Skip to main content

परीक्षा फारममा मनपरी, नियम विपरीत विइको परीक्षा लिदै

असार १२, काठमाडौं । इन्जिनियररिङ अध्ययन संस्थानले आफ्नो नियामक निकाय त्रिभुवन विश्वविद्यालय लाई कुनै हिसाब किताब नै नदिएर वर्षिक करिब १ करोड ८० लाख रुपिया मनपरी गर्ने गरेको छ । कानुन विपरीत स्नातक तह अन्तर्गत विइ, विआर्कको भर्ना लिदा प्रवेश परीक्षा वापत प्रतिव्यक्ती १ हजार ५ सय रुपिया लिने गरेको छ । एक शैक्षिक सत्रमा करिब १२ हजार विद्यार्थीले प्रवेश परीक्षा फारमा भर्दा करिब १ करोड ८० लाख रुपिया संकलन हुने गरेको छ । सर्वोच्च अदालतले विद्यालयदेखि प्लस टु तहसम्मका विद्याथीसंग प्रवेश परीक्षा वापत १ सय २५ रुपिया शुल्क लिन आदेश दिएतापनि इन्जिनीयरिङ अध्ययन संस्थानले १ हजार ५ सय रुपिया लिदा समेत कुनै वास्ता गरेको छैन । इन्जिनियरिङ अध्ययन संस्थान सहायक डीन एवं प्रवेश परीक्षा समितिका प्रमुख रामचन्द्र सापकोटाले परीक्षा संचालन खर्च वापत सो रकम लिने गरेको बताउनुभयो । उहाले भन्नुभयो–विद्यार्थी संग उठाएको रकम सबै परीक्षामा खर्च हुने गरेको छ । उहाले दुई पटक सम्म परीक्षा लिदा उक्त रकम खर्च हुनु स्वभाविक रहेको बताउृदै भभन्नुभयो– करिब एक सातासम्म कम्प्युटराइजड प्रविधीबाट प्रवशे परीक्षा संचालन गर्दा खर्च बढी हुनु स्वभाविक हो । उहाले प्रवेश परीक्षामा सबै रकम खर्च हुने भएकोले त्रिविलाई खासै जानकारी दिने गरेको आफुलाई जानकारी नभएको बताउनुभयो । 

अध्ययन संस्थानले यो वर्षदेखि पहिलो चरणमा सूचना प्रविधिको आधारमा कम्प्यूटर परीक्षा प्रणालीको विधिबाट परीक्षा दिनुपर्ने र सो परीक्षामा उतिर्ण भएका विद्यार्थीले अर्कोे सुचना प्राप्त भएपछि दोस्रो चरणको परीक्षाको कार्यातालिका सार्वजनिक गर्ने भएको छ । बोर्डले पहिलो चरणको परीक्षा यही असार २५ गते संचालन गर्ने भएको छ । पहिलो चरणको परीक्षाको प्रश्नपत्र संख्या ६५ हुने बोर्डका प्रमुख सापकोटाले बताउनुभयो । बोर्डको परीक्षाको आवेदन फारा भर्ने मिति असार २२ र २३ गते रहेको छ । त्रिभुवनविश्वविद्यालयका कानुनी सल्लाहकार नारायण खनालले त्रिवि अन्तर्गत रहेका अध्ययन संस्थान, डीनको कार्यालय लगायत सबै निकायले आर्थिक नियम भन्दा बाहिर गएर खर्च गर्न नहुने बताउनुभयो । उहाले भन्नुभयो–आर्थिक् नियम बाहिर गएर खर्च गरे जुन संस्थानले खर्च गर्छ उसैको बेरुजु रहनेछ । संस्थानले स्वायत्तता दिएको नामा मनपरी गर्न थालेको त्रिविबका पदाधिकारीको आरोप छ । अध्ययन संस्थानको काम कारवाही स्वतन्त्रता हो तर आर्थिक कारोबार गर्दा त्रिवि कार्यकारी परिषदलाई जानकारी दिनुपर्छ । त्रिविले प्रवेश परीक्षाको खर्च विवरण इन्जिनियररिङ अध्ययन संस्थानले हालसम्म दिने नगरेको जनाएको छ । त्रिविका रजिष्टार प्राडा चन्द्रमणी पौडेलले प्रवेश परीक्षालाई पारदर्शी रुपमा संचालन गर्नुपर्ने बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले मात्रै नभै पोखरा र पुर्वाञ्चल विश्व्विद्यालयले समेत प्रवेश परीक्षा शुल्कको रकम पारदर्शी रुपमा खर्च गर्ने गरेका छैनन । यसैगरी अध्ययन संस्थानले प्लस टु उतिर्ण नभएका व्द्यिार्थिलाई सहभागिता गराएर प्रवेश परीक्षा लिने गरेको खुलेको छ । कक्षा १२ परीक्षा उतिर्ण भएपछि प्रमाणपत्र पेश गर्ने सर्तमा नियम विपरीत विद्यार्थीको पैवेश परीक्षा लिने गरेको छ । मंसिरदेखि नियमित पढाई हुने भएपनि संस्थानले भदौ भित्रै सम्पुर्ण प्रकृया पुरा गर्ने गरी गैर कानुनी रुपमा परीक्षा लिने गरेको खुुलेको छ । 

परीक्षा बोर्ड प्रमुख एवं सहायक डीन सापकोटाले सम्बन्धन प्राप्त आंगिक ४ र सम्बन्धन प्राप्त १० वटा कलेजलाई करिब ३ हजार ५ सय कोटा वितरण गर्नुपर्ने भएकोले पहिलानै प्रवेश परीक्षा संचालन गरेको जानकारी दिनुभयो । सबै निकायसंग लामो सल्लाहपछि कक्षा १२ उतिर्ण हुने व्द्यिार्थी लब्धाङपत्र पछि लिने शर्तमा सबैलाई प्रवेश परीक्षामा सहभागि गराउने निर्णय भएको बताउनुभयो । तर बोर्डले त्रिविलाई कक्षा १२ उतिर्ण नभै विइको कुनैपनि तहमा प्रवेश परीक्षा लिन अनुमति दिएको छैन । कानुनी सल्लाहकार खनालले विश्वविद्यालयको कुनैपनि तहको विद्यार्थि भर्नाको लागि न्युनतम योग्यता तोक्ने निणृय प्राज्ञिक परिषदलाई भएको अवस्थामा उतिर्णनै नभएका विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागि गरउने अधिकार कुनैपनि निकायलाई नभएको जिकीर गर्नुभयो । 

इन्जिनियरिङ अध्ययन संस्थानको यो निर्णयको विषयमा त्रिवि समेत चकित भएको छ । प्लस टु पास नगरेको विद्यार्थीलाई इन्जिनीयरिङको प्रवेश परीक्षामा सहभागि गराउने विषयमा त्रिवि एकेडेमीक काउन्सिलले कुनै निर्णय नगरेको कानुनी सल्लाहका खनालले बताउनुभयो । यस्तो इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा बोर्डले यस्तो अवस्थामा प्रवेश परीक्षा लिन लागेको हो भने यो त कानुन विपरीत हो, यस्तो काम तत्काल रोक्न्ुा पर्छ । बोर्डका प्रमुख सापकोटाले भने पहिलादेखिनै यस्तो व्यवस्था भएको जिकीर गर्नुभ्यो । उहाले प्रवेश परीक्षा दिएका विद्यार्थी यदी कक्षा १२ मा अनुतिर्ण भए बोर्डले तत्काल प्रवेश परीक्षा वापतको रकम फिर्ता दिन्छ । व्द्यिार्थी पास नभैकन प्रवेश परीक्षा लिएपछि आर्थिक चलखेल हुने स्रातले जनाएको छ । हाल संचालित आंगिक क्याम्पसमा केन्द्रिय क्याम्पस, थापाथली क्याम्पस, , पूर्वाञ्चल क्याम्पस धरान , पश्चिमाञ्चल क्याम्पस, पोखरा रहेका छन् । त्यस्तै सम्बन्धन क्याम्पसहरुमा कान्तिपुर ,काठमाण्डौ , हिमालय ,एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट ,नेशनल कलेज अफ इन्जिनियरिङ , काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट ,जनकपुर इन्जिनियरिङ कलेज ,ख्वप कलेज अफ इन्जिनियरिङ ,सगरमाथा इन्जिनियरिंग र ललितपुर इन्जिनियरिंग कलेज रहेका छन् । ती क्याम्पसहरुमा सिभिल, इलेक्ट्रिकल ,इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन , मेकानिकल , कम्प्युटर , एग्रिकल्चर , इण्डस्ट्रियल , जियोमेटिक्स इन्जिनियरिङ र आर्किटेक्चर गरी नौ वटा विषय अध्ययन हुने गरेको छ । 

संस्थानले बिइ इन्जिनीयरिङ अध्धयन गर्न त्रि.वि. वा यसबाट मान्यता प्राप्त शिक्षण–संस्थाबाट भौतिक शास्त्र, रसायन शास्त्र तथा २ सय पुर्णांकको गणित विषय लिई प्रविणता प्रमाणपत्र तह, उच्च माध्यमिक तह वा एलेभल वा इन्जिनियरिंग डिप्लोमा तह वा सो सरहको परीक्षामा कूल पूर्णाङ्कको कम्तिमा ४५ प्रतिशत अङक प्राप्त गरी उत्तीर्ण गरेको वा अन्तिम परीक्षामा सम्मिलित भएको वा इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको इन्जिनियरिङ डिप्लोमा तहका दोस्रो वर्ष सम्मका सवै पाठ्यांशहरू उत्तीर्ण गरी तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले पनि आवेदन दिई प्रवेश–परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...