Skip to main content

विदेशीलाई स्थायी शिक्षक नियुक्ति

काठमाडौ, आश्विन १५ - शिक्षक सेवा आयोगले 'नेपाली नागरिकताका आधारमा' भन्दै विदेशीलाई स्थायी शिक्षकमा नियुक्ति दिएको छ । आयोगले गत वर्ष शिक्षक पदपूर्तिका निम्ति लिएको परीक्षामा सोलुखुम्बुका शिक्षण गर्दै आएका हेमन्तकुमार सिंहलाई स्थायी नियुक्ति दिएको हो । उनी अंग्रेजी विषय शिक्षकका रूपमा छनोट भएका हुन् ।
सिंहलाई नियुक्ति दिने आयोगको निर्णयविरुद्ध उजुरी परेको तीन महिनापछि सोमबार नियुक्ति दिने निर्णय गरेको हो । सिंह भारतको पुणिर्या जिल्लाका नागरिक हुन् । उनले २०६३ माघमा सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयबाट च्यानम-६ ठेगानामा पत्नी रीता शर्माको तर्फबाट अंगिकृत नागरिकता प्राप्त गरेका छन् । नेपाली नागरिकता लिए पनि भारतीय नागरिकता त्यागे/नत्यागेको बारेमा भने प्रमाण जुटाइएको छैन । सिंहले २०४९ देखि नेचाबतासेस्थित हिमाल दर्शन उच्चमाविमा अस्थायी अध्याप गर्दै आएका छन् ।
प्रावधानअनुसार नागरिकताको प्रमाणपत्रका आधारमा मात्र अध्यापन अनुमतिपत्र -शिक्षक लाइसेन्स) लिन सक्छ । सिंहले नागरिकताको प्रमाणपत्रबिना नै शिक्षक सेवा आयोगबाट २०६२ सालमा स्थायी अध्यापन अनुमतिपत्र लिएको पाइएको छ । उनी २०४९ सालदेखि सोलुखुम्बुमा रहे पनि सुनसरीको भादगाउँ सिनुबारी गाविस ४ को ठेगानामा स्थायी अध्यापन अनुमतिपत्र लिएका
छन् । आयोगले हरेक जिल्ला शिक्षा कार्यालयमा अध्यापन अनुमतिपत्रका निम्ति परीक्षा लिने
व्यवस्था गरेको छ ।
आयोगले हेमन्तकुमार सिंहबारे प्रमाण मागेअनुसार सोलुखुम्बु शिक्षा कार्यालयले पेस गरेको कागजातमा नेपाली नागरिकताको प्रमाणपत्रबिना स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिएको पुष्टि गरेको छ । 'शिक्षा तथा खेलकुद मन्त्रालयको च.नं. ५३७ मिति २०६०।६।७ को पत्रानुसार अनुदान प्राप्त सामुदायिक विद्यालयहरूमा ०४६/४७ सम्म एकै शैक्षिक सत्र पूरा गरी हालसम्म अस्थायी रूपमा कार्यरत गैरनेपाली अस्थायी शिक्षकहरूलाई शिक्षक पदबाट नहटाउने र म्याद थप गर्ने भन्ने क्षेशिनि पूर्वाञ्चल धनकुटाको मिति २०६०।७।१९ को परिपत्र देखिन्छ,' सिंहबारे बचाउ गर्दै भनिएको छ, 'यस जिल्लामा शिक्षक पदमा नियुक्ति हुनुपूर्व श्री सरस्वती मावि खानिभन्ज्याङ ओखलढुंगामा अस्थायी नियुक्ति पाई सेवा अविछिन्न राखेको संलग्न विद्यालयको कागजबाट देखिन्छ ।' नियमानुसार आफ्नो कागजात आफैंले प्रमाणित गर्न मिल्दैन । तर, उक्त सरस्वती माविमा २०४६ मंसिरदेखि २०४९ असोजसम्म अध्यापन गरेको प्रमाणपत्र स्वयं हेमन्तकुमार सिंहले कामु प्रधानाध्यापक भएर हस्ताक्षर गरेका छन् ।
शिक्षक सेवा आयोगका अध्यक्ष उदयराज सोतीले भने निज हेमन्तकुमार सिंहसित नेपाली नागरिकताको प्रमाणपत्र भएको र आवश्यक योग्यता पुगेकाले नियुक्ति दिएको बताए । 'सिंहको विरुद्ध आयोगमा उजुरी परेको हो,' उजुरीका कारण असारमा टुंगिनुपर्ने नियुक्ति प्रक्रिया असोज १३ गतेमात्र सकिएको उल्लेख गर्दै सोतीले कान्तिपुरसित भने, 'हामीले नागरिकताभित्र प्रवेश गरेनौं । उजुरी दर्तावालाले नक्कली नागरिकता भनेका छैनन् । र नागरिकता छानबिन गर्ने कार्य गृह मन्त्रालय भएको कारण हामीले यसबारे विवाद उठाएनौं । यदि सम्बन्धित निकायले आशंका गरेर प्रमाणित गरेमा स्थायी नियुक्ति पाएका सिंहको जागिर जान सक्छ ।'
स्रोतका अनुसार सत्तारूढ दल कांग्रेस र एमालेका दबाबमा आयोगले फर्जी प्रमाणका आधारमा शिक्षक नियुक्ति गरेको हो । सोलुखुम्बुबाट अंग्रेजी विषयमा खुल्लातर्फ पाँच उम्मेदवारको पदपूर्ति हुनुपर्नेमा सिंहसहित सात जनाको नामावली प्रकाशन गरिएको थियो । जसमा लिखित परीक्षा उत्तीर्ण ध्रुव निरौलाको निधनपछि छ जना प्रतिस्पर्धी थिए । हेमन्तकुमार सिंह, कुमार बस्नेत, देवीचरण भट्टराई, रेवन्त बराल र टंक दाहाल छनोट भएका छन् भने लक्ष्मण कार्कीलाई वैकल्पिकमा राखिएको छ । छनोटमा परेका हेमन्तकुमार सिंह र रेवन्त बरालविरुद्ध आयोगमा उजुरी परेको थियो ।
आफन्तलाई स्थायी
नियमानुसार शिक्षाशास्त्र विषयमा स्नातक उत्तीर्ण गरेका वा अन्य विषय पढेर दस महिने तालिम लिएकाले मात्र सम्बन्धित विषयमा स्थायी अध्यापन अनुमतिपत्र लिन पाउँछ । तर सोलुखुम्बुबाट छनोटमा परेका रेवन्त बराल भने शिक्षक सेवा आयोगको उच्च अधिकारी आफन्त भएकै कारण स्थायी अध्यापन अनुमतिपत्रसहित स्थायी बन्ने अवसर पाएका छन् । बराल अंग्रेजी विषयमा मावि शिक्षक छनोट भएपछि उजुरी परे पनि अन्ततः उनैलाई छनोट गरिएको छ । उनी जीवनज्योति उच्चमावि नेलेमा कार्यरत छन् ।
Source: कान्तिपुर

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...