Skip to main content

शिक्षा मन्त्रालयले ४२ जिल्लाका सामुदायिक विद्यालय व्यवस्थापन गर्ने


काठमाडौं,१६ चैत  । स्थानीय जनसंख्या घटबढ र विद्यालय सञ्चालनको अवस्थाका आधारमा शिक्षा मन्त्रालयले ४२ जिल्लाका सामुदायिक विद्यालय व्यवस्थापन गर्ने भएको छ ।
मन्त्रालयका अनुसार सञ्चालनमा रहेका विद्यालयमा कतै विद्यार्थी अभाव र कतै शिक्षक अभाव भएका कारण विद्यालय व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।
केन्द्रीय तथ्यांक विभागका अनुसार २७ हिमाली तथा पहाडी जिल्लाको जनसंख्या १० वर्षअघिको तुलनामा घटेको छ । 
त्यसको असर विद्यालय सञ्चालनमा समेत देखिएको छ । १० वर्षअघि सञ्चालनमा आएका कतिपय विद्यालयमा अहिले विद्यार्थी अभाव छ । खास गरेर पहाडी र हिमाली जिल्लामा बसाइँ–सराइका कारण विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छ । मुलुकको जनसंख्या १० वर्षमा ३२ लाख बढे पनि जनसंख्याको व्यवस्थापन उचित नभएको तथ्यांक विभागले जानकारी गराएको छ ।
शिक्षा विभागले त्यसको असर राज्यको वितरण प्रणलीमा समेत पर्न सक्ने जानकारी गराउँदैे आएको छ ।
राजधानीसहित सहरीकरण बढी भएका जिल्लामा निजी विद्यालयको चापले गर्दा सामुदायिक विद्यालय सञ्चालनको अवस्था दयनीय बन्दै गएको छ । ३० विद्यार्थी अनुपातमा १ शिक्षक उपलब्ध हुनुपर्ने मान्यता भए पनि अहिले कतिपय विद्यालयमा विद्यार्थी उपस्थिति न्यून छ । 
यही तथ्यका आधारमा सरकारको आर्थिक व्ययभार कम गर्न विद्यालय व्यवस्थापन गर्नुपर्ने अवस्था आएको हो ।
पछिल्लोपटक शिक्षा मन्त्रालयले विद्यालय समायोजन (मर्ज) निती बनाएर विद्यालय व्यवस्थापन गर्न लागेको छ । मन्त्रालयका सहप्रवक्ता रोजनाथ पाण्डेले जिल्ला–जिल्लाबाट विद्यालय सञ्चालन र विद्यार्थीको अवस्थाबारे तथ्यांकगत जानकारी संकलन गर्ने काम भइरहेको जानकारी गराए । 
“४२ जिल्लामा विद्यालय व्यवस्थापन गर्ने तयारी भइरहेको छ,” उनले भने । जिल्लास्थित शिक्षा कार्यालयबाट आएको तथ्यांकका आधारमा विद्यालय व्यवस्थापन गरिने उनले बताए । सरकारी तथ्यांकअनुसार कुल सामुदायिक विद्यालयको संख्या ३३ हजार १ सय ६० छ । 
सामुदायिक विद्यालयमा विद्यार्थीको घट्दो उपस्थितिका आधारमा व्यवस्थापन गरिए १ हजारभन्दा धेरै विद्यालय मर्ज हुन सक्ने सम्भावना छ । मन्त्रालयका अनुसार जिल्लाको रिपोर्टले पनि केही जिल्लामा विद्यार्थी संख्या ह्वात्तै घटेको देखाएको छ । जिल्लाबाट आएको रिपोर्टअनुसार बाग्लुङ, पर्वत, अर्घाखाँचीलगायत जिल्लामा विद्यार्थी संख्या कम देखिएको छ । यही तथ्यलाई आधार मानेर मन्त्रालयले विद्यालय ‘मर्ज’ गर्ने नीति अघिल्लो वर्ष नै ल्याएको हो । 
तर, यो नीति अझै कार्यान्वयनमा आएको छैन । केन्द्रीय तथ्यांक विभागका अनुसार स्याङ्जा, खोटाङ, भोजपुर, सिन्धुपाल्चोक, दोलखा, गोरखा, गुल्मी, तेह्रथुम, पर्वत, नुवाकोट, अर्घाखाँची, पाँचथर, रामेछाप, लमजुङ, ओखलढुंगा, पाल्पा, ताप्लेजुङ, काभ्रे, धनकुटा, मनाङ, धादिङ, सोलुखुम्बु, मुस्ताङ, रसुवा, म्याग्दी, संखुवासभा, र बाग्लुङमा जनसंख्या १ दशकअघिको तुलनामा घटेको छ । यी जिल्लामा जनसंख्या घटेको तथ्यांक भए पनि अन्य जिल्लामा वृद्धि भएको छ । काठमाडौं, ललितपुर, रुपन्देही, कैलाली, रौतहट, सुनसरी, सर्लाही, ललितपुर, बारा, झापा र मोरङ जनसंख्या उल्लेख्य वृद्धि भएका जिल्ला हुन् । घटेका २७ सहित वृद्धि भएका १५ जिल्लामा शिक्षा मन्त्रालयले विद्यालय व्यवस्थापन गर्नुपर्नेछ । विद्यार्थी तथ्यांकका आधारमा विद्यालय व्यवस्थापन गरिए शिक्षा मन्त्रालयको बढ्दो आर्थिक व्ययभारसमेत कम हुन सक्ने सम्भावना छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...