Skip to main content

प्राविधिक शिक्षामा आकर्षण घट्दै


इलाम,  असोज १४ गते  । जिल्लाकै एक मात्र प्राविधिक शिक्षा पढाइ हुने जितपुर उच्चमाध्यमिक विद्यालयमा कृषि प्राविधिक पढ्ने विद्यार्थी सङ्ख्या घट्दै गएको छ । 

चालीसजनाको कोटा रहे तापनि पहिलो वर्ष ३४ र दोस्रो वर्ष २० जना भर्ना भएका थिए । ३४ मध्ये २८ जनाले उत्तीर्ण गरेका थिए । दोस्रो वर्ष २० भर्ना भएकामा १३ जनाले परीक्षा दिइसकेका छन् । अहिले तेस्रो वर्षको भर्ना सुरु भएको छ । 
यसअघि एसएलसी पास गरेकाले मात्र पढ्न पाइने प्राविधिक शिक्षा अहिले आएर एसएलसी फेल भएकाले पनि पढ्न पाउने व्यवस्था छ तर विद्यार्थीले नबुझेको हो कि पढ्ने रहर नगरेको हो । “दुईपटक आवेदन खोल्दासमेत आठजना मात्र भर्ना भएका छन्”–प्राचार्य खडानन्द अधिकारीले भन्नुभयो–“गाउँमै प्राविधिक शिक्षा पढ्न पाउँदा कोटाभन्दा बढी हुनुपर्ने तर प्राविधिक शिक्षाको महत्व नबुझेकाले विद्यार्थी सङ्ख्या बढाउन सकिएन ।” 
विद्यालयले साउन १७ गते यस वर्षको प्रवेश परीक्षा लिएकामा आठजना उत्तीर्ण भई भर्ना भएका छन् । असोज ७ गते दोस्रोपटकको प्रवेश परीक्षा लिँदा १५ जना सहभागी भए पनि उनीहरू भने भर्ना भइनसकेको विद्यालयले जनाएको छ । 
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मार्फत २०६९ सालदेखि सुरु गरिएको पशु विज्ञानसम्बन्धी कक्षामा अहिले कृषि, बागवानीलगायतका विषय थप गरिएको छ । पहिले १५ महिने कोर्ष पूरा गर्नुपर्ने थियो भने अहिले आएर दुई वर्ष पढाइ र तीनमहिने ओजेटी गर्नुपर्ने हुन्छ । 
विद्यालयमा शिक्षक डा निशान्त शाह, वासुदेव कट्टेल, दुर्गा न्यौपाने र सुरेश कट्टेलले शिक्षण गरिरहेका छन् । जिल्लाको प्याङ, जितपुर, गजुरमुखी, नामसालिङ र मङ्गलबारे गाविसका विद्यार्थी प्राविधिक शिक्षा अध्ययन गर्न आएका छन् । 
“अहिले विषय थप गरेर अझ प्रभावकारी बनाउने भन्ने लक्ष्य लिएर व्यापक तयारी गरेका छौँ तर कोटाअनुसार विद्यार्थी नै पुग्दैनन् जस्तो छ”– प्राचार्य अधिकारीको भनाइ छ । 

इलाम सदरमुकामदेखि १७ किलोमिटर पश्चिममा पर्ने जितपुरमा मेची, कोसीको एक मात्र सामुदायिक प्राविधिक शिक्षालय खोलिएको हो । निजी क्षेत्रबाट भने अन्य जिल्लामा थुप्रै शिक्षालय खोलिएका छन् । 

सिटिइभिटीको सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रमअन्तर्गत दुई वर्षदेखि भेटेरिनरी (जेटिए) पढाइ सुरु भएको हो । 

“प्रचारप्रसार गर्दा पनि विद्यार्थी पढ्न नआउनु व्यावसायिक शिक्षाको महत्व नबुझ्नु हो”– अधिकारीले भन्नुभयो–“गाउँस्तरमा प्राविधिक शिक्षाको सुरुवात भए पनि यसको महत्व सबै अभिभावक र विद्यार्थीले बुझेका छैनन् ।” 

विद्यालयमा विद्यार्थीका लागि प्रयोगशालाको उचित प्रबन्ध, पर्याप्त कक्षा कोठाको व्यवस्थापन, शिक्षकको राम्रो प्रबन्ध गरिए पनि विद्यार्थी आकर्षण बढ्न नसकेको प्राचार्य अधिकारी बताउनुहुन्छ । “पहिलो वर्ष परीक्षा दिने ३४ मध्ये २८ जनाले पास गरे जुन नेपालमै नमुनाका रूपमा रहेको छ”–अधिकारी भन्नुहुन्छ–“देशमै यति धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल भए पनि विद्यार्थी आकर्षण बढाउन सकिएन ।” 

दुई हजार धरौटी, १३ हजार भर्ना शुल्क र मासिक ५०० शुल्कमा विद्यार्थीलाई सहुलियत दिएको छ । सस्तोमा प्राविधिक ज्ञान दिलाउने उद्देश्यका साथ सुरु गरिएको प्राविधिक शिक्षामा विद्यार्थी आकर्षित गराउन विद्यालयले विभिन्न कार्य पनि गर्दै आएको जनाएको छ । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...