Skip to main content

धनी विद्यालयको गुणस्तर गिर्दो

काठमाडौ,२०७० फागुन १४ गते ।

 बलियो आन्तरिक स्रोत हुने सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर खस्कँदै गएको छ । विद्यार्थी उत्तीर्ण दर बर्सेनि घट्दो छ । यस विपरीत सरकारी अनुदानमा मात्रै निर्भर विद्यालयहरू राष्ट्रिय स्तरमै उत्कृष्ट ठहरिँदै छन् । विद्यार्थीको चाप थामिनसक्नु छ ।
राजधानीका दर्जन बढी सामुदायिक विद्यालयले सटर भाडाबाट लाखौं आम्दानी गर्छन् । पशुपति मित्र मावि चाबहिलले वाषिर्क छ लाख रुपैयाँभन्दा बढी भित्र्याउँछ । उक्त विद्यालयले शैक्षिक नतिजा चाहिँ आम्दानी सुहाउँदो तुल्याउन सकेको छैन । 
विद्यार्थी उत्तीर्ण दर तीन वर्षबीचमा १३ प्रतिशतले झरी ७० प्रतिशतमा सीमित भएको छ । डिल्लीबजारस्थित पद्यमकन्या उच्च माविको अवस्था उस्तै छ । गएका तीन वर्षको एसएलसी नतिजा विश्लेषण गर्दा उत्तीर्ण दरमा गिरावट देखिन्छ । अघिल्लो वर्ष मात्रै ५१ प्रतिशत उत्तीर्ण भए । विद्यालयको सटरभाडा बर्षेनि १३ लाख बढी हुन्छ । 
क्याम्पस सञ्चालनको भाडाबापत चार लाख थपिन्छ । 
रामशाहपथस्थित पद्मोदय उच्चमाविले सटर भाडाबाट मात्र वाषिर्क झन्डै ३१ लाख रुपैयाँ कमाउँछ । पढाइको अवस्थालाई यसले टेवा पुर्‍याउन सकेको छैन । तीन वर्षअघि ९५ प्रतिशतलाई एसएलसी पास गराएको विद्यालयले गत वर्ष ८४ प्रतिशतमा सीमित हुनुपर्‍यो । भाडाको कमाइ राम्रै गर्ने शान्ति विद्यागृहको शैक्षिक गुणस्तर यही हिसाबले गिर्दो देखिन्छ ।
सरकारी अनुदान र आन्तरिक आम्दानी पर्याप्त भएका विद्यालयले ०६७ देखि लेखा परीक्षण समेत गराएका छैनन् । जिल्ला शिक्षा कार्यालयले ताजा लेखा परीक्षण प्रतिवेदन माग गर्दा ०६७ सम्मको मात्र उपलब्ध गराएको अधिकारीहरूले बताए । 
राम्रो आन्तरिक आम्दानी हुने नयाँ बानेश्वरको रत्नराज्य उच्च मावि, बागबजारको सहिद शुक्रराज, प्युखाको कन्या मन्दिर र प्याफलको कान्ति ईश्वरी राज्य लक्ष्मी प्याफल लगायतले पनि सन्तोषजनक नतिजा निकाल्न नसकेको कार्यालयले जनाएको छ ।
काठमाडौंका जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालले आर्थिक स्रोतमा बलिया विद्यालयहरूले शैक्षिक स्तर बढाउन नसकेको बताए । ुबरु कमजोर विद्यालयहरूले राम्रो गर्दै गएका छन्, उनले भने ।
अर्यालका अनुसार राजधानीमा सरकारी अनुदानबिनै शिक्षक कर्मचारीको तलब ब्यहोर्न सक्ने विद्यालयहरू छन् । स्रोत परिचालन गर्न नसक्दा उनीहरूको स्तर बढ्न सकेको छैन । बलम्बु माविको आन्तरिक आयस्रोत छैन । विद्यार्थी उत्तीर्ण दर पाँच वर्षयता ९५ प्रतिशतभन्दा तल आएको छैन ।
एक किलोमिटर परिधिभित्र तीन निजी विद्यालय हुँदासमेत उक्त विद्यालयमै आठ सय विद्यार्थी पढ्छन् । वि।सं। २०६५ र ०६७ मा सामुदायिकतर्फ एवं ०६६ मा क्षेत्रीयस्तरमा उत्कृष्ट घोषित भयो । विद्यालयले १ देखि १० कक्षाका विद्यार्थीसँग वाषिर्क ५ देखि १ हजार २ सय रुपैयाँ उठाएर खर्च व्यवस्थापन गरिरहेको छ । यसैका भरमा निजी स्रोतबाट शिक्षकसमेत राखिएका छन् ।
प्रधानाध्याक सुमन राउतले आन्तरिक आम्दानी कम हँुदैमा गुणस्तर कम नहुने बताए । ुकक्षा कोठा छ, शिक्षक दरबन्दी पर्याप्त छ भने व्यवस्थापन, शिक्षक र कर्मचारीको प्रतिबद्धता चाहिन्छ, राम्रै नतिजा ल्याउन सकिन्छ, उनले भने, भौतिक र आर्थिक स्रोत नहोला । यसले केही असर गर्दैन ।ु शिक्षक र कर्मचारीको मनोबल बढाउन अस्थायी र करारमा रहेकालाई पनि पोसाकको व्यवस्था गरेको उनले बताए । भौतिक संरचना बनाउन विद्यालयले तीन वर्षअघि सप्ताह लगाएर ७५ लाख रुपैयाँ संकलन गरेको थियो ।
बालाजुको तरुण माविको आफ्नै आयस्रोत छैन । विद्यार्थीसँग लिइने वाषिर्क शुल्ककै भरमा पटक(पटक सामुदायिकतर्फ मुलुककै उत्कृष्ट घोषित भएको छ । एसएलसी उत्तीर्ण दर ०५८ देखि ९५ प्रतिशतभन्दा कम भएको छैन । प्रधानाध्यापक उदयमान श्रेष्ठका अनुसार यसअवधिमा विद्यालय चार पटक राष्ट्रिय उत्कृष्ट र दुई पटक क्षेत्रीय उत्कृष्ट घोषित भएको छ । ुविद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीको मेहनत हुनुपर्छ, राजनीतिक प्रभाव हुनुहन्न । मेरै स्कुल सम्झेर काम गरेमा सबैलाई राम्रो हुन्छ, उनले भने ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...