Skip to main content

खुल्ला मोडमै स्नातकोत्तर पढाइ


TU building

काठमाडौं, चैत्र १८ - त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीअनुसार खुल्ला मोडबाट स्नाकोत्तर तहका पठनपाठन सुरु गरेको छ ।  खुल्ला तथा दूर सिकाइ कार्यक्रमअन्तर्गत देशका विभिन्न छ वटा क्याम्पसबाट यो प्रणालीमा पठनपाठन गरिए शिक्षशास्त्र संकायका डिन प्रकाशमान श्रेष्ठले जनाएका छन् ।
पूर्वाञ्चलमा सिरहाको सत्यनारायण सूर्यनारायण मरोबेत्ता बहुमुखी क्याम्पस, मध्यमाञ्चलमा सानोठिमी क्याम्पस र गोरखा बहुमुखी क्याम्पसमा पठनपाठन भएको छ । त्यसैगरी पश्चिमाञ्चलको बुटवल क्याम्पस, मध्यपश्चिमाञ्चलमा सुर्खेत शिक्षा क्याम्पस र सुदूरपश्चिमाञ्चलमा डडेलधुरा शिक्षा क्याम्पसमा खुल्ला मोडमा पढाइको व्यवस्था गरिएको छ ।
'सरकारले विद्यालय तहको संरचना परिवर्तन गरेसँगै शिक्षकको योग्यता बढाउन यो कार्यक्रम सुरु गरिएको हो,' डिन श्रेष्ठले कान्तिपुरसित भने, 'पढ्नको निम्ति लामो छुट्टी पनि नपाउने तर योग्यताचाहिं बढाउनु पर्ने परिस्थितिलाई मध्यनजर गरी खुल्ला सिकाइको पद्धतिको विकास गरिएको हो ।' विद्यालयको नयाँ संरचनाअनुसार कक्षा १ देखि ८ सम्म आधारभूत र ९ देखि १२ कक्षा माध्यमिक तह हुनेछ । त्यसनिम्ति माध्यमिक तह पढाउने शिक्षकको योग्यता स्नातकोत्तर हुनुपर्ने प्रावधान छ ।
त्रिविले स्नातकोत्तर तहका निम्ति यसरी खुल्ला मोडको पठनपाठन व्यवस्था गरेको हो । नेपाली शिक्षा, स्वास्थ्य शिक्षा र पाठ्यक्रम तथा मूल्यांकन गरी तीन विषयमा पठनपाठन सुरु गरिएको छ । आगामी वर्ष अंग्रेजी, गणित र अर्थशासत्र विषयमा समेत पठनपाठन गरिने छ । विद्यार्थीले आफू बसेकै ठाउँमा दैनिक स्वाध्ययन गर्नसक्छन् । समेस्टर प्रणालीअनुसार हरेक छ महिनामा एकपटक परीक्षा दिनुपर्नेछ ।
'पहिलो पटक भएकोले दुई वर्षको सट्टा तीन वर्षमा पूरा गर्ने नीति अपनाइएको छ,' डिन श्रेष्ठले भने, 'विद्यार्थी तीनवर्षभित्र स्नातकोत्त पास गरिसक्छन् भन्ने उद्देश्यले यो नीति अपनाइएको हो । आगामी वर्षदेखि चार समेस्टर नै कायम हुनेछ ।' विद्यार्थीलाई सुरुमा अभिमुखीकरण दिइएका छन् । त्यसपछि हरेक सेमेस्टरको बीचमा क्याम्पस सम्पर्क राख्दछन् । कलेजले विद्यार्थी स्वाध्ययन सामग्री उपलब्ध गराएको छ भने अनलाइन, मोबाइल, टेलिफोन, स्काइप, भिडियोका माध्यमबाट अध्ययन सामग्री प्राप्त गर्न सक्छन् ।
विद्यार्थीले हरेक सेमेस्टरको १५ हजार रुपैयाँ शुल्क बुझाउनु पर्दछ । पहिलो पटक लागू भएको खुल्ला सिकाइ पद्धतिमा देशभरिमा करिब १ सय ३० जना विद्यार्थी भर्ना भएका छन् । पठनपाठनका निम्ति ७२ जना शिक्षकलाई तालिम दिइएका छन् । त्यसनिम्ति फिनल्याण्डको एक विश्वविद्यालयले सहयोग गरेको डिन श्रेष्ठले जनाएका छन् ।
Source: http://www.ekantipur.com/np/2070/12/18/full-story/386651

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...