Skip to main content

सर्वोच्चको आदेश विपरीत शुल्कवृद्धि


१६ जेठ , काठमाडौं । निजी विद्यालयले शिक्षा मन्त्रालयकै कर्मचारीको मिलेमतोमा सर्वोच्चको आदेश विपरीत शुल्कवृद्धि गरेको रहस्य खुलेको छ।
शिक्षा विभागले निजी विद्यालयको अनुगमन र व्यवस्थापन गर्न गठन गरेको उच्चस्तरीय समितिले एक सातादेखि गरिरहेको अनुगमनले नै निजी विद्यालयको शुल्कवृद्धिमा स्रोत व्यक्ति र विद्यालय निरीक्षकको हात रहेको देखाएको छ।

शिक्षा विभागका उपनिर्देशक बलबहादुर कार्कीको संयोजकत्वमा काठमाडौंको पाठशाला नेपाल, चेल्सी, युरो किड्स इन्टरनेसनल, काव्य, रोजबर्ड र भक्तपुरको राजश्री गुरुकुलमा अनुगमन गरेको थियो। अनुगमनमा विद्यार्थी संगठन, अभिभावक संघ, शिक्षक संघ, प्याब्सन,एनप्याबसन लगायतका प्रतिनिधि सहभागी थिए। 

उच्चस्तरीय समितिले बुधबारसम्म भक्तपुर र काठमाडौंको ६ निजी विद्यालयको भर्ना शुल्क, शिक्षण शुल्कको अवस्था, स्कुलले प्रदान गर्ने छात्रवृत्तिको व्यवस्थापन, पाठ्यपुस्तक तथा स्कुल पोसाक स्कुल हाताभित्रबाट बिक्रीवितरण भए नभएको तथा संस्थागत विद्यालय मापदण्ड तथा व्यवस्थापन निर्देशिका लागू भए नभएको आधारमा अनुगमन गरेको थियो।

विभागका उपनिर्देशक कार्कीले ६ वटै स्कुलबारे विभागमा शुल्कवृद्धि गरेको उजुरीका आधारमा अनुगमन गरिएको जनाए। उनले अनुगमनमा जाँदा यी स्कुलले नियमविपरीत अत्यधिक रुपमै भर्ना शुल्क बढी लिएको पाइएको जनाए।
शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन समितिमा स्रोत व्यक्ति वा विद्यालय निरीक्षक प्रतिनिधि हुन्छ। निजी विद्यालयले शुल्क प्रस्ताव गर्दा सरकारी प्रतिनिधि स्रोत व्यक्ति र विद्यालय निरीक्षकको हस्ताक्षर गराएर शुल्कवृद्धि गरिएको अनुगमनमा पाइएको उनले जनाए। ‘हामी अनुगमनमा गएका धेरैजसो विद्यालयमा विद्यालय निरीक्षक र स्रोत व्यक्तिकै शुल्क वृद्धि प्रस्तावमा हस्ताक्षर गरिएको पाइयो,' उपनिर्देशक कार्कीले भने, ‘थप चार स्कुलबारे विभागमा उजुरी परेको छ। 
आइतबारसम्म सबै अनुगमन सकिन्छ।' दोषीको प्रकृति हेरी विद्यालय खारेजीसम्मको सिफारिससहित समितिले विभागमा केन्द्रीय शुल्क अनुगमन समितिमा प्रतिवेदन बुझाउने उनले जनाए।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...