Skip to main content

सफलताका लागि पुस्तकालय




बाबुराम दाहाल, ‘पुस्तकालय भनेको जीवनलाई आफूले चाहेको दिशातर्फ परिवर्तन गर्ने स्थान पो रहेछ, यो कुरा ४० वर्षअघि मात्र थाहा पाएको भए म नेपालको परिचित व्यक्ति बन्ने रहेछु । ’ लाजिम्पाटको खुर्सानीटारमा बस्दै आएका ६० वर्षे नारायण ढुंगाना भन्छन्,– ‘‘उमेर होउन्जेल अहिले खाएपछि भरे के खाने भन्ने चिन्ताले अन्यत्र ध्यान दिन सकिएन, अब त उमेरले छाड्दै गयो, काम गर्न सकिंदैन ।  सामान्य अक्षर चिनेको हुनाले समय बिताउने एउटा राम्रो स्थान पाएको छु । ’’ उनी प्रत्येक दिन पुस्तकालय आउँछन् र आफूलाई मन लागेका कुरा पढेर बस्छन् ।  भन्छन्, ‘अहिले त एक दिन पुस्तकालय आउन सकिएन भने अलिनो खाना खाएको दिनजस्तै हुन्छ । ’ 
हो, वास्तवमा पुस्तकालयलाई ज्ञानको भण्डार, सरस्वतीको घर, सफल जीवनको आधार, बुद्धिको केन्द्र, विश्वविद्यालयको मुटु, विचार जन्माउने स्थान, शान्तिक्षेत्र आदि थुप्रै वाक्यले पुकारिने गरिन्छ ।  सबै वर्ग, पेशा जात–जाति आदिका लागि आवश्यक ज्ञान एवं सूचना संकलन केन्द्र हो, पुस्तकालय ।  सभ्य, शिक्षित एवं सफल व्यक्ति, समाज अनि सम्पन्न राष्ट्र निर्माणमा महŒवपूर्ण भूमिका रहेको हुन्छ, पुस्तकालयको ।  
विश्वमा जति पनि विकसित देश छन्, ती देशमा समयसुहाउँदो सुविधासम्पन्न पुस्तकालय छन् ।  जहाँ पुस्तकालयलाई महŒवपूर्ण संस्थाको रूपमा लिइन्छ ।  फुर्सदको समयमा पुस्तकालय गएर पढ्ने संस्कार प्राथमिकतामा पर्छ ।  भनिन्छ, पुस्तकालयलाई सीमित बजेटको दायरामा राख्नुहुन्न ।  किनकि, पुस्तकालयलाई देश र जनताको आवश्यकता अनुसार विस्तार गरिरहनुपर्ने हुन्छ ।  पुस्तकालयको प्रमुख उद्देश्य नै ज्ञान एवं सूचना आम पाठकलाई सहज तरिकाले उपलब्ध गराउनु रहेको हुन्छ ।  
नेपालको सन्दर्भमा कुरा गर्दा यहाँको शिक्षा नीति नै समयसुहाउँदो छैन, यसलाई परिमार्जन गर्नु आवश्यक छ ।  शैक्षिक संस्थाहरूले पुस्तकालयको नाम मात्र लिने गरेको पाइन्छ तर उपयुक्त पुस्तकालयको विस्तारमा खासै चासो राखेको देखिंदैन ।  शिक्षालाई पूर्ण एवं व्यावहारिक बनाउने कार्य पुस्तकालयले मात्र गर्छ तर नेपालमा न सुविधासम्पन्न पुस्तकालय स्थापना भएका छन् न त पुस्तकालयको उपयोग गर्ने संस्कार नै विकास भएको छ ।  यदि नेपालको शिक्षालाई व्यावहारिक बनाउने हो भने सम्बन्धित निकायले समयसुहाउँदो पुस्तकालयको संरचना र विस्तारको अवधारणा निर्माण गर्नुपर्छ ।  यसका साथै हरेक शैक्षिक संस्थाले आफ्नो संस्थामा सुविधासम्पन्न पुस्तकालयको विस्तार गरी विद्यार्थीमा पठन संस्कृतिको विकास गर्नुपर्छ ।  विश्वमा जति पनि सफल र प्रसिद्ध व्यक्ति बनेका छन्, उनीहरूले जीवनको धेरै समय पुस्तकालयमा बिताएका छन् ।  व्यावहारिक ज्ञानबिना सफल जीवनको कल्पना गर्न नसकिने हुँदा उक्त ज्ञान पुस्तकालयबाट मात्र प्राप्त गर्न सकिन्छ ।  सबै उमेर, जात, धर्म, पेशा, संस्कार भएका व्यक्तिलाई एकै थलोमा भेट्न सकिने स्थान हो, पुस्तकालय ।  पुस्तकालयको प्रयोगले जस्तोसुकै व्यक्ति पनि सज्जन, ज्ञानी एवं सफल व्यक्ति बन्न सक्छ ।  
सम्बन्धित विषयको ज्ञान एवं सूचना आवश्यक परे तापनि विभिन्न पेशामा आबद्ध व्यक्ति पुस्तकालयसम्बन्धी ज्ञानको कमीले त्यसै छटपटाएर बसेको पाइन्छ ।  कतिपय व्यक्तिले पुस्तकालयमा पुगेर पनि आफ्नो समस्या व्यक्त गर्न नसकिरहेको पाइन्छ ।  पुस्तकालयकर्मी पाठककै सेवाका लागि बसेका हुन्छन् ।  आफूले चाहेको पाठ्यसामग्रीका बारेमा स्पष्ट रूपमा व्यक्त गरेमा पुस्तकालय कर्मीबाट शतप्रतिशत समाधान हुन्छ ।  अतः पाठकले पुस्तकालयसम्बन्धी आधारभूत ज्ञान प्राप्त गर्नु आवश्यक हुन्छ । पुस्तकालय भन्ने बित्तिकै त्यहाँ सबै ज्ञान र सूचना प्राप्त गर्न सकिंदैन ।  कस्तो पाठ्यसामग्री कस्तो पुस्तकालयमा हुन्छ भन्ने सामान्य जानकारी पाठकमा हुनु आवश्यक छ । ताकि, आफूले खोजेको पाठ्यसामग्री प्राप्त गर्ने सिलसिलामा समयको बर्बादी एवं शारीरिक झन्झट नहोस् । 
विशेषगरी पुस्तकालयलाई राष्ट्रिय, सार्वजनिक, शैक्षिक, विशिष्ट र निजी पुस्तकालयको रूपमा वर्गीकरण गरेको पाइन्छ । कुनै पनि राष्ट्रको विकासका लागि त्यहाँको चाहना र आवश्यकताअनुसार राष्ट्रमा प्रकाशित ज्ञान–विज्ञानका सामग्री संकलन गरी पुस्तकालय सेवा प्रदान गर्न एवं अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो देशको पुस्तकालय सेवाको प्रतिनिधित्व गर्न राष्ट्रिय पुस्तकालयको भूमिका अग्रस्थानमा रहेको हुन्छ । 
 सबै वर्ग, क्षेत्र, पेशा, समुदायका पाठकले चाहेको पाठ्यसामग्री प्राप्त हुने पुस्तकालयलाई सार्वजनिक÷सामुदायिक पुस्तकालय भनेर चिनिन्छ ।  उदाहरणका रूपमा केसर पुस्तकालय (केसरमहल काठमाडौं), डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय (लाजिम्पाट, काठमाडौं), काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय (भृकुटीमण्डप) आदि यस्ता पुस्तकालय हुन् ।  
यसैगरी, शिक्षण संस्थाले आफूलाई आवश्यक पाठ्यपुस्तक संकलन गरी सञ्चालन गरेका पुस्तकालयलाई शैक्षिक संस्थाका पुस्तकालय भनिन्छ ।  हाल नेपालमा शैक्षिक संस्थाको सबैभन्दा ठूलो पुस्तकालयको रूपमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय (कीर्तिपुर) रहेको छ ।  यस्तै कुनै निश्चित विषय वा क्षेत्रलाई लक्षित गरी सञ्चालन गरिएका पुस्तकालयलाई विशिष्ट पुस्तकालय भनिन्छ ।  उदाहरणको रूपमा जमलस्थित कानून पुस्तकालयलाई लिन सकिन्छ ।  यस्तै कुनै व्यक्ति विशेषले स्वइच्छाले पाठ्यसामग्री संकलन गरी स्थापना गरेको पुस्तकालयलाई निजी पुस्तकालय भनिन्छ । यस्ता पुस्तकालय व्यक्तिको इच्छाअनुसार चलेका हुन्छन् ।  नेपाली भाषामा प्रकाशित प्रायः सबै पाठ्यपुस्तक मदन पुरस्कार पुस्तकालय (पाटनढोका, ललितपुर) मा प्राप्त गर्न सकिन्छ । धेरै पुराना हस्तलिखित, दुर्लभ ग्रन्थ, अभिलेख एवं पुराताŒिवक वस्तुको संग्रह रामशाहपथस्थित नेपाल राष्ट्रिय अभिलेखालयमा प्राप्त गर्न सकिन्छ । 
आजको समय भनेको सूचना प्रविधिको हो, यसले समाजमा धेरै परिवर्तन ल्याएको छ ।  मोबाइल, ल्यापटप प्रायः धेरैको प्रिय मित्र बनिरहेका छन् ।  यो अवस्थामा पुस्तकालयलाई पनि समयसुहाउँदो रूपमा परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।  परम्परागत पुस्तकालयका साथै आधुनिक पुस्तकालयको विस्तार अहिलेको प्रमुख विषय बनेको छ ।  विशेषगरी, विद्युतीय पुस्तकालय (इ–लाइब्रेरी) अहिलेको अनिवार्य आवश्यकता भइसकेको हुँदा अब सबैको इच्छा पूरा गर्ने पुस्तकालय भनेको विद्युतीय पुस्तकालय नै हुनेछ ।  
पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विभिन्न स्थानका हस्तलिखित ग्रन्थ हनुमानढोकामा संग्रह गरेका र यही संग्रहलाई राजा गीर्वाणयुद्ध विक्रम शाहले वि.सं. १८६९ भदौ १५ गते (सन् १८१२ अगस्ट २८) ‘पुस्तक चिताई तहबिल’ भनी लालमोहर जारी गरे ।  यसैलाई औपचारिक रूपमा नेपालमा पुस्तकालयको शुरुआत भएको मानिन्छ ।  स्थापनाको २०० वर्षको अवस्थामा आइपुग्दा बल्ल सरकारको तर्फबाट पुस्तकालयसम्बन्धी नीति–२०६४ र निर्देशिका–२०६९ बनेको छ तर अहिलेसम्म पुस्तकालयको कानून बनेको छैन ।  यसो हुनुमा खासगरी सम्बन्धित निकायको जिम्मवार पदमा आसीन व्यक्तिमा नै पुस्तकालयसम्बन्धी ज्ञान र चासो कमी रहेको देखिन्छ, जसले गर्दा अहिलेसम्म नेपालमा पुस्तकालयको महŒव जनमानसमा पुग्न सकेको छैन ।  अब सरकारका तर्फबाट एकछिन पनि ढिला नगरी सम्बन्धित क्षेत्रका विज्ञहरूको सहकार्यबाट पुस्तकालयको विस्तारलाई अगाडि बढाउनुपर्ने जरुरी भइसकेको छ ।   
पुस्तकालयको विकास र विस्तारमा पुस्तकालयसँग सम्बन्धित निकाय, संघ÷संस्था, र पुस्तकालयकर्मीले आ–आफ्नो तर्फबाट उल्लेखनीय भूमिका खेल्नुपर्ने देखिन्छ ।  गुणस्तरीय शिक्षा र शिक्षित एवं सफल समाजका लागि पुस्तकालयको भूमिका महŒवपूर्ण हुनुका साथै समग्र राष्ट्रको विकासमा पुस्तकालय सहयोगी मात्र नभई पथ–प्रदर्शकको रूपमा समेत रहेको हुन्छ ।  अतः अब बन्ने नेपालको संविधानमा सुविधासम्पन्न पुस्तकालयको अवधारणालाई सम्बोधन गरिनुपर्छ ।  पुस्तकालय सबैको साझा एवं शान्ति क्षेत्रका साथै सफल जीवनको मुटु हो ।  आजैबाट समयको सदुपयोग गरी पढ्ने संस्कारको विकास गरौं, सफल व्यक्ति बनौं ।  

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...