Skip to main content

सोलुखुम्बुको दुई विद्यालयमा विद्यार्थीको संख्या शुन्य


सल्लेरी, जेठ १४ गते । सोलुखुम्बुको माथिल्लो हिमाली क्षेत्र खुम्बु क्षेत्रका विद्यालय अनुगमणका क्रममा जिल्ला शिक्षा अधिकारी संकर कार्कीले २ वटा विद्यालयमा विद्यार्थी संख्या शुन्य रहेको भेटाउनु भएको छ । 
     खुम्बु क्षेत्रमा रहेका चौरीखर्क, नाम्चे र खुम्जुङ गाविसमा रहेका विद्यालयहरुको अनुगमण निरिक्षणका क्रममा चौरीखर्क गाविसको कर्म जनसेवा प्राथमिक विद्यालय स्याङमा र नाम्चे गाविसमा रहेको नाम्चे प्राथमिक विद्यालय ठमोमा विद्यार्थी संख्या शुन्य भेटिएको जिशिअ शंकर कार्कीले बताउनु भयो । 
     जिशिअ कार्कीका अनुसार एक जना शिक्षकको दरबन्दी रहेको कर्म जनसेवा प्रावि चौरीखर्कका शिक्षक बिरामी बिदामा रहेको कारण त्यहाँका सबै विद्यार्थी छिमेकी विद्यालयमा भर्ना भएको र २ जना शिक्षकको दरबन्दी रहेको नाम्चे प्रावि ठमोमा रहेका एक जना विद्यार्थीले मात्र अध्ययन गर्दै आएको भएपनि पछिल्लो समयमा नजिकैको थामे निमाविमा पढ्न गएपछि विद्यार्थी संख्या शुन्य भएको हो । 
     दुईवटै विद्यालय क्षेत्रका अभिभावक र सरोकारवालाहरुसँग छलफल गरी जिशिअ कार्कीले ति दुईवटा विद्यालय तत्कालका लागि बन्द गर्ने बताउनु भएको छ । जिशिअ कार्की आफु कार्यालयमा फर्केपछि आवश्यक प्रक्रिया पुरा गरी ति दुईवटै विद्यालयका शिक्षकलाई अन्यत्र काजमा पठाउने र त्यो क्षेत्रको विद्यालय सञ्चालनको आवश्यकता बोध नहुञ्जेलका लागि विद्यालय बन्द गर्ने बताउनुभयो । 
     स्थानीय अगुवा तथा त्यहाँ रहेका संघसंस्थाहरुसग भएको छलफलपछि नाम्चे प्रावि ठमोको चल अचल सम्पति संरक्षण र संबद्र्धनको जिम्मा ठमु सगरमाथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समुहलाई दिने समेत निर्णय भएकोछ । 
जिशिअ कार्कीले विद्यार्थी संख्या शुन्य रहेको अवस्थामा विद्यालय सञ्चालनको आवश्यकता नभएको भन्दै कार्यालयमा फर्कनसाथ यसबारे निर्णय गर्ने बताउनुभयो । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...