Skip to main content

शिक्षकको साझा युनियन बनाउने अन्तिम गृहकार्य


भदौ १२,  काठमाडौँ । विद्यालय तहमा कार्यरत विभिन्न शिक्षक कर्मचारीका संगठनहरु छुट्टै एउटा साझा युनियन बनाउने अन्तिम गृहकार्यमा जुटेका छन् । 
विभिन्न संघसंगठनहरूमा विभाजित भएर आन्दोलन गर्दा पेशागत अभियान र टे्रड युनियन अधिकार कमजोर भएको महसुस गरिएपछि शिक्षकका अगुवाहरू साझा युनियन बनाउने अभियानमा लागेका हुन् । हाल नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्च नामक दर्ुइवटा शिक्षकका छाता संगठनहरू रहेका छन् ।
शिक्षकका सबै संघसंगठन शिक्षकका एउटै साझा युनियन हुनुपर्नेमा एकमत भइसकेका र छिट्टै घोषणा गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । मात्र केही प्राविधिक काम सक्न बाकीं छ नीतिगत रुपमा सहमति भइसकेको छ । 
सबै संघ संगठनहरूले आन्तरिकरूपमा विधानहरू अध्ययन गरेर साझा एजेण्डा, नाम, लोगो,झण्डा लगायत निर्माण गर्ने काम गरिसकेका छन् । अव आगामी भाद्र १४ गते त्उसको अन्तिम घोषणा गर्ने तयारी भइरहेको अखिल नेपाल शिक्षक संगठनका महासचिव संकर अधिकारीले बताउनुभयो । यसका अन्तिम तयारीका लागि विभिन्न संघ संगठनका नेतृत्वहरूबीच पटकपटक छलफल हुदै आइरहेको थियो । यस विषमा विभिन्न शिक्षक संगठनहरुविच गत भाद्र १२ गते पाँच बुदें सहमति भएको हो ।
निजी विद्यालयमा कार्यरत शिक्षकलाई हर्ेर्ने दृष्टिकोणमा कुरा नमिलेका कारण साझा युनियन बनाउने विषय निर्ण्र्ााा पुग्न सकेको थिएन । साझा युनियनमा कक्षाकोठामा चक र डस्टर लिएर पढाउन जाने सबै शिक्षक भएकोले उनीहरू सबैको संलग्नता हुनुपर्ने अखिल नेपाल शिक्षक संगठन र मञ्चको माग छ र निजी पीसीएफलगायतका शिक्षकको व्यवस्थापन सरकारसँग नभई विद्यालयमै हुने भएकोले उनीहरूको सदस्यता मान्य नहुने शिक्षक संघ संगठन र युनियनको ढिपीले एकताको कुरा अड्किरहेका भएपनि अन्ततः उनिहरुलाइ पनि सदस्यता दिन सहमति भएपछि एकता प्रकृयाले गति लिएको हो । सहमति अनुसार अव संथागत विद्यालयमा संचयकोष र उपादान प्राप्त गरि स्थायी भएका शिक्षकहरु आवद्ध संस्था मार्फ साझा संस्थाको नेतृत्वमा पुग्न सक्नेछन् । तर शैक्षिक मुद्धाका आधारमा निश्चित उद्देश्य प्राप्तीका लागी खोलीएका संगठनहरु भने साझा युनिययनको सदस्य बन्न पाउने छैनन् ।राजनैतिक द्धन्दका क्रममा विस्थापित भइ राज्यको सम्बन्धित निकाय बाट प्राप्त प्रमाणीत अभिलेख भएका शिक्षक कर्मचारी पनि आबद्ध संस्था मार्फ नेतृत्वमा जान सक्नेछन् ।
राज्यको प्रशासनिक र शैक्षिकसंरचना अनुसार नै साझा संस्थाको संरचना निमार्ण्र्ाार्ने समेत सहमति भएको छ । अधिवेसनमा सहभागी हुने संस्थाहरु मध्ये जिल्लाको निर्वाचनमा कुल खसेको मतको २ प्रतिशत प्राप्त गर्ने संथाहरु मात्रैको वैधानिक सहभागिता रहने छ भने ५ प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने संस्थाहरु मात्र प्रमुख पदाधिकारी छनौट गर्ने सुचिमा पर्नेछन् । त्यस्तै केन्द्रको निर्वाचनमा सहभागी हुन संस्थाले कम्तिमा ७ जिल्लको निर्वाचनमा वैधानिक रुपमा भाग लिएको हुनुपर्नेछ । केन्द्रको प्रत्येक सदस्य र प्रमुख पदाधिकारी छनौटको आवश्यक मापदण्ड जिल्लामा तोकिएको संख्याको मापदण्ड नै कायम हुने समेत सहमति भएको छ । 
साथै साझा संस्थाको विद्यान मस्यौदा गर्न ५ सदस्यीय विधान मस्यौदा समिती समेत बनेको छ ।समितीमा अखिल नेपाल शिक्षक संगठनका महासचिव संकर अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्षमण शर्मा, नेपाल शिक्षक संघका महासचिव राजेन्द्रराज पौडेल, अखिन नेपाल शिक्षक संगठन -नेकपा-माओवादी)का महासचिव घनश्याम पाठक ,नेपाल शिक्षक युनिययनका महासचिव झक बहादुर डागीं र शैक्षिक गणतान्त्रिक मञ्चका महासचिव गुलाफ चौधरी सदस्य रहेका छन् ।
समितीले नेपाल शिक्षक युनियनको नाम परिवर्तन गरी या अर्को कुनै नाम दिएर भए पनि यस विषयलाई छिट्टै अन्तिम निष्कर्षा पुर्‍याउने छ । अखिल नेपाल शिक्षक संगठन समेतका झण्डै डेढ दर्जन शिक्षकका संस्था युनियनभन्दा बाहिर रहेपछि यस विषयमा गम्भीर पहल शुरू गरिएको हो । युनियनभित्र हाल कर्मचारी समेत आठ वटा संस्था आबद्ध छन् । हाल शिक्षक तथा कर्मचारीका २४ वटा संगठन क्रियाशील रहेको जनाइएको छ । एकीकृत एउटै साझा शिक्षक महासंघ बनाउने भन्नेबारे ०६९ फागुनमा पहिलो पटक छलफल भएको थियो । 
त्यसपछि०७० मंसिर २७ र पुस ७ गते राष्ट्रिय शिक्षक संगठनको कार्यालयमा यसै विषयमा छलफल भएको थियो । फेरी ०७० माघ २८ गते नेपाल शिक्षक संघको कार्यालय धुम्बाराहीमा यसै विषयमा निर्ण्ाायक वार्ता भएर विवादित विषयलाइ चाडोँ टुंग्याउने सहमति भएको थियो । त्यो वैठकमा संघ संगठनहरू सबैको विधान अध्ययन गरेर साझा विधान बनाएर अगाडि बढ्ने पक्षमा एकमत देखिएको अधिकारीले बताउनुभयो । मानसिकरूपमा हामी सबै एक हुनर्ुपर्छ भन्ने कुरा हामी सबैले आवश्यकता र अनुभूति गरेका छौँ । हाम्रो परिस्थितिले पनि हामीलाई बाध्य पारेको छ,- उहाँले भन्नुभयो । हाम्रा वैचारिक सङ्किर्ण्र्ाा भातृ संगठनको रूपमा विकसित आस्था भन्दा माथि उठेर एकताको पक्षमा जानुको विकल्प छैन् । अधिकारी थप्नुहुन्छ -अब संगठनहरूबीच नीतिगत र प्राविधिक एकतासँगै भावनागत एकता हुनर्ुपर्छ । विचार र दृष्टिकोणमा समानता ल्याउँदै एकताको आधार तयार गर्ने काममा हामी जुटिरहेका छौँ । हामी छिट्टै एकीकृत शिक्षकको साझा संगठन बनाउने छौँ । साझा शिक्षक युनियनका लागि निजी विद्यालयका शिक्षक र निजी शिक्षकको संलग्नतामा संघ संगठन स्पष्ट हुनु जरुरी छ अधिकारीले भन्नुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले हिजो उप|mे पनि माग पूरा हुने भए पनि विभाजित भएकोले शिक्षकका माग गुम्ने खतरा बढेको भन्दै छाता संगठनको विकल्प नभएको बताउनुभयो । एकजुट हुँदा जे जे प्राप्त भयो फुट्दा गुमायौँ मात्र । त्यसैले हामी सबै शिक्षक संगठन मिलाएर एउटै पेशागत साझा संगठन बनाउने प्रक्रियामा छौँ । तयारी अन्तिम अवस्थामा पुगेको छ । सवै संगठन अडान बाट एक कदम पछि हटेर सहमति गर्नुको विकल्प छैन् । शर्माले धेरै संगठनमा विभाजित भएपनि सवै शिक्षक संगठनका माग एउटै रहेको भन्दै कीन भिन्दा भिन्दै कराउने अव एउटै साझा संघमा बसेर आन्दोलन गर्न एकता गर्न लागेको बताउनु भयो । नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौलाले शैक्षिक सुधार र शिक्षक हितका लागि एउटै साझा शिक्षक मञ्च हुनुको विकल्प नदेखेपछि साझा युनियन बनाउने तयारीमा लागेको बताउनुभयो । हाल युनियन र मञ्चले समानान्तर गतिविधि गर्दा शिक्षक आन्दोलन र शैक्षिक सुधारमा नै असर गरेको उहाँको ठम्याई रहेको छ । छिट्टै युनियन र मञ्च मिलाएर एउटा सशक्त साझा शिक्षक मञ्च बन्नेमा उहाँ ढुक्क रहनु भएको छ । नेपाल शिक्षक संघ र शिक्षक युनियनका पदाधिकारीहरूले पनि यसलाई सकारात्मकरूपमा लिएका छन् । नेपाल शिक्षक युनियनका पर्ूवअध्यक्ष केशवप्रसाद भट्टर्राईले जे सुकै नाम र शर्तमा भए पनि शिक्षकको एउटै युनियन बनाउनर्ुपर्छ भन्नेमा आफूहरू सकारात्मक रहेको बताउनुभयो । 

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव