Skip to main content

४४ शैक्षिक संस्था खारेज

सर्लाही, असार १२ - सञ्चालनमा नरहेका प्राथमिक विद्यालय, गुरुकुल र मदरसा गरी ४४ शैक्षिक संस्थालाई जिल्ला शिक्षा समितिको बुधबारको बैठकले खारेज गर्ने निर्णय गरेको छ । विद्यार्थी संख्या न्यून र आर्थिक अवस्था कमजोर भएकाले बन्द गर्न अनुरोध आएकालाई खारेज गरिएको हो ।  
समितिले १५ विद्यालयलाई नजिकको विद्यालयमा गाभ्ने निर्णय गरेको छ । विद्यालय दर्ता गरी कमाउने भाँडो बनेका शैक्षिक संस्था सुरुदेखि सञ्चालनमा नरहेको शिक्षा कार्यालयका कर्मचारी बताउँछन् । विद्यालय बन्द र गाभ्ने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी भरतबाबु सुवेदीले बताए । बन्द हुनेमा अधिकांश गुरुकुल छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरी सञ्चालनमा नरहेको विद्यालयलाई धमाधम कारबाही थालेपछि कार्यालयमा निवेदन परेको कर्मचारीले बताए । 'कमाउने भाँडोका रूपमा सुरुदेखि सञ्चालन नगरी अनुदान लिँदै आएका जति बन्द भएका हुन्', कार्यालय स्रोतले भन्यो, 'हाम्रो कारण डराएका होइनन् । अख्तियारले मुद्दा हाल्छ भनेर डरले बन्द गराउन आफैं निवदेन ल्याएका हुन् ।' अख्तियारले २०६५ यता दर्ता १ सय ७५ प्राथमिक विद्यालयमाथि छानबिन गर्दै छ ।
थप १ सय ४० छानबिनको दायरामा छन् । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, जिशिअ र निकासा तथा अनुगमन गर्ने जिम्मेवार सबै कर्मचारीसँग बयान लिएको छ । पहिलो चरणमा ०६५ यता यहाँ जिशिअका रूपमा कार्यरत ५ जनामाथि मुद्दा दर्ता भइसकेको छ । अख्तियारले सञ्चालनमा नरहेका विद्यालयलाई अनुदान दिने कर्मचारीलाई समेत कारबाही गरेपछि यसपटक हरेक काममा कर्मचारीले कडाइ गरेका छन् ।
सुवेदीले काम गर्न चुनौती धेरै भए पनि विद्यालय नचलाउनेलाई कडाइपूर्वक अनुगमन र कारबाही थालिएको बताए । 'सञ्चालनमा नरहेका विद्यालय बन्द गर्ने निर्णय भयो', उनले भने, 'विद्यालय गाभ्ने निर्णय पनि गर्‍यौं । शिक्षा क्षेत्रमा रहेका सबै किसिमका विसंगति रोक्न हामी जुटेका छौं ।' अख्तियारको छानबिन दायरामा परेका सबै विद्यालयको शिक्षाले अनुदान रोक्का गरेको छ । लेखा फाँटले प्रत्येक फाइल पूर्ण अध्ययन गरेर मात्र निकासा दिने गरेको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...