Skip to main content

नेताका पोल्टामा पोलिटेक्निक

ctevt
मकर श्रेष्ठ
काठमाडौ, फाल्गुन १२ - पहुँचका आधारमा नेताहरूले आफ्नो जिल्लामा प्राविधिक शिक्षा अध्ययन गराउने पोलिटेक्निक खोल्ने प्रवृत्ति बढेको छ । निर्माणाधीन इन्सि्टच्युटलाई पूरा गर्नुको सट्टा आफूअनुकूलका क्षेत्रमा नयाँ थप्ने गरेका छन् ।
पहुँचमा भएका नेता, मन्त्रीको दबाबमा राष्ट्रिय योजना आयोगको कार्यक्रममा समावेश भएका यस्ता १७ वटा पोलिटेक्निक छन् । रातो किताबमा योजना परे पनि पर्याप्त बजेट नहुँदा सबैजसो इन्स्िटच्युटको निर्माण अधुरै छ । पदको दुरुपयोग गरेर आफ्नो क्षेत्रका मतदातालाई खुसी पार्न रातो योजना पार्ने गरेको आयोगका अधिकारीहरू बताउँछन् । बजेट भाषणमा घोषणा गरेका कतिपय ठाउँको इन्सि्टच्युटको जग्गा प्राप्ति नभए पनि सरकारले बजेट विनियोजन गरेको छ ।
आफ्नो क्षेत्रमा पोलिटेक्निक पार्ने राष्ट्रपति रामवरण यादव, एमाले अध्यक्ष झलनाथ खनाल, माधवकुमार नेपाल, गंगालाल तुलाधर, सुरेन्द्र पाण्डे, दीपकुमार उपाध्याय, माधव पौडेल, सोमप्रसाद पाण्डे, बाबुराम भट्टराई, कृष्णबहादुर महरा, दीनानाथ शर्मा, टोपबहादुर रायमाझी, महन्थ ठाकुरलगायत छन् । पदमा हुँदा काम गरेको देखाउन पोलिटेक्निक खोल्ने गरेको योजना आयोगले जनाएको छ । नेताहरूको हानाथापले एउटै जिल्लामा दुइटा पोलिटेक्निक खोल्ने घोषणा गरेका छन् ।
योजना आयोगका पूर्वसदस्य एवं शिक्षाविद् तीर्थ खनियाँले भोट माग्नमात्रै आफ्नो क्षेत्रमा पोलिटेक्निक खोल्न नेताहरूले रातो किताबमा योजना पार्ने गरेको बताए । 'यी इन्सि्टच्युट दिगो रूपमा सञ्चालन गर्न खोलिएको होइन । मैले योजना पारे है भनेर पद र पहुँच देखाउनका लागि मात्रै हो,' उनले भने, 'नेताको दबाबमा खोलिएका यस्ता कलेज रातो किताबमा मात्रै सीमित हुन्छन् ।'
कुन क्षेत्रमा कुन विषय पढाउने भन्ने योजना र सर्भेसम्म नभएको उनले बताए ।तुलाधर शिक्षामन्त्री हुँदा धादिङको बैरेनीमा कलेज बनाउने निर्णय भएको थियो । दीनानाथ शर्मा शिक्षामन्त्री भएपछि तुलाधरले कलेज बनाउने भनिएको ठाउँ परिवर्तन गरेर गजुरी पुर्‍याए । तुलाधरले २ सय २४ रोपनीमा निर्माण गर्ने भनिए पनि शर्माले १८ रोपनीभित्र बनाउने निर्णय गरेका छन् । कुन ठाउँमा खोल्ने भन्ने विवाद बढेपछि काम रोकिएको थियो । स्थानीय र सरकारी अधिकारीबीच भएको छलफलले गजुरीमा निर्माण गर्ने सहमति भएको छ । त्यसको शाखा बैरेनीमा पनि बनाउने भनिएको छ ।
शर्माले धादिङ र गृह जिल्ला बागलुङमा पोलिटेक्निक खोल्ने योजना ल्याएका थिए । बागलुङको धौलागिरि पोलिटेक्निकमा चालू आवमा एक करोड बजेट विनियोजन गरेको छ भने धादिङ पोलिटेक्निकमा पटक-पटक गरेर साढे चार करोड विनियाजन भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का अनुसार धादिङमा प्रशासनिक भवन निर्माण कार्य ४० प्रतिशत र एकाडेमिक भवन १० प्रतिशतमात्रै सकिएको छ । इलाममा रत्नकुमार वान्तवा स्मृति पोलिटेक्निक खोल्न एमाले अध्यक्ष खनालले स्थानीय साखेजुमा आफ्नो ४० रोपनी जमिन दिएका छन् । ०६७ बाट काम सुरु भए पनि अझै सकिएको छैन । कलेज बनाउन सरकारले तीन वर्षमा १२ करोड रकम उपलब्ध गराएको थियो ।
बजेट अभावले राष्ट्रपति यादवको पहलमा जनकपुरको सपहीमा निर्माण भइरहेको बीपी स्मृति पोलिटेक्निकको काम थालेको चार वर्षमा पनि सकिएको छैन । यसका लागि आवश्यक बजेट एकैपटक नपाउँदा ढिलाइ भएको सीटीईभीटीले जनाएको छ । सीटीईभीटीका अनुसार प्रशासनिकतर्फ ७० र एकाडेमिकमा १० प्रतिशतमात्रै काम भएको छ । कृषि र इन्जिनियरिङसम्बन्धी अध्ययन गराउने योजना छ । जानकी मन्दिर गुठीको जग्गामा निर्माण भइरहेको कलेजका लागि ०६७/६८ देखि चालू आवसम्म १२ करोड विनियोजन गरेको छ । कक्षा सञ्चालन योग्य बनाउन २० करोड रुपैयाँ आवश्यक रहेको सीटीईभीटीका टीईभीटी एक्सपान्सन महाशाखा निर्देशक गोपालकृष्ण श्रेष्ठले बताए ।
कैलालीको टीकापुर पोलिटेक्निक इन्सि्टच्युट निर्माण सुरु भएको चार वर्षभन्दा बढी भइसक्यो तर कुनै पनि पूर्वाधार पूरा भएको छैन । प्रशासनिक र एकाडेमिक भवन ८० प्रतिशत र गल्र्स होस्टल, पि्रन्सिपल क्वाटरको काम ३० प्रतिशतमात्रै सकिएको छ । यसका लागि १७ करोड खर्च भइसकेको छ ।
टीकापुरसँगै निर्माण सुरु भएको गौर नर्सिङ कलेजका लागि चार वर्षमा ४ करोड रुपैयाँ विनियोजन भइसक्यो । एमाले वरिष्ठ नेता नेपालको पहलमा निर्माण सुरु भएको हो । निर्माण सकिए पनि फिनिसिङ गर्ने बजेट नहुँदा सञ्चालनमा आउन सकेको छैन । श्रेष्ठका अनुसार फिनिसिङका लागि डेढ करोड चाहिन्छ । नेपालकै पहलमा काठमाडौं साखुमा शंखरापुर पोलिटेक्निक निर्माण भइरहेको छ । इन्जिनियरिङ पढाइने उक्त कलेज ०६८/६९ बाट निर्माण सुरु भएको हो । त्यसका लागि सरकारले १५ करोड खर्च गरिसकेको छ । यसको प्रशासनिक भवन ७० प्रतिशत र एकाडेमिक भवनको काम १० प्रतिशतमात्रै भएको छ ।
तमलोपा अध्यक्ष ठाकुरको पहलबाट योजना परेको मलंगवाको सन्तअल्पमाई रामनारायण नर्सिङ कलेज ०६६ मा निर्माण सुरु भएको हो । अहिलेसम्म ४५ प्रतिशतमात्रै काम भएको छ । एमाले नेता तथा पूर्वअर्थमन्त्री पाण्डेको पहलमा चितवनको नारायणी पोलिटेक्निक निर्माण सुरु भएको दुई वर्ष पूरा भयो । यसका लागि सरकारले ३ करोड बजेट विनियोजन गरिसकेको छ । पर्याप्त बजेट नहुँदा प्रशासनिकतर्फ ८० प्रतिशत र एकाडेमिक भवनको काम ५ प्रतिशतमात्रै भएको छ । एमाओवादी नेता बाबुराम भट्टराईको अग्रसरतामा गोरखाको पालुङटारमा लगेको गोरखा पोलिटेक्निक संरचना बनाउने काम अझै थालिएको छैन । सरकारले यसका लागि गत वर्ष १ करोड र यस वर्ष १ करोड विनियाजन गरेको छ । त्यस्तै पाल्पाका एमाले सभासद सोमप्रसादको दबाबमा मदनपोखरा पोलिटेक्निक निर्माण थालिएको तीन वर्ष भयो । यसका लागि सरकारले २ वर्षमा ३ करोड ८५ लाख छुट्टयाएको छ । एमाओवादी नेता महराले रोल्पामा ३० रोपनी जग्गा उपलब्ध गराएर कलेज खोल्न पहल गरे पनि डिजाइनको काम पनि सकिएको छैन । सरकारले यसका लागि चालू आवमा १ करोड बजेट छुट्टयाएको छ । त्यस्तै अर्का एमाओवादी नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीमा एग्रो फरेस्टी पोलिटेक्निकको योजना अघि सारे । त्यसका लागि सरकारले २ करोड विनियोजन गरेको छ । कांग्रेस नेता दीपकुमारले कपिलवस्तुमा जीपी पोलिटेक्निक इन्स्िटच्युट खोल्ने योजना ल्याए । यसअनुसार सरकारले बजेटसमेत विनियोजन गरिसकेको छ । अघिल्लो सरकारका शिक्षामन्त्री माधव पौडेलले पनि आफ्नो गृहजिल्ला रामेछापमा पोलिटेक्निक खोल्ने योजना अघि सारेका छन् । कलेज सञ्चालन गर्ने जग्गा नहुँदै १ करोड बजेट विनियोजन भएको छ ।
Source: http://www.ekantipur.com/np/2070/11/12/full-story/384668

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव