Skip to main content

त्रिविमा सबैभन्दा बढी विद्यार्थी

१३ साउन, काठमाडौं । मुलुकका विश्वविद्यालय र प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थीको संख्या करिब ७ लाख रहेको छ । ती मध्य सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको रहेको छ । ९ विश्वविद्यालय र ३ स्वाथ्य प्रतिष्ठानको विद्यार्थी संख्याको अनुपातमा त्रिविले ९० प्रतिशत विद्यार्थी संख्या ओगटेको छ । आर्थिक वर्ष ०६९–०७० मा ६ लाख ४ हजार ४ सय ३७ जना विद्यार्थी भिविमा भर्ना भएका छन् । सरकारी तथ्याङ अनुशार अन्य विश्वव्द्यिालय र प्रतिष्ठानमा ७३ हजार ६ सय १० जना अध्ययनरत रहेका छन् । सबै निकायमा गरी ६ लाख ७८ हजार ४७ जना विद्यार्थी छन् । त्रिभुवन विश्वव्द्यिालयका रजिष्टार पौडा चन्द्रमणी पौडेलले सबै विश्वविद्यालयको तुलनामा त्रिविमा ९० प्रतिशत बढी व्द्यिार्थी अध्ययन गरिरहेको बताउनुभयो । उहाले भन्नुभयो–अन्य विश्वविद्यालयको तुलनामा त्रिविको पढाइ गुणस्तर भएकै कारण अझैपनि त्रिविमा विद्यार्थीको संख्या बढेको दावी गर्नुभयो । 

त्रिविको व्यवस्थापन संकायमा सबै भन्दा बढी व्द्यिार्थी भर्ना हुने गरेका छन् । अन्य संकायको तुलनामा मानविकी, र शिक्षा संकायको स्तर खस्किएको छ । विश्वविद्यालयमा शैक्षिक र प्रशाशनीक सुधार गर्न सकै विद्यार्थी संख्या वृद्धी गर्न सकिने उहाको भनाई थियो । विश्वव्द्यिालयका अनुशार आव ०६८–०६९ मा कुल विद्यार्थी संख्या ३ लाख ७३ हजार ८ सय ४६ बाट ६२ प्रतिशत बढेको थियो ििवश्वव्द्यिालयका स्ववियुको निर्वाचन हुने भएपछि गत आवमा व्द्यिार्थी संख्या ह्वात्तै बढेको हो–रजिष्टार पा्रडेलले भन्नुभयो । अन्य विश्वव्द्यिालयको तुलनामा त्रिविमा व्द्यिार्थी बढेको उहाको धारणा थियो । 

त्रिवि अन्तर्गत हाल ६१ ऋांगिक र ९ सय ९१ सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । आगिंक क्इाम्पसहरुमा २ लाख ७३ हजार ३ सय ४९ र सम्बन्धन प्राप्त क्याम्पसमा ३ लाख ३१ ह्जार ८८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । भिविपछि सबै भन्दा बढी व्द्यिार्थी पुर्वाञ्चल विश्वविद्यालयमा अध्ययनरत छन । 

विश्वविद्यालयमा २५ हजार ७ सय २०जना विद्याथी अध्ययनरत छन् । पुर्वाञ्चल विश्व्विद्यालय अन्तर्गत ३ आगिंक र १ सय २१ सम्बन्धन प्राप्त क्इाम्पस रहेका छन् । सम्बन्धनमा २४ हजार ८ सय ६६ र आंगिक क्याम्पसमा ८ सय ५४ जना विद्यार्थी अध्ययनरत छन् । पोखरा विश्वविद्यालय अन्तर्गत ४ आगिंक र ४९ वटा सम्बन्धन प्राप्त क्याम्पसमा २५ हजार २ सय ८२ विद्यार्थी अध्ययनरत छन् । ती मध्य आंगिकमा १ हजार ७ सय ७४ र सम्बन्धन प्राप्तमा २३ हजार ५ सय ८ विद्यार्थी अध्ययनरत छन् । 

६ वटा आंगिक र १५ वटा सम्बन्धन प्राप्ीत क्याम्पस रहेको काठमाडौ विश्वविद्यालय अन्तर्गत १३ हजार ३ सय ३७ जना व्द्यिार्थी अध्ययनरत छन् । आगिकमा ५ हजार ५० र सम्बन्धन प्रात्त क्याम्पसमा ८ हजार २ सय ८७ जना विद्यार्थी अध्ययनरत छन् । १३ आंगिक र १० सम्बन्धन प्राप्त क्याम्पस रहेको नेपाल संस्कृत विश्वविद्यालयमा ४ हजार ३९ जना विद्यार्थी छन् । १ आगिंक र ५ वटा सम्बन्धन प्राप्त क्याम्पस भएको लुम्बिनी बोद्ध विश्वव्द्यिाल य अन्तर्गत १ सय १६ जना विद्यार्थी रहेका छन् । सो विश्वविद्यालय अन्तगर्तत सम्बन्धन प्राप्त क्याम्पसमा ०६८ सालदेखिनै एकजना पनि विद्यार्थी भर्ना भएका छैनन । आव ०७०–०७१ देखि भर्ना प्रकृया शुरु गरेको कुषी तथा बन विश्वविद्यालय अन्तर्गत १ सय ८०, सुदुरपश्चिमाञ्चलमा ९ सय ५१ र मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत २ हजार ४ सय ७२ जना विद्यार्थी अध्ययनरत रहेका छन् । तीनै विश्वविद्यालयको सम्बन्धनप्राप्त क्याम्पस छैन । त्यसैगरी विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा १ हजार १ सय ५५, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा २ सय ९८ र पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानमा ६० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । विश्व्विद्यालय अनुदान आयोगले सरकारलाई सो तथ्याङक बुझाएको थियो । 

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव