Skip to main content

अस्थायी शिक्षक नहटाइने

साउन १२ गते, काठमाडौं : स्थायी शिक्षक नियुक्त भए पनि सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई सेवाबाट नहटाइने भएको छ। शिक्षक संगठनका प्रतिनिधिको दबाबमा शिक्षा मन्त्रालयले यस्तो निर्णय गरेको हो। मन्त्रालयको निर्णयअनुसार स्थायी शिक्षक नियुक्तिपछि विस्थापित हुन लागेका अस्थायी शिक्षकलाई हाल पढाइरहेको भन्दा तल्लो तहमा झारेर पनि सेवालाई निरन्तरता दिइनेछ। शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण १२ हजार सात सय ४३ जनाले पदस्थापनाको मिति कुरिरहेका छन्।
नयाँ पदस्थापना हुनुअघि अस्थायी शिक्षकको सेवा सुनिश्चित हुनुपर्ने माग राख्दै अस्थायी शिक्षक सम्बद्ध संगठनहरू आन्दोलनमा थिए। आन्दोलनका कारण स्थायीमा नियुक्तिका लागि नाम निकालेको तीन महिना बितिसक्दा पनि शिक्षकको पदस्थापन रोकिएको थियो। मुलुकभर अहिले २५ हजारभन्दा बढी अस्थायी र ३८ हजारको हाराहारीमा राहत दरबन्दीका शिक्षक कार्यरत छन्। जसमध्ये अस्थायीमा कार्यरत दुई हजार दुई सय पाँचजना र राहत दरबन्दीका तीन हजार शिक्षकले स्थायीमा नाम निकालेका छन्।
अस्थायी शिक्षकको पक्षमा आन्दोलन गर्दै आएको नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष होमकुमार थापाले भने, 'स्थायीमा नियुक्ति पाएका शिक्षक हरूको पदस्थापन भएपछि खाली रहेका स्थानमा अस्थायीलाई राखिने भएको छ। अहिले माध्यमिक तहमा पढाइरहेका अस्थायी शिक्षकहरूले निम्न माध्यमिक वा प्राथमिक तहमा पनि पढाउनुपर्छ। सेवाबाट भने हटाइँदैन।'
आफू कार्यरतभन्दा तल्लो तहमा काम गर्नुपर्ने भएपछि अस्थायी शिक्षकहरू अहिले काम गरिरहेको भन्दा फरक स्कुलमा गएर पनि पढाउनुपर्ने हुनसक्छ। उनीहरूको सेवासुविधा पनि जुन तहमा पढाएको छ त्यहीअनुसार हुने नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौलाले बताए। यस्ता शिक्षकलाई जिल्ला शिक्षा समितिले सरुवा गर्छ। यसरी सरुवा हुँदा अहिले अस्थायी दरबन्दीमा पढाइरहेका शिक्षकले राहत कोटामा रहेर पनि पढाउनुपर्ने हुन्छ। निरौलाले भने, 'स्थायी शिक्षक आएपछि अस्थायी शिक्षक स्वत: हट्नुपर्ने हो। तर तत्कालका लागि सेवा छाड्न नपरोस् भनेर हामीहरूको अनुरोधमा मन्त्रालयले निर्णय गरेको हो।' स्थायीमा नाम निकालेका १२ हजार सात सय ४३ मध्ये माध्यमिक तहका दुई हजार एक सय ४६, निम्न माध्यमिक तहका दुई हजार ६ सय ७० र प्राथमिक तहका सात हजार नौ सय २७ जना छन्।
शिक्षा मन्त्रालयका सहसचिव डिल्ली रिमालले अस्थायीको हितका लागि यस्तो निर्णय गरिएको बताए। उनले भने, 'मन्त्रालयको निर्णयबारे जिल्लालाई पत्राचार गरिसकिएको छ। जिल्ला शिक्षा समितिमार्फत यस्ता शिक्षकको सरुवा र पदस्थापन हुनेछ।'
यसैबीच मञ्चले शिक्षा ऐन संशोधनका लागि सहयोग गर्न एमाओवादीलाई आग्रह गरेको छ। मञ्चले शनिबार माओवादीको शिक्षा विभाग प्रमुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएर यस्तो आग्रह गरेको हो।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...