Skip to main content

ट्रान्सक्रिप्टको ढाँचा फेरिने

१५ श्रावण,काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले ब्याक लागेर पास भएका विद्यार्थीलाई उपलब्ध गराउँदै आएको ट्रान्सक्रिप्टको ढाँचा फेर्ने भएको छ। ब्याक लागेर पछि पास भइने विषयको प्राप्तांकपछाडि राखिने 'तारा' चिह्न हटाउन त्रिभुवन विश्वविद्यालय सचिवालयलाई सिफारिस गरेपछि ढाँचा परिवर्तनको तयारी भएको हो। तारा चिह्नका कारण उच्चशिक्षा हासिल गर्न समस्या आएको विद्यार्थीको गुनासो छ।
पनिकाले अगामी शैक्षिक सत्रदेखि लागू हुने गरी यो व्यवस्था गर्न लागेको हो। परीक्षा सहनियन्त्रक नारायणप्रसाद बेल्बासेका अनुसार एक वा दुई विषयमा ब्याक पेपर दिएर पास भएका विद्यार्थीको ट्रन्सक्रिप्टमा अब तारोको साटो ब्याक पेपर दिएको परीक्षा मिति राख्ने व्यवस्था हुनेछ। यसले विदेशमा गएर काम गर्ने वा उच्चशिक्षा हासिल गर्न खोज्ने विद्यार्थीका लागि सजिलो हुनेछ। 
ब्याक पेपर दिएर पास भएका विद्यार्थीको ट्रान्सक्रिप्टमा तारा राख्दा विदेश तथा स्वदेशमा समेत त्यस्ता प्रमाणपत्रबारे नकारात्मक धारणा बन्दा विद्यार्थी पीडित हुँदै आएका छन्। 'कारणवश राम्रा विद्यार्थीले कुनै विषयमा पास गर्न सक्दैनन्। कतिपयले ड्रप गरेका हुन्छन्,' सहनियन्त्रक बेल्बासेले भने, 'तर ट्रान्सक्रिप्टमा ब्याक पेपर दिनेहरुकोमा तारा राखिएको हुन्छ।'
ट्रान्सक्रिप्टमा तारा राखेकै कारण सक्षम विद्यार्थीको भविष्य चौपट भएको खबरसमेत पनिकालाई प्राप्त हुन थालेपछि ढाँचा परिमार्जनको प्रस्ताव त्रिवि विद्यापरिषदमा राखेको अर्का सहनियन्त्रक बाबुराम दाहालले बताए। त्रिविले डेढ दशकअघि तारा राख्ने व्यवस्था गरेको हो। 'अझै पनि त्रिवि पुरानै परम्परामा चलेको अवस्था छ,' दाहालले भने, 'एउटा ताराले ब्याक पेपर दिएर पास भएकाहरुको जीवनै उथलपुथल गरिदिँदो रहेछ।' 
यसैगरी पनिकाले परीक्षालाई व्यवस्थित गर्न अनलाइन फर्मको व्यवस्था गर्नसमेत सिफारिस गरेको छ। परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनसम्मको व्यवस्थापन गर्न हरेक कलेजमा अनलाइन फर्म भर्ने व्यवस्थाका लागि सिफारिस गरिएको छ। यसले गर्दा सबै क्याम्पस पनिकामा धाउनुपर्ने अवस्था हँुदैन। 
हाल ७५ जिल्लाकै क्याम्पसको आआफ्ना विद्यार्थीको परीक्षा फर्म भराएर क्षेत्रमा बुझाउने र क्षेत्रले पुनः पनिकामा पठाउने व्यवस्था छ। एकएक विद्यार्थीको फर्म इन्ट्री गर्दा धेरे त्रुटि हुने गरेको सहनियन्त्रक बेल्बासेले जनाए। 
'हाल दार्चुलाका कलेजले समेत कपी लिएर पनिका बल्खु नै आउने गरेका छन्,' सहनियन्त्रक बेल्बासेले भने, 'यसले गर्दा काम बढी झन्झटिलो हुँदै गएको छ।' यसका लागि पनिकाले आफ्नो चार क्षेत्रीय कार्यालयलाई मबजुत बनाउने तयारी गरेको छ।
पूर्वाञ्चलका विराटनगर, पश्चिमाञ्चलका पोखरा, मध्यपश्चिमको नेपालगन्ज र सुदूरपश्चिमको अत्तरियालाई बढी जिम्मेवार बनाएमात्र समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्न सकिने उनले जनाए। कापी संकलन क्षेत्रीय कार्यालयले गरे पनि परीक्षा सञ्चालन र नतिजा प्रकाशनको कार्य त्रिवि शैक्षिक क्यालेन्डर अनुसार हुने उनको दाबी छ। 
हाल सबै जिल्लाको परीक्षाको उत्तरपुस्तिका जम्मा गरेर केन्द्रमा ल्याउने, त्यसपछि कोडिङ पनि केन्द्रमा गरेर पुनःपरीक्षणका लागि बाहिर पठाइन्छ। त्यसपछि पुनः पनिकामा ल्याएर सबै उत्तरपुस्तिका स्कोरिङ बोर्डले परीक्षण गर्छ। अनि मात्र नतिजा प्रकाशन हुन्छ । 
'यति घुमाउरो गरी परीक्षाको काम गर्दा निकै समय लाग्ने हुँदा त्रिविको शैक्षिक वर्ष ढिला हुँदै गएको हो,' सहनियन्त्रक बेल्बासेले नागरिकसँग भने, 'त्यही भएर अब पनिकाले परीक्षा सञ्चालन तथा व्यवस्थापनको बढीसे बढी अधिकार क्षेत्रीय कार्यालयलाई दिने व्यवस्था गर्दैछ।'
त्रिविका रजिस्ट्रार चन्द्रमणि पौडेलले पनिकाले धेरै महत्वपूर्ण विषयबस्तुको नयाँ व्यवस्था तथा भएकैमा पनि परिमार्जनसहितको प्रस्ताव पठाएको जनाए। उनले त्रिविले दुई साताअघि नै यिनै विषयबस्तुमा निर्णय गर्न विद्यापरिषदको बैठक बोलाएको तर प्राध्यापकहरुले त्रिवि पदाधिकारीलाई नियन्त्रणमा लिएकाले निर्णय गर्न नसकेको बताए। 
'हामी अब छिट्टै विद्यापरिषदको बैठक बोलाएर पनिकाको महत्वपूर्ण प्रस्तावहरुमाथि छलफल गर्नेछौं,' रजिस्ट्रार पौडेलले नागरिकसँग भने, 'पनिकाको प्रस्तावले परीक्षा व्यवस्थापन लगायत विषयबस्तुलाई व्यवस्थापन गर्ने भएकाले यसमा विद्यापरिषदले टुंगो लगाउनेछ।'

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...