Skip to main content

बिद्यालयलाई त्रिपक्षीय सहयोग

 । 10003944_670582199650173_749569490_n (1) काभ्रे / चैत्र  १६  गते
काभ्रेको तिमाल क्षेत्रमा पर्ने सस्र्यूंखर्क स्थित पञ्चकन्या प्राथमिक विद्यालयमा तिनवटा सामाजिक संस्थाले एकसाथ विद्यालयलाई सहयोग गरेका छन् । मातृभूमिका लागि युवा अभियान नेपाल, नेप्लीज फेशन होम तथा महेन्द्र स्मृति प्रतिष्ठान काठमाडौंले विहिवार एक कार्यक्रमका विच सहयोग हस्तान्तरण गरेका हुन् । लामो समयदेखी विद्यालयका लागि आवश्यक पर्ने शैक्षिक तथा भौतिक सामाग्रि प्रदान गर्दै आएको फेशन होमको संयोजनमा महेन्द्र स्मृति प्रतिष्ठानले विद्यालयका सबै विद्यार्थीहरुलाई जुत्ता चप्पल उपलब्ध गराएको छ । नेपाली काग्रेस, काठमाडौंका सभापति तथा काठमाडौंं क्षेत्र नं।६ का संविधानसभा सदस्य भिमसेन प्रधानले विद्यार्थीलाई चप्पल तथा विस्कुट वितरण गर्नुभएको थियो । विशिष्ठ अतिथिका रुपमा निम्त्याइएका मातृभूमिका लागि युवा अभियानका केन्द्रिय अध्यक्ष सुनिल खड्काले सुचना प्रविधिले नजिक बनाउन मद्दत मिल्ने भन्दै एक थान प्रिन्टर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।10155132_670583212983405_159155532_nथाइल्याण्ड बस्दै आउनुभएका खड्कालृे बैंककवाटै उच्चस्तरिय प्रिन्टर उपलब्ध गराइदिने बताउनु भयो । केहि समय पहिले कम्प्यूटर प्रदान गरेकी फेशन होमकी अध्यक्ष हेमा मानन्धरले फेरीपनी सहयोगका कार्यक्रमलाई निरन्तरता दिने व्यक्त गर्नुभयो । जुत्ता चप्पल प्रदान गर्ने महेन्द्र स्मृति प्रतिष्ठनका उपाध्यक्ष विश्वेश्वर वञ्जाराले आगमी दिनमा समेत विद्यालय तथा विद्यार्थी भाइवहिनीलाई माया गरेर सहयोगका लागी आउने वातावरण बनादिनुहुन अविभावकसंग आग्रह गर्नु भएको थियो । 1958341_670583389650054_1709636299_nप्रतिष्ठानका महासचिव तथा मातृभूमिका लागि युवा अभियानका केन्द्रिय सचिव बद्रिराज तिमल्सिनाको पहलमा व्यवस्थापन गरिएको सहयोग कार्यक्रममा अभियानकी केन्द्रिय सदस्य सुश्री रोशनी भट्टराई तथा अभियानकै राष्ट्रिय शाखाका उपाध्यक्ष डिन्सन बोहोराले विद्यार्थी तथा अविभावकलाई विस्कुट तथा खानेकुरा प्रदान गर्दा स्कुले केटाकेटी निकै खुशी भएका थिए । अभियान, फेशन होम तथा प्रतिष्ठानले त्रिपक्षिय सहायोगका कार्यक्रमलाई निरन्तरता दिन सके सामाजिक परिवर्तमा कोशे ढुङ्गा सवित हुने नेप्लीज फेशन होमका प्रबन्ध निर्देशक तेन्जिङ शेर्पाले बताउनुभयो । कान्तिपुरकर्मी फुलमान बलको पहलमा त्यहाँ पुगेका पाहुनाहरुलाई गाँउलेले भव्य स्वागत गरेका थिए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...