Skip to main content

उमाविमा व्यावसायिक विषयको पाठ्यक्रम तयारीमा अन्योल


काठमाडौँ,  भदौ १५ गते  । विद्यालय तहको कक्षा १२ सम्म प्राविधिक र व्यावसायिक शिक्षा दिलाउने सरकारको नीति रहे पनि पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन, अनुगमन र व्यवस्थापनमा शिक्षा विभाग र प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) बीच जिम्मेवारी बाँडफाँडको विवाद देखिएको छ । 
सरकारले २०६४ सालदेखि कार्यान्वयनमा ल्याएको विद्यालय क्षेत्र सुधार कार्यक्रम         (एसएसआरपी) मा कक्षा १२ सम्म माध्यमिक शिक्षा मान्ने र कक्षा ९ देखि प्राविधिक विषयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सो सुविधा दिने उल्लेख छ । 

सोहीअनुसार हाल कक्षा ९ र १० का लागि सिटिइभिटीले तयार गरेको पाठ्यक्रमका आधारमा देशका विभिन्न जिल्लामा व्यावसायिक विद्यालयमा पनि अध्यापन भइरहेको छ । ती विद्यार्थीले कक्षा १० पछि कुन निकायले तयार गरेको पाठ्यक्रम पढ्छन् भन्ने यकिन हुन सकेको छैन । 

बसुन्धरास्थित एक्टिभ कलेजले आज यहाँ आयोजना गरेको ‘शिक्षा क्षेत्रका चुनौती’ विषयक छलफल कार्यक्रममा सिटिइभिटीका परीक्षा नियन्त्रक शिवशङ्कर घिमिरेले शिक्षा ऐन संशोधनको क्रममा रहेको र कक्षा ११ र १२ को पाठ्यक्रम तयारीका लागि शिक्षा विभागले पाठ्यक्रम विकास केन्द्रलाई आग्रह गर्ने सुनिएको बताउँदै यसमा परिषद्को भूमिका स्पष्ट नभएको बताउनुभयो ।

उहाँले शिक्षा मन्त्रालयले लागू गर्ने नीतिको पालना गर्नु सबै निकायको जिम्मेवारी भए पनि परिषद्ले गर्न सक्ने काममा यसलाई परिचालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा चन्द्रमणि अधिकारीले शिक्षा क्षेत्रमा सरकारले लगानी गरेअनुसारको प्रतिफल आउन नसकेको धारणा राख्नुभयो ।

शिक्षाविद् डा तीर्थराज खनियाँले शिक्षा क्षेत्रमा व्यक्तिका कारण उत्पन्न हुने खराबी कमजोरीलाई सिङ्गो प्रणाली नै ध्वस्त भयो भन्ने ढङ्गले चित्रण गर्न नहुनेमा जोड दिनुभयो । 

कलेजमा संस्थापक प्रिन्सिपल डा गोपीलाल न्यौपानेले शिक्षा क्षेत्रका समग्र समस्याको सम्बोधन गर्न शिक्षा मन्त्रालय र मातहतका निकायले सरोकारवालाको सुझावलाई ग्रहण गर्नुपर्ने बताउनुभयो । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...