Skip to main content

चुनौतनीपूर्ण बन्दै नवनियुक्त शिक्षक पदस्थापन



हरिप्रसाद पोखरेल
अहिले १९ बर्षपछि हाम्रो देशका सामुदायिक विद्यालयहरुमा खरो प्रतिश्पर्धाबाट छानिएका योग्य शिक्षकहरुले प्रवेश पाउदैछन् । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा हस loss आइरहेको वर्तमान परिवेशमा यी नयाँ शिक्षकहरुको योग्यता, क्षमता, जोश, जाँगर र उच्च मनोवललाई सहि ब्यवस्थापन गर्न सके सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा क्रमशः सुधार हुन सक्ने सम्भावना देखिन्छ । 

जम्मा १३ हजार ५९ स्थायी शिक्षकको लागि गरिएको विज्ञापनमा देशभरबाट लिखित परीक्षामा ४ लाख १७ हजार प्रतिश्पर्धीले भाग लिएका थिए । यस्तो कडा प्रतिश्पर्धाबाट छानिएका यी अब्बल एवं उम्दा शिक्षकहरुलाई निराश बनाउने प्रपञ्च पनि भइरहेको छ । पहिलो कुरा त नतिजा प्रकाशित भएको लामो समयसम्म विभिन्न बाहानामा नियुक्ति दिन ढिलाई गरियो । अर्काेतिर नाम निकाल्न नसकेका अस्थायी शिक्षकहरु यथास्थानमा रहन पाउने तर प्रतिश्पर्धाबाट छानिएका योग्य शिक्षकहरुलाई भने अपायक र असहज ठाउँमा जान बाध्य बनाइयो । योग्यताक्रमको आधारमा विद्यालय रोज्न पाउने हल्ला चलाइए पनि त्यसको पालना हुन सकेन शिक्षक पदस्थापनको सन्दर्भमा । 

यतिमात्र होइन नयाँ शिक्षकहरुलाई विभिन्न संघ÷संगठन तथा राजनीतिक दलहरुको पगरी ओडाएर आफ्नो अनुकुल बनाउने र त्यसो नभए विभिन्न बाहनामा विद्यालयमा हाजिर नगराउने गरेको पनि पाइएको छ । यस्तो अवस्थामा यी नयाँ जोशका साथ विद्यालय शिक्षामा भित्रिएका नयाँ शिक्षकहरुको मनोवल गिर्ने तथा उनीहरुमा पनि हीन भाबना विकसित हुने सम्भाबना बढ्दै छ । खुला प्रतिस्पर्धाबाट स्थायी बन्न नसकेका अस्थायी शिक्षकहरुलाई एक पटक फेरी खुला प्रतिश्पर्धामा सहभागी हुने अवसर दिने र यो अवसरमा पनि स्थायी बन्न नसके सम्मानजनक विदाइ गरी अस्थायी शिक्षकको समस्या सदाको लागि अन्त्य गर्न अव ढिलाई गर्न हुदैन । तर, सरकारले फेरी वि.स.२०६३ अघिका शिक्षक दरवन्दी थाती राख्दै नयाँ विज्ञापन गर्ने योजना बनाएकोले सरकार सामुदायिक विद्यालयको गुणस्तर सुधार्न गम्भिर छैन भन्ने कुराको सन्देश दिन खोज्दैछ । 

कतिपय जिल्लाहरुमा अस्थायी शिक्षकको जागिर जोगाउने बाहनामा नयाँ शिक्षकहरुको नियुक्ति प्रकृया नै अगाडि बढाइएको छैन भने कतिपय शिक्षकहरु ब्यवस्थापन समितिले हाजिर नगराएकोमा निराश भएर कहिले विद्यालय त कहिले जिल्ला शिक्षा कार्यालय धाउदै छन् । जिल्ला शिक्षा कार्यालयहरुले नयाँ शिक्षकको नियुक्तिमा साझा मापदण्ड बनाउन सकेका छैनन् । नबनियुक्त शिक्षकहरुलाई औपचारिक जानकारी सम्म नदिइ नियुक्ति बाँड्ने जिल्ला शिक्षा अधिकारीहरुले नवनियुक्त शिक्षकहरुलाई सामन्य अभिमूखीकरण तालिम समेत दिएका छैनन् । शिक्षा विभाग तथा शिक्षा मन्त्रालयले पनि शिक्षक पदस्थापन सम्बन्धी स्पष्ट धारणा बनाउन सकेको छैन । कहीँ अस्थायी शिक्षकहरु दशैंको मुखमा आफुहरुलाई जागिरबाट निकाल्न पाइदैन भन्दै जागिर जोगाउनका लागि आन्दोलनरत छन भने कतिपय जिल्लाहरुमा नियुक्ति लिनकै लागि नव स्थायी शिक्षकहरु आन्दोलनरत छन् । यो पक्कै पनि शुभ संकेत होइन । यस्तो असहज अवस्थामा यी नवनियुक्त शिक्षकहरु पनि निराश बन्न सक्ने सम्भाबनालाई नकार्न सकिदैन । यसर्थ नयाँ उर्जावान यी नवनियुक्त शिक्षकहरुलाई सहज बाताबरण निर्माण गरी विद्यालयमा स्वागत गरौं । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने यो सुनौलौ अवसरलाई फेरी पनि राजनीतिक दाउपेचको सिकार बनायौं भने नयाँ पुस्ताले हामीलाई धारेहात लाउने छ । समय छदै सोचौं अन्यथा हामीसंग पश्चाताप र ग्लानी मात्र बाँकी रहने छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...