Skip to main content

पाठ्यपुस्तकमा कमिसनको बार्गेनिङ


काठमाडौ, १६ चैत । प्रकाशक र वितरकबीच कमिसनको बार्गेनिङ नमिल्दा यस वर्ष पनि समयमै, सबैतिर पाठ्यपुस्तक उपलब्ध नहुने भएको छ।
शैक्षिक सत्र सुरु हुन १४ दिनमात्र बाँकी रहँदा छापिएका पुस्तक जनक शिक्षाका क्षेत्रीय कार्यालयमा थन्किएको छ।
यही वर्षबाट पाठ्यपुस्तक वितरणको जिम्मा पाएको पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले भने चित्तबुझ्दो कमिसन नदिएको भन्दै बिक्रीवितरण ठप्प पारेको छ।
यसअघि साझा प्रकाशनले पाएसरह कमिसन पाउनुपर्ने माग गर्दै महासंघले आफू सम्बद्ध बिक्रेतालाई केन्द्रको डिपोबाट पुस्तक नउठाउन सर्कुलर जारी गरेको खबर नागरिक दैनिकमा रुवी रौनियारले लेखेकी छन्।
महासंघमा दर्ता नभएका संस्थालाई समेत केन्द्रले पाठ्यपुस्तक बिक्री गर्न दिएको महासंघको आरोप छ।
जनक शिक्षा बोर्डले उत्पादित पाठ्यपुस्तक बिक्रीवितरणका लागि चैत १४ देखि बिक्रेतालाई सूचीकृत हुन आवेदन मागेको थियो। लगत्तै उसले केन्द्रसँग कमिसनको बार्गेनिङ थालेको हो।
केन्द्रले भने बिक्रेताले अन्तिम समयमा बार्गेनिङ गरेको आरोप लगाउँदै माग पूरा गर्न नसकिने अडान लिएको छ।
महासंघ अध्यक्ष रघुनाथ महर्जनले सुगमका लागि बिक्रेता कमिसन १५ प्रतिशत दिनुपर्ने, बिक्रेताले आफ्नै फर्मको बिल प्रयोग गर्न पाउनुपर्ने र पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले सिफारिस गरेको बिक्रेता सदस्यलाई मात्र बिक्रीवितरण गर्न पाउनुपर्ने माग राखेको जानकारी दिए। 
उनका अनुसार साझा प्रकाशनले यसअघि पाउँदै आएको कमिसनमा महासंघको दाबी हो।
महासंघले शुक्रबार आफ्ना सदस्य बिक्रेतालाई जनकमा सूचीकृत नहुन र जनकको डिपोबाट पुस्तक नउठाउन सर्कुलर जारी गरेको उनले जानकारी दिए। 
‘१२ महिना विद्यार्थीका लागि हामी काम गर्ने, कमाउने बेला गैरव्यापारी प्रवेश गराउने? यो हामीलाई मान्य हुँदैन,' अध्यक्ष महर्जनले केन्द्रसँगको असहमति स्पष्ट गर्दै भने। 
महासंघको सिफारिस भएका बिक्रेतालाई मात्र बिक्रीवितरणको जिम्मेवारी नदिए जनकको कुनै पनि डिपोबाट पुस्तक नउठाउने र उठाउन पनि नदिने चेतावनी पनि उनले दिए।
जनकले सुगमका लागि साझा प्रकाशनलाई १९.२५ वितरक प्रतिशत कमिसन दिँदै आएकै आधारमा यसपटक जनकबाट सिधै किताब उठाउने महासंघ सम्बद्ध बिक्रेतालाई कम्तीमा १५ प्रतिशत कमिसन दिनुपर्ने महर्जनको भनाइ छ। 
केन्द्रका निर्देशक कपिलदेव पोखरेलले बोर्डले गरेको निर्णयअनुसार अघि बढ्ने जानकारी दिए। ‘पुस्तक तथा स्टेसनरी व्यवसायीले विगतदेखि नै साझासँग सोही कमिसनमा पुस्तक ढुवानी गर्ने र जनकसँग नगर्ने कुरा उचित होइन,' उनले भने, ‘अन्तिम समयमा पुस्तक बिक्रेताले जनकलाई ट्र्यापमा पार्न खोज्नु सिन्डिकेट लाद्न खोज्नु हो।'
महर्जनका अनुसार ७० जिल्लामा महासंघ सम्बद्ध ९ हजारभन्दा बढी पुस्तकबिक्रेता एजेन्ट छन्। सम्बन्धित जिल्लामा सोही जिल्लाको बिक्रेताले किताब बिक्री गर्न पाउनुपर्ने, अन्यले हस्तक्षेप गर्न नपाउनेसमेत उनको ठहर छ। उनले स्टेसनरी बिक्रेतासँग प्यान नम्बरसहित आफ्नै कर बिल भएकाले विद्यालयमा बिक्री गरिएको पुस्तकको बिल आफ्नै नाममा काट्न पाउनुपर्ने माग राखे। 
केन्द्रको बोर्डले पाठ्यपुस्तक तथा शैक्षिक सामाग्री बिक्री वितरण निर्देशिका, २०७० समेत पास गरेको छ। सोहीअनुसार बिक्रेतालाई प्यान नम्बर, जिल्ला शिक्षा कार्यालयको सिफारिसमा दर्ताशुल्क ५ सय दस्तुर तिरेर वितरणको सूचीमा दर्ता गर्ने प्रावधान गरेको छ। साथै, वितरणका लागि सूचीकृत हुने बिक्रेताले जनककै बिल प्रयोग गर्नुपर्ने अनिवार्य व्यवस्था छ। ढुवानी कमिसन नौ प्रतिशत तोकेको छ। 
पोखरेलले समयमै पुस्तक पुर्यागउन सबैतीरबाट दवाव आइरहेका बेला महासंघले अनावश्यक बखेडा झिकेर विद्यार्थीको भविष्य माथि खेलवाड गरिरहेको बताए। ‘हामीले कुनै पनि हालतमा वोर्डको निर्णय फेरबदल गर्न सक्दैनौ', उनले भने। 
पोखरेलका अनुसार केन्द्रले विद्यार्थीको हातमा समयमै पुस्तक पुर्याैउन शुक्रबारदेखि नै बिक्रेताका लागि पुस्तक डिपोबाट उठाउन आवेदन आह्वान गरेको हो। शैक्षिक सत्र सुरु हुन दुई साता मात्र बाँकी रहेकाले यस वर्ष निकै ढिला भएकाले जनकले विद्यालयमा पुस्तक छिटो पुर्याुउन सिधै बिक्रेतामा गएको उनको दाबी छ। 
जिल्ला शिक्षा कार्यालयको सिफारिस र प्यान नम्बर भएको बिक्रेतालाई सशुल्क दर्ता गरेर बिक्रीवितरण गर्न दिने व्यवस्था गरेको जानकारी दिए।

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव