Skip to main content

नयाँ शिक्षक कक्षामा जान थाले

१५ श्रावण, काठमाडौँ । सामुदायिक विद्यालयका विद्यार्थीहरुले एक दशकपछि खुला प्रतिस्पर्धाबाट छनोट भई योग्य ठहरिएका शिक्षकहरु पाउन थालेका छन् । हालसम्म धादिङ, ललितपुर, मनाङ, डोल्पा, दोलखा लगायतका जिल्लाले त्यस्ता शिक्षकलाई नियुक्तिपत्र दिइसकेको छ र कतिपय जिल्लाका शिक्षकहरु कक्षामा प्रवेश गरिसकेका छन् । दोलखाका जिल्ला शिक्षा अधिकारी दिपक शर्माले भन्नुभयो, “शिक्षक सेवा आयोगबाट सिफारिस भएका माध्यमिक र निम्न माध्यमिक तहका शिक्षकहरु कक्षाकोठामा पुगेर अध्यापन थालिसकेका छन् ।” यसअघि २०५२ सालमा लिइएको खुला प्रतिस्पर्धाको नतिजा प्रकाशित भई २०६० सालमा त्यस्ता शिक्षकलाई विद्यालयमा पठाइएको थियो । 

सामुदायिक विद्यालयका विद्यार्थीहरुले त्यस्ता शिक्षकहरु विहीबारबाट पाउने भएका छन् । आयोगले छनोट गरेका १२७ जना शिक्षकलाई ललितपुरको जिल्ला शिक्षा कार्यालयले वुधबार अभिमुखीकरण तालिम प्रदान गरेको छ । जिशिकाले उनीहरुलाई विहीबारदेखि नै विद्यालयमा हाजिर हुन निर्देशन दिएको छ । ललितपुरका जिल्ला शिक्षा अधिकारी शिवकुमार सापकोटाले भन्नुभयो, “उच्च प्रतिस्पर्धाबाट छानिएका यी शिक्षकहरुलाई विहीबारबाट नै सामुदायिक विद्यालयहरुमा देख्न सकिनेछ ।” अभिमुखीकरणमा सहभागी हुन आएका शिक्षकहरु निकै उत्साहित पनि देखिएका छन् । उनीहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्ने सामूहिक प्रतिवद्धता व्यक्त गर्नुका साथै आगामी वार्षिक परीक्षाको नतिजाले यस कुराको पुष्ट्याँइ गर्ने दावी गरे । 

माध्यमिक तहको अङ्ग्रेजी विषयका शिक्षक राधेश्याम ठाकुर यसअघि ललितपुरमा अस्थायी शिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो । यस पटकको परीक्षाबाट स्थायी हुने अवसर पाउनुभएका उहाँले विगतमा अस्थायी भएका कारण विद्यालय प्रशासनले जागिर खाइदेला कि भन्ने डरले गुणस्तर र पठनपाठन सुधारसम्बन्धी कुनै विधि प्रयोग गर्ने आँट नगरेको बताउनुभयो । “अब शैक्षिक सुधारका लागि नयाँ विधिहरु कार्यान्वयन गर्नेछु भनेर आत्मविश्वास बढेको छ” उहाँले भन्नुभयो । पाटन माविमा नियुक्ति पाउनुभएकी अनिता पौडेलका लागि सामुदायिक विद्यालयमा अध्यापन गर्ने पहिलो अनुभव हो । उहाँले आफू प्रतिवद्ध भएर अध्यापन गर्ने बताउँदै भन्नुभयो, “धेरै राम्रो काम गर्ने इच्छा छ, तर त्यसअघि सरकारले हामीलाई शिक्षणसम्बन्धी तालिम दिनुपर्दछ ।” ती शिक्षकहरुलाई प्रशिक्षण दिँदै ललितपुर जिशिअ सापकोटाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निकै खस्किएको बताउनुभयो । “छनोट भएका शिक्षकहरुबाट सामुदायिक विद्यालयको नतिजा सुधारको अपेक्षा गरिएको छ । विद्यार्थीप्रति जिम्मेवार हुनुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छौँ” उहाँले भन्नुभयो । 

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव