Skip to main content

क्षेशिनिमा उपनिर्देशकहरुको जात्रा


भदौ १५ गते ,काठमाडौँ । दुई जना उपनिर्देशकले धानेको पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमा यतिबेला ११ जना उपनिर्देशकलाई थुपारिएको छ ।

भएका उपनिर्देशकलाई ‘काम’ दिन नसकेको क्षेशिनि पोखराले शिक्षा मन्त्रालयले थपिदिएका पाँच जना उपनिर्देशकलाई कुनै जिम्मेवारी दिन सकेको छैन । 

त्यसैले काजमा थुपारिएका उपनिर्देशकहरु दैनिक हाजिर गर्छन्, केहीबेर गफगाफ गर्छन्, फेसबुक चलाउँछन् र घरतिर लाग्छन् ।

पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक बिदामा काठमाडौँमा आउनुभएकाले मन्त्रालयले कति जना उपनिर्देशकलाई काजमा क्षेशिनिमा पठाएको छ भन्ने जानकारी नै छैन । 

मन्त्रालयले तीन महिनाका लागि भनेर पर्वत जिल्ला शिक्षा कार्यालयका हेमनारायण चापागाँई र घनश्याम पौडेललाई, स्याङ्जा जिशिकाका दयाराम गौतम र योगेन्द्र पराजुलीलाई र बर्दिया जिशिकाका विष्णुप्रसाद पराजुलीलाई काजमा क्षेशिनि पोखरामा पठाइदिएको छ ।

काजमा आउनुभएका उपनिर्देशक विष्णुप्रसाद पराजुलीले आफू काजमा आएको २० दिन जति भएको बताउँदै भन्नुभयो, “खासै कामको जिम्मेवारी पाएका छैनौँ । काज तीन महिनाका लागि भएकाले जिम्मेवारी नै नपाई बर्दिया फर्किने अवस्था छ ।”

विगतमा क्षेत्रीय शिक्षा निर्देशनालयमा परीक्षा, विद्यालय र प्रशासन शाखा हेर्ने गरी एक जना र योजना, कार्यक्रम र अनुगमन शाखा हेर्ने गरी अर्का एक जना उपनिर्देशकको व्यवस्था हुने गरेकोमा केही महिनायता आठ वटा शाखा टुक्रयाइएको छ । 

नयाँ शाखाहरुमा विद्यालय व्यवस्थापन, परीक्षा तथा मूल्याङ्कन, योजना तथा कार्यक्रम समन्वय, अनौपचारिक तथा सहकार्यकलाप, अनुगमन तथा निरीक्षण, शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर तथा सूचना र प्रशासन तथा समसामयिक शिक्षा गरी आठ शाखा थपिएका छन् । 

क्षेशिनि पोखरामा कार्यरत आठ मध्ये दुई जना टोपबहादुर श्रेष्ठ र मोतिलाल शर्मालाई जिल्ला शिक्षा अधिकारी बनाएर अन्यत्र लगिए पनि काजमा ल्याइएका उपनिर्देशकहरुलाई रिक्त दुई शाखाको जिम्मेवारी दिइएको छैन ।

क्षेत्रीय शिक्षा निर्देशक दिव्यकला श्रेष्ठ बजिमयले कतिजना काजमा आएको भन्ने यकिन नभएको बताउँदै थप्नुभयो, “केही महिनाका लागि उहाँहरुलाई काजमा ल्याइएको हो । उहाँहरु फर्किहाल्नुहुन्छ ।”

पश्चिमाञ्चलको क्षेशिनिमा उपनिर्देशकको सङ्ख्या बढी भए पनि मध्यमाञ्चलको क्षेशिनिमा भने उपनिर्देशकहरु नहुँदा काममा समस्या पर्न गएको छ ।

मध्यमाञ्चल क्षेशिनि हेटौडामा आठ जना उपनिर्देशकको दरबन्दी भए पनि हाल चार जनामात्र कार्यरत हुनुहुन्छ । त्यहाँ कार्यरत कुनै उपनिर्देशक मन्त्रीको स्वकीय सचिव बन्न जानुभएको छ भने कुनै अन्य जिल्लामा काजमा लगिनु भएको छ ।

क्षेत्रीय शिक्षा निर्देशक कृष्णप्रसाद काप्रीले आठ वटा शाखा बनाइएको र सोही अनुसार आठ जनालाई जिम्मेवारी दिइएको बताउँदै भन्नुभयो, “तर अहिले चार जनामात्र हुनुहुन्छ । त्यसले गर्दा काममा असर परेको छ । क्षेशिनिको कार्य सम्पादनलाई चुस्त बनाउन समस्या भएको छ ।”

पूर्वाञ्चलको क्षेशिनिमा कार्यरत आठ उपनिर्देशकमध्ये दुई जनालाई अन्यत्र काजमा लगिएको छ । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...