याँखे थाप्न, जित्न र छोड्न सफल दलहरूले यो वाचा नभुलुन् भनेर शिक्षामा उनीहरूले गर्न खोजेको उपलब्धि, उनीहरूकै घोषणापत्रका आधारमा चिरफार गरी यहाँ प्रस्तुत गर्न खोजिएको छ । सरकारमा सहभागी दलमध्ये नेपाली कांग्रेसको भागमा शिक्षा परेको छ । त्यसो भन्दैमा समान हैसियतको दाबी गर्ने नेकपा एमाले आफ्नो घोषणापत्रमा वाचा गरे अनुसारको शिक्षा पद्धतिबाट बाहिरिन मिल्दैन ।
सबै कुरा भागबन्डामै चलेको हाम्रो देशको शासन व्यवस्थामा जुन दलको भागमा जुन मन्त्रालय परे पनि त्यो मन्त्रालयले दलगत स्वार्थभन्दा माथि उठेर राज्यको सेवा गर्नुपर्ने हुन्छ । आजका मितिसम्म दलगत मन्त्रालय भागबन्डा अनुरुप नै दलगत हालिमुहाली भएकै कारण यो देशको उत्थान हुन नसकेको हो भन्नेतर्फ सबै दलहरूको ध्यान जानु अनिवार्य छ । किन माथि उठ्न सकेन त हाम्रो देशको सार्वजनिक शिक्षा ? यो अहम् सवाल हो । सबै दल, तिनका नेता, कार्यकर्ता र भ्रातृ संगठनहरूले बुझ्नुपर्ने कुरा के हो भने जबसम्म शिक्षामा स्तरीयता कायम गर्न सकिन्न, तबसम्म देशको विकास सम्भव छैन । त्यसैले त भनिन्छ नि 'शिक्षाका थलोहरू र तिनमा काम गर्ने शिक्षाकर्मीहरूले राज्यको मुहार प्रतिविम्बित गर्छन् ।' शिक्षाप्रति राज्य कति संवेदनशील छ भन्ने कुरा शिक्षाका उपलब्धिबाट आंँकलन गरिन्छ । माध्यमिक, उच्च माध्यमिक र उच्च शिक्षाका विद्यार्थीहरूको शैक्षिक उपलब्धि चिन्ताजनक छ । शिक्षालाई रोजगारीसँग जोड्ने प्रयास कहीं कतैबाट हुनसकेको छैन । शिक्षाकर्मीहरूबाटै मूल्य र मान्यताको उपहास भएको यथार्थ छ । विद्यार्थीहरूका नैतिक मूल्य खस्कँदै गएको छ । मूल्यहीन शिक्षा लिन बाध्य यो देशका करिब एक करोड विद्यार्थीको भविष्य कुहिरोभित्रै रुमल्लिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ ।
जहिले पनि शिक्षक समस्यामा अल्झेर समय बिताउने शिक्षा मन्त्रालयले न यसको समाधान गर्नसकेको छ, नत विकल्प नै दिनसकेको छ । समयमा नै पाठ्यपुस्तकसम्म विद्यार्थीको हात पार्न नसक्ने शिक्षा मन्त्रालय पहिला आफू विद्यार्थी र तिनका अभिभावकप्रति कत्तिको उत्तरदायी छु भन्ने कुरा बुझ्नुपर्छ, अनिमात्र तिनको निर्देशन पालना गर्ने निकाय र विद्यालयहरूलाई निर्देशन दिन र पालना गराउन सकिन्छ । गएको ३-४ वर्षयता शिक्षा विभागको काम निर्देशिका बनाएर जारी गर्नेमा सीमित हुनपुगेको छ, तर निर्देशिका पालना नगर्नेहरूमाथि उसले कुनै पनि कारबाही अगाडि बढाउनसकेको छैन । यसो हुनुमा कित उसले नैतिकबल गुमाएको अवस्था हुनसक्छ कित क्षमताको अभाव । उच्च शिक्षाको हालत पनि 'ङच्िच बूढी किच्च दाँत' नै सावित भएको छ । अधिकांश विश्वविद्यालयहरू जहिले पनि तालाबन्दीमा बाँच्नुपर्ने बाध्यताले उनीहरूको कथित स्वायत्तता संकटमा परेको छ । भागबन्डाका आधारमा नियुक्त हुने उपकुलपति, रेक्टर र रजिष्ट्रारले नियुक्ति बुझेकै दिन विश्वविद्यालयको स्वायत्तताको हत्या गरेको ठहर्छ । यदि विश्वविद्यालयहरू स्वायत्त हुन् भने विश्वविद्यालय सिनेटलाई स्वच्छ बनाउन र त्यहींबाट प्राज्ञिक नेतृत्व चयन गर्ने व्यवस्था अनिवार्य गर्नुपर्ने हुन्छ । तर यो हामी नेपालीको सपनामा सीमित भएको छ र विश्वविद्यालयहरू राजनीतिक चंगुलमा चुर्लुम्म डुबेका छन् । डा.गोविन्द के.सी.को अनशनबाट प्राप्त उपलब्धिलाई चुनौती दिँदै संविधानसभामा कथित विज्ञनेताहरू कुर्लन थालिसकेको अवस्था छ । यस्तो अवस्थामा शिक्षामन्त्रीको पद सम्हाल्ने व्यक्ति तरवारको धारमै हिँड्न बाध्य हुनु पर्नेछ, यदि स्वच्छ र न्यायिक शिक्षा प्रशासन नदिने हो भने । यो परिप्रेक्ष्यमा ठूला दल नेपाली कांग्रेस र एमालेले गरेका शिक्षाप्रतिको मुख्य-मुख्य प्रतिबद्धता के रहेछन्, एकपल्ट जाँचेर हेरौं ।
दुवै दलले उच्च माध्यमिक तह अर्थात कक्षा १२ सम्म निःशुल्क गर्ने घोषणा गरेका छन् । कांग्रेस भन्छ, 'उच्च माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क, अनिवार्य, गुणस्तरीय एवं सर्वसुलभ गराइनेछ ।' एमाले भन्छ,  'आधारभूत शिक्षालाई अनिवार्य र कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने ।' शिक्षामन्त्रीले तत्काल यो योजना निर्माण गर्न र आगामी शैक्षिक सत्रदेखि लागू गर्नेगरी कार्यक्रम सार्वजनिक गर्नुपर्छ र एमालेले त्यसको समर्थन गर्नुपर्छ । नभए यो आफ्नो दलप्रति बेइमानी र जनताप्रति धोका ठहर्छ । त्यस्तै दुवै दलले आ-आफ्नो घोषणापत्रमार्फत शिक्षामा रहेको द्वैध प्रकृतिको शिक्षा अन्त्य गर्ने वाचा गरेका छन् । नेपाली कांग्रेसले निजी विद्यालय यथावत नै राखी सामुदायिक विद्यालय सुधारको एजेन्डा प्रस्तुत गरेको छ भने एमाले निजी शिक्षामा मौन देखिएको छ ।
निजी शिक्षालाई 'विपन्न र वञ्चितीकरणमा परेका वर्गप्रति सामाजिक उत्तरदायित्व' लिन लगाउने कांग्रेसको वाचा उसकै शिक्षामन्त्री हुँदा तत्काल लागू गर्नपट्टि नलाग्ने हो भने यो नारा नारामै सीमित हुने र द्वैध प्रकृतिको शिक्षा अन्त्य नहुने पक्का छ । रोजगारमुखी शिक्षामा पनि दुवै राजनीतिक दल घोषणापत्रमा चिन्तित भेट्टाइएको छ । जस्तो कांग्रेस भन्छ, 'प्राविधिक शिक्षालयको माध्यमबाट रोजगारमुखी शिक्षा अगाडि बढाउने ।' एमाले भन्छ, 'कक्षा ८ देखि नै विद्यालय शिक्षालाई रोजगार-मैत्री बनाउने ।' यी नारा जति चिल्ला र चिप्ला छन्, त्यति नै दुवै दलको विगत छवि राम्रो छैन । प्रायः पोलिटेक्निक भनिने विद्यालयहरू ठूला दलका नेता र विगतका मन्त्रीहरूको पकडमा रहेको कुरा सार्वजनिक भइसकेको छ (कान्तिपुर फागुन १२, २०७०) । यथार्थमा कार्यरूपमा उतार्न नसक्ने अनि नारा दिएर आफ्नै कार्यकर्ता भरणपोषणमा प्राविधिक शिक्षा जिल्लिएको छ र जनताको दुहाइ पाएको यो शिक्षा 'आकासको फल आँखा तरी मर'मा रूपान्तरित भएको छ । उदाहरणको रूपमा सीटीईभीटीका सम्बन्धनप्राप्त शिक्षण संस्थाहरूको शुल्कमात्र हेरे पुग्छ कि यो देशको प्राविधिक शिक्षा 'व्यापार मेला'मा परिणत भएको छ । उच्च माध्यमिक शिक्षा तहसम्म राजनीतिक संगठनको सदस्यता लिनबाट विद्यार्थीलाई रोक लगाउने कांग्रेसको घोषणा राम्रो मानिन्छ, तर उच्च शिक्षामा ऊ र अन्य  दलका भ्रातृ संगठनहरूले मच्चाएको वितण्डा रोक्ने उपाय बताइएको छैन ।
एमालेले यो मामिलामा मौनता साँधेको प्रतित हुन्छ । उच्च शिक्षामा कांग्रेसको नीति 'एक प्रदेश एक विश्वविद्यालय, देखिएको छ भने एमाले उच्च शिक्षामा 'कृषि, वन तथा प्राविधिक विश्वविद्यालयहरूलाई स्तरीय बनाउँदै लैजाने, नीतिमा सीमित भएको पाइन्छ । तर हाल नेताकेन्दि्रत विश्वविद्यालय खोल्ने लहर र रहर आवश्यकता केन्दि्रत विश्वविद्यालय स्थापनामा रूपान्तरित गर्न नसक्ने हो भने यो नारामै मात्र सीमित हुने पक्का छ । नेपाली कांग्रेसले दलित परिवारका युवती लक्षित निःशुल्क चिकित्साशास्त्र र इन्जिनियरिङ उच्च शिक्षाको सपना बोकेको छ भने एमाले पनि उच्च शिक्षामा पछाडि पारिएको वर्गको पहुँच पुर्‍याउने घोषणा गर्न पछि परेको छैन । तर तिनै वर्गको विद्यालय शिक्षाको हविगत पहिला सुधार गर्नुपर्छ । यसभन्दा बाहेक नेपाली कांग्रेस शिक्षामा कुल राष्ट्रिय बजेटको २० प्रतिशत खर्च गर्ने धुनमा देखिन्छ । तर व्यवस्थापनको अभावमा खर्चमात्र बढाएर केही हुँदैन भन्ने पाठ पनि उसले सिक्नुपर्छ । अझ अगाडि भन्नुपर्दा यदि नेपाली कांग्रेसको यही नीति हो भने अनुसन्धान प्रतिवेदनहरूले औंल्याए अनुसार उसले वैज्ञानिक ढंगले तलबमा ७० प्रतिशत र विद्यालय विकासमा ३० प्रतिशत खर्च गर्ने व्यवस्था गरोस् । नभए शिक्षामा लगानी बढाउनुको कुनै अर्थ रहन्न । प्रमुख रूपमा उठाइएका यी मुद्दाहरू खर्चका हिसाबले पनि हेरिनुपर्ने  हुन्छ । अर्थमन्त्री र शिक्षामन्त्री दुवै नेपाली कांग्रेसकै भएको वर्तमान परिप्रेक्ष्यमा सरकारको नेतृत्व गरेका प्रधानमन्त्री सुशील कोइरालाको भूमिका पनि यहाँ अहम् देख्न सकिन्छ । पार्टीको छविलाई उजिल्याउन र जनताप्रति उत्तरदायी छु भन्ने विश्वास दिलाउन पनि आफूले गरेका प्रतिबद्धताहरू पूरा गर्नेतर्फ कांग्रेस र एमालेमा सचेतना पलाओस् र निकट भविष्यमै शिक्षा विकासका योजनाहरू र तिनको इमानदारी कार्यान्वयन जनताले देख्न पाउन् ।
 Source: http://www.ekantipur.com/np/2070/11/16/full-story/384886.

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...