Skip to main content

मुलुककै पहिलो पाठशाला दरबार हाइस्कूलको दुरावस्था, पठनपाठनमा समस्या


काठमाडौँ,  भदौ १२ गते । मुलुककै पहिलो पाठशालाका रुपमा स्थापित दरबार हाइस्कुल (भानु मावि) को दुरावअस्थाका कारण पठनपाठनमा समस्या आएको छ । 
मल्लकालीन रानीपोखरीको पश्चिमपट्टि अवस्थित दरबार हाइस्कूलको भवनको टिन (जस्ता पाता) वर्षातको समयमा पानी चुहिएर पठनपाठनमा समस्या आएको हो । 

    विसं १९४८ मा निर्माण भएको सो भवनको जस्ता पातामा खिया लागेर जताततै प्वाल परेको छ भने पछाडिपट्टि पलास्टर गरिएको भाग भत्किएर इँटा मात्र देखिएको छ । त्यसैगरी पर्खालमा पानी पसी लेउ पलाएर वर, पिपलका विरुवा र झारहरु उम्रिएका छन् ।  

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले आफ्नै परिवारका छोरा भतिजालाई आधुनिक शिक्षा प्रदान गर्न विसं १९१० मा थापाथलीस्थित आफ्नै दरबारको प्राङ्गणमा एउटा स्कूल जस्तो गरी पढाउने काम सुरु गरेका थिए । सो स्कूललाई थापाथलीबाट विभिन्न स्थानहुँदै विसं १९४८ मा वीरशम्शेरले रानीपोखरीमा हाल दरबार हाइस्कुल अवस्थित भवनमा सारेका थिए । त्यस बेलादेखि दरबार हाइस्कुल आजसम्म सोही भवनमा रहिआएको छ ।

सो भवनका झ्याल ढोका पुरानो भएर भत्किँदा वर्षातमा पानी कक्षा कोठाभित्र छिरेर पठनपाठनमा समस्या आएकै काराण कहिले विद्यार्थीहरु अध्ययन नगरी घर फर्कनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, “कक्षा कोठामा झ्याल ढोका नहुँदा वर्षातमा पानीको बाछिटाभित्र छिरेर समस्या हुन्छ भने जाडो मौसममा  सिरेटोले पठनपाठनमा समस्या हुँदै आएको छ ।”

    दरबार हाईस्कुललाई पुनःनिर्माण गर्ने सवालमा सरकार, शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय, विद्यालय व्यावस्थापन समिति, शिक्षक तथा सरोकारवालाबीच नै आरोपप्रत्यारोप मात्र लगाउने गरेको  देखिन्छ । 

शिक्षा मन्त्रालयकी उपसचिव तथा सञ्चार समन्वय शाखाकी सहप्रवक्ता सरस्वती पोखरेलले शिक्षा मन्त्रालयले कुनै निश्चित एउटा विद्यालयको पुनःसंरचना मात्रभन्दा पनि जिल्ला शिक्षा कार्यालयले प्राथमिताको आधारमा पुनःसंरचना वा पूनःनिर्माण गर्ने गरेको बताउनुभयो ।

विद्यालय पुनःसंरचना वा पुनःनिर्माण गर्ने काम विद्यालय व्यवस्थापना वा जिल्ला शिक्षा कार्यालयको  हातमा हुने उहाँको भनाइ छ । 

विद्यालय व्यवस्थापन समितिका सदस्य वसन्तकुमार ठकुरीले सरकार वा शिक्षा मन्त्रालयले भवनको पुनःसंरचनाका लागि आर्थिक सहयोग नगरेतापनि सबै मिलेर दरबार हाइस्कुलको नाममा रहेका स्रोतसाधनको प्रयोग गरेर पनि गर्न सकिन्छ तर त्यसो गर्न  विद्यालय वा व्यवस्थापन समितिभित्र एकता हुनुपर्छ भन्नुभयो । विद्यालयभित्र कामभन्दा पनि बढी राजनीति मौलाउँदै गएको उहाँको भनाइ छ ।

नर्सरीदेखि कक्षा १० सम्म सञ्चालनमा रहेको सो स्कुलमा अहिले करिब २५० जना विद्यार्थी रहेका छन् । 
    
जङ्गबहादुर राणाले आफ्नै परिवारका छोरा, भतिजालाई आधुनिक शिक्षा प्रदान गर्न स्थापना गरिएको दरबार हाइस्कुललाई विसं  १९५७ मा प्रधानमन्त्री देवशमशेरले सर्वसाधारण जनाताले पनि पढ्न पाउने व्यवस्था गरेका थिए । 

    स्थापना भएको ३८ वर्षसम्म दरबारभित्र सञ्चालन भएको हुँदा यसको नामकरण ‘दरबार हाइस्कुल’ रहन गएको कुरा विसं. २०५२  वैशाख ५ गते दरबार हाइस्कुलले प्रकाशन गरेको ‘दरबार हाइस्कुल ः संक्षिप्त झलक’ नामक पुस्तिकामा उल्लेख छ । विसं १९९० को भूकम्पमा दरबार हाइस्कुलको छाना केही भाग बिग्रेकोले त्यसको मर्मत पूरा नभएको हुँदा विस १९९०–९१ को शैक्षिक सत्रभरी त्रिचन्द्र कलेज घण्टाघरको हाताभित्र गुजारा गर्नुपरेको थियो । 

    भौतिक सम्पन्नता वा सङ्ख्यात्मक वृद्धिमा अन्य विद्यालयले उछिनेता पनि दरबार हाइस्कुलले आफ्नो अतितको गौरवमा आँच आउन नदिइ अगाडि बढिरहेको प्रअ महतोको भनाइ छ । विसं २०३१ मा प्रधानाध्यापक सुर्वण शाक्यले आफ्नो पालामा प्रशासन, आयस्रोतको जोहो, भौतिक सुविधा आदिमा क्रमिक सुधार गर्दै ल्याएको पाइन्छ । 

    सोही दरबार हाइस्कुलको भूइँतलामा  विंस १९३४ मा स्थापना भएको संस्कृत माध्यमिक विद्यालयको पनि समस्या उस्तै छ । लिच्छवी, मल्ल, शाहकालमा सरकारी तवरबाट स्थापना भएको पहिलो संस्कृत विद्यालय दरबार हाइस्कुलको भूइँतलामा रहेको हुँदा जाडोको समयमा विद्यार्थीलाई अत्यन्त कठिन हुने सो विद्यालयका सहायक प्रधानाध्यापक शिवराज अधिकारीले बताउनुभयो ।

विसं १९३४ मा स्थापना भएको संस्कृत विद्यालयलाई विभिन्न स्थान हुँदै दरबार हाइस्कुलसँगै एकैपटक विसं १९४८ मा अहिलेको भवनमा सारिएको थियो । 

दुवै विद्यालयलाई एकैपटक हालको भवनमा सारिए पनि विसं २०६५ मा दरबार हाइस्कुलले भवन सुटुक्क आफ्नो नाममा गराएको अधिकारीको गुनासो छ ।  उहाँले भन्नुभयो, “यही दरबार हाइस्कुल र संस्कृत विद्यालय अध्ययन गरेका भूतपूर्व विद्यार्थी मुलुकको प्रधानमन्त्री, मन्त्री र राज्यका जिम्मेवार निकायमा हुनुहुन्छ । तर यो विद्यालय जीर्ण बन्दै जाँदा यहाँका डेक्स, बेन्च पुराना भएर भाँचिदा कोही दाता भेटिएको छैन् । हामीले पटकपटक जिल्ला शिक्षा कार्यालयसँग माग गर्दै आएका छौं, तर सुनुवाइ भएको छैन् ।”

विसं २०२५ मा संस्कृत विद्यालयबाट एसएलसी परीक्षा पास गर्नुभएका अहिलेका कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यसँग विद्यालयका समस्या राख्दा  ती समस्या पूरा गर्नका निमित्त सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सहायक प्रअ अधिकारीले जानकारी दिनुभयो । कक्षा ६ देखि १० सम्म सञ्चालन भएको सो संस्कृत विद्यालयमा हाल करिब एकसय विद्यार्थी  अध्ययनरत् छन् । रासस 

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव