Skip to main content

विद्यालय बन्दका घटना कम हुँदै


काठमाडौँ,  साउन १३ गते । विद्यालय शान्ति क्षेत्रको निर्देशिका कार्यान्वयनमा आएपछि विद्यालय बन्दका घटना कम हुँदै गएको पाइएको छ । 
निर्देशिका आइसकेपछि विद्यार्थीको पठनपाठनमा असर पर्ने गरी विद्यालय बन्द गराएर माग पूरा गराउनुको सट्टा विद्यालय प्रशासन मात्र बन्द वा अन्य विकल्प प्रयोग गरिएको हुँदा बन्दका घटनामा कमी आएको हो । 
शिक्षा पत्रकार समूहले २०७० वैशाखदेखि ०७१ असारसम्म नागरिक दैनिक, गोरखापत्र, कान्तिपुरलगायत विभिन्न पत्रपत्रिकामा आएका समाचार अध्ययन÷विश्लेश्षणअनुसार सो अवधिभरि पठनपाठन प्रभावित हुने गरी जम्मा कुल १४५ मात्र घटना भएका छन् । विसं २०६८  जेठ ११ मा विद्यालय शान्ति क्षेत्र घोषणा भएसँगै सरकारले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका जारी गरेको थियो । 
अध्ययनअनुसार महिनाका आधारमा सबैभन्दा बढी नयाँ शैक्षिकसत्र सुरु हुने अवधि वैशाखदेखि असारसम्म बढी घटना भएको पाइन्छ । बन्दले प्रभावित हुने घटनामा १०९ सरकारी र २० निजी विद्यालय रहेका छन् ।  
    अध्ययनका क्रममा पठनपाठन प्रभावित हुने ४३ घटना विद्यार्थी सङ्गठनले गराएका छन् । तीमध्ये अखिल (क्रान्तिकारी)ले १२, अनेरास्ववियुले पाँच र चारवटा नेविसले घटना घटाएको शिक्षा पत्रकार समूहका उपाध्यक्ष दीपक दाहालले जानकारी दिनुभयो । 
उहाँले अन्य बाँकी बन्दका घटनामा एकभन्दा बढी विद्यार्थी सङ्गठनको संलग्नतामा भएको बताउनुभयो । शिक्षक÷प्राध्यापकको संलग्नमा ३८ वटा घटना भएका छन् । सङ्गठनमा आबद्धता नभएका विद्यार्थी आफँैले १७ वटा बन्दका घटना गराएको पाइन्छ ।
    विभिन्न शैक्षिक सङ्घसंस्था, पुस्तक अभाव, अभिभावक र कर्मचारी पनि बन्दका कारक भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
    उपाध्यक्ष दाहालका अनुसार मूल्यवृद्धि, अनियमित शुल्कवृद्धि, भवन निर्माण र विभिन्न नियुक्ति प्रकरणको निहुँमा पनि बन्द गर्दै आएको पाइन्छ । दाहालले भन्नुभयो–“अध्ययनका क्रममा अभिभावकले उच्च शुल्क लिएको विरोध र शिक्षकले विभिन्न कारण देखाउँदै विद्यालय बन्द गर्ने गरेको समेत पाइएको छ ।”
    नेपाल विद्यार्थी सङ्घका कार्यवाहक अध्यक्ष मनहरि श्रेष्ठले कुनै पनि विद्यालयका विद्यार्थीलाई आफूहरूले जबर्जस्ती सङ्गठनमा नल्याएको दाबी गर्दै पछिल्लो पटक विद्यालय बन्द गर्नेमा सबैभन्दा बढी शिक्षक र अभिभावक नै देखिएका छन् भन्नुभयो । 

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव