Skip to main content

बदमासी गर्दै 'हेडसर’ हरू

काठमाडौ, फाल्गुन १२ - बूढानीलकण्ठ स्कुलको छात्रवृत्तिमा नाम निकालेकी लक्ष्मी लोहार त्यसअघि जगन्नाथ निमावि बैतडीमा पढ्थिन । भूमिराज सामुदायिक प्राविकी प्रधानाध्यापिका पुष्पा लोहारले भने आफ्नै विद्यालयमा अध्ययन गरेको भनी सिफारिस गर्नुका साथै लब्धांकपत्र पनि बनाइदिइन् । छानबिन हुँदा छात्रा लोहारले सोही प्राविमा अध्ययन गरिरहेको भनी स्रोतव्यक्ति लोकराज जोशीले पनि प्रतिवेदन तयार पारेको भेटियो । प्रधानाध्यापिका लोहार र स्रोतव्यक्ति जोशी दुवै विभागीय कारबाहीमा परेका छन् ।
रौतहटको टेग्राहा प्राविका प्रअ शम्भुप्रसाद यादव तलब हिनामिना गरेको अभियोगमा मुछिए । ०६५ मा शिक्षकको तलब, सञ्चयकोष, नागरिक लगानीकोष र छात्रवृत्ति रकम उनले बैंकबाट झिकी आफूले खर्च गरेको स्वीकारेपछि अख्तियारको विभागीय कारबाहीमा परेका हुन् । उनले मासेको अरू शिक्षकको तलबभत्ताबापत ७८ हजार रुपैयाँ असुल भइसकेको अख्तियारले जनाएको छ ।
शिक्षक समाजका आदर्श व्यक्ति मानिन्छन् । झनै विद्यालयकै नेतृत्व गरेका प्रअको गतिविधि र आचरण समाजका लागि अनुकरणीय मानिन्छ । केही वर्षयता भने तिनै 'हेडमास्टर' हरू विभिन्न अभियोगमा मुछिएर बदनाम बन्दै गएका छन् । शिक्षक नियुक्ति र तलब, विद्यालयको भौतिक पूर्वाधार, सिफारिसलगायत नक्कली प्रमाणपत्र बोकेको अभियोगमा पनि समाजका आदर्श पेसाकर्मी मानिने शिक्षक मुछिएका छन् । विद्यालय तहमा अत्यधिक मात्रामा हुने बजेट प्रवाह र त्यसको राजनीतीकरण असर शिक्षकहरूमा पनि परेको पूर्वशिक्षासचिव जयराम गिरीको बुझाइ छ । 'पहिले राम्रा शिक्षक पढाउनमै रमाउँथे, प्रअ बन्न लालहित देखिन्नथे,' शिक्षा क्षेत्रमा भएको विकृतिबारे छानबिनको लामो अनुभव सँगालेका पूर्वसचिव गिरीले भने, 'अचेल राजनीतीकरणका कारण कसलाई प्रअ बनाउने भनेर चर्को चलखेल हुन्छ ।' व्यवस्थापन समितिमा हुने गरेको राजनीतीकरणको सोझो असर विद्यालय बजेट परिचालनमा परेको भन्दै विभिन्न शीर्षकमा निकासा हुने रकम सदुपयोगमा समस्या रहेको उनले बताए ।
रौतहटको पचरुखी गाविसस्थित श्री निमाविका प्रअ रामविश्वास राय यादवले विद्यालयको लेटर प्याड, छाप, माइन्युट दुरुपयोग गरेको भेटियो । पछि छानबिन हुँदा उनी प्रअका लागि योग्य नभएको ठहर भयो । उनी र व्यवस्थापन समिति अध्यक्ष हृदयनारायण महतोको मिलेमतोमा वास्तविक प्रअ लखन मिश्रलाई मनोमानी बर्खास्त गरेको खुल्यो । यादव र महतोलाई कारबाहीका लागि अख्तियारले क्षेत्रीय शिक्षा निर्देशनालयमा पत्र पठाएको छ ।
विभागका महानिर्देशक लव अवस्थीले 'यसलाई राम्रो संकेत मान्न नमिल्ने' बताए । 'हेडसरहरू बारम्बार मुछिनु भा'छ, हामीले पनि के कारणले हो भनी जिल्लाअनुसार समग्र कारबाही विवरण अध्ययन गर्दैछौं,' उनले भने । जिल्लाअनुसार अनियमितताको प्रकृति र तौरतरिका फरक पर्ने भएकाले त्यसअनुसार सम्बोधन गरिने उनले बताए ।
निकासा भएको बजेट परिचालन, अस्थायी तथा राहत शिक्षक नियुक्ति र दैनिक प्रशासन सञ्चालन अधिकारमात्रै प्रअलाई हुन्छ । सीमित अधिकारका बाबजुत प्रधानाध्यापकहरू अनियमिततामा मुछिएका छन् । मकवानपुर मनहरीको महेन्द्रकिरण माविमा 'शिक्षक अनुमतिपत्र नभए पनि हुने गरी' नियुक्तिका लागि विज्ञापन गरेको भेटियो ।
अनुमतिपत्र नभएका दुई शिक्षक नियुक्ति गरेको भेटिएपछि अख्तियारले बदर गर्नुका साथै सिफारिस गर्ने विद्यालय निरीक्षक, स्रोतव्यक्ति र सदस्य-सचिव प्रअलाई कारबाही गर्न जिल्ला शिक्षालाई निर्देशन दिएको छ । उनीहरूको नाम भने खुलाएको छैन । पूर्वशिक्षा सचिव गिरीका अनुसार, प्रअ नियुक्तिका लागि नियमावलीमा स्पष्ट व्यवस्था भए पनि स्थानीय तहमा परेको राजनीतिक असरले सबै पद्धति मिचिएको हो ।
गतवर्ष अख्तियारमा सबैभन्दा बढी शिक्षा मन्त्रालयसँग सम्बन्धित उजुरी परेका छन् । २ हजार ९३ उजुरीमध्ये अधिकांश विद्यालयसँग सम्बन्धित छन् । जिसिअ, विनि, स्रोतव्यक्ति र प्रअमध्ये आर्थिक अनियमिततासँग सम्बन्धित अधिकांश उजुरी 'हेडसर'सँग जोडिएको अख्तियारले जनाएको छ । टेग्राहाका प्रअ यादवले विद्यार्थीको छात्रवृत्ति रकम पनि बुझाएका छैनन् ।
उदयपुरको त्रियुगा उच्च माविका प्रअ सत्यनारायण झाले विद्यालयमा लेखासम्बन्धी प्रचलित सिद्धान्त र कानुनी व्यवस्थाको पालना नगरेको भेटियो । व्यवस्थापन समिति अध्यक्ष बलदेव चौधरीका नाममा ३२ लाख पेस्की छ । थप ११ लाख रुपैयाँ उठ्न नसकेको फेला परेपछि अख्तियारले झामाथि कारबाही गरेको छ । हरिसिद्धि उच्च माविका भूपू 'हेडसर' धर्मगोविन्द महर्जनले कानुनबमोजिम बरबुझारथ तथा बेरुजु फछ्र्याैट नगरेको देखिएको भन्दै कारबाहीका लागि परिपत्र गएको छ ।
प्रकाशित मिति: २०७० फाल्गुन १२ ११:४२
Source: http://www.ekantipur.com/np/2070/11/12/full-story/384693

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव