Skip to main content

एसएलसीपछि के गर्ने ?



एसएलसी सकियो । परीक्षाका बेला पढाइमा तल्लीन विद्यार्थीहरू परीक्षाको समाप्तिसँगै आफूलाई स्वतन्त्र महसुस गर्छन् । पढाइको बोझ कम भएको मान्छन् । यही समयमा उनीहरूले गलत बाटो पनि समाउन सक्छन् । 'टाइम पास' को बहानामा कुसंगत र कुलतमा समेत फस्न सक्छन् । मनोरञ्जनका लागि साथीभाइसँगै होमा हो मिलाउँदै हिँड्न सक्छन् । त्यसैले अब, यस्ता कुरा छाडेर फुर्सदको यो समयलाई सदुपयोग गरौ । 

अध्ययनको योजना

एसएलसी उत्तीर्ण भएपछि के पढ्ने ? कुन विषय पढ्दा राम्रो हुन्छ ? आफ्नो आर्थिक एवं बौद्धिक क्षमताअनुरूपको विषय कुन हुन सक्छ ? भन्ने विषयमा सोचौं । समयमै यस्ता कुराको निर्णय लिन सके पछि पछुताउनु पर्दैन । धेरै विद्यार्थी कलेज भर्ना हुने बेलासम्म के पढ्ने कहाँ पढ्ने भन्ने जस्ता समस्यामै अल्झिरहेका हुन्छन् । 

ज्ञान बढाऔं 

यतिबेला आफूले अध्ययन गर्न चाहेको विषयका सम्बन्धमा आधारभूत जानकारी लिन सकिन्छ । विभिन्न भाषा, कम्प्युटरसम्बन्धी ज्ञान हासिल गरेर पनि यो समयलाई उपलब्धिमूलक बनाउन सकिन्छ । राम्रो इन्स्टिच्युट एवं शिक्षकमार्फत भाषा, कम्प्युटर आदि विषयमा दक्षता हासिल गर्नु राम्रो हुन्छ ।

सीप विकास 

कुनै नयाँ सीप सिक्नु भनेकै आफुलाई मजबुत बनाउनु हो । त्यसैले यो फुर्सदमा किन सीप नसिक्ने ? हातमा सीप छ भने रोजगारीको समस्या हुँदैन । आफूमा सीप विकास गरे जीवन सहज बन्न सक्छ । विभिन्न संघ-संस्थाले सीप विकाससम्बन्धी तालिम दिइरहेका हुन्छन् । यी तालिमबाट पनि आफूलाई दक्ष बनाउन सकिन्छ । 

सिर्जनात्मक काम

साहित्य लेख्ने-पढ्ने, चित्र कोर्ने, जीवनोपयोगी पुस्तकहरू अध्ययन गर्ने, सामाजिक सेवाको क्षेत्रमा जागरूक हुने, नृत्य-गायनमा सहभागी हुनेलगायतका सिर्जनात्मक कार्यहरू गरेर फुर्सदको सदुपयोग गर्न सकिन्छ । सिर्जनात्मक एवं रचनात्मक कामले मन-मस्तिष्कलाई सन्तुलित राख्न मद्दत गर्छ । त्यसैले परीक्षापछिको फुर्सदलाई सिर्जनात्मक काममा लगाउनु उपयुक्त हुन्छ ।

समाजसेवा 

फुर्सदको समयलाई सामाजिक सेवामा लगाउनु उत्तम हो । यसले समाजलाई मात्र फाइदा पुग्दैन, आफ्नो व्यक्तिगत जीवनमा समेत सकारात्मक प्रभाव पार्छ । स्कलरसिपमा अब्रोड स्टडी गर्न चाहनेहरूलाई त यसले अझ बढी फाइदा पुर्‍याउँछ, किनभने अब्रोड स्टडीमा स्कलरसिप पाउन आफूलाई शैक्षिक रूपमा अब्बल त देखाउनुपर्छ नै, समाजसेवाका क्षेत्रमा आफ्नो योगदानको विवरण पनि पेस गर्नुपर्छ । 

घरमा सहयोग

यो फुर्सदमा घरायसी काम गरेर अभिभावकलाई खुसी बनाउन सकिन्छ । यसबाट सीप आर्जनको अवसरसमेत प्राप्त हुन्छ । बाबुबाजेले सम्हाल्दै आएको पेसाका सम्बन्धमा जानकारी हुन्छ । यसबाट जिम्मेवारी बोधमात्र हुँदैन, थुप्रै अनुभव पनि ग्रहण गर्न सकिन्छ ।

आयमूलक काम

फुर्सदको समयलाई आय आर्जनको काममा पनि लगाउन सकिन्छ ? आफूलाई आत्मनिर्भताको अनुभव मिल्ने परिवारलाई सहयोग पनि हुने । त्यसो त कतिपय विद्यार्थी बाध्यतामा पनि परेका हुन्छन् । उनीहरूमा आफैंले नकमाई परिवारको भरमा लेखपढ गर्न तथा पेट पाल्न समस्या हुन्छ । कमजोर आर्थिक अवस्थाका यस्ता विद्यार्थीले कुनै पनि क्षेत्रमा काम गरेर आय आर्जन गर्न सक्छन् । 

स्वस्थ्य मनोरञ्जन

नयाँ ठाउँको भ्रमण गर्ने, खेलकुदमा सहभागी हुने वा राम्रा चलचित्र हेर्नेजस्ता कामबाट स्वस्थ मनोरञ्जन प्राप्त गर्न सकिन्छ । स्वस्थ मनोरञ्जनले हाम्रो मस्तिष्कलाई ताजा एवं शरीरलाई फुर्तिलो बनाउँछ ।साभार ः साप्ताहिकबाट



Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...