Skip to main content

लोक सेवा आयोग सामान्य ज्ञान प्रश्नोत्तर 3

के तपाईंलाई थाहा छ?

...दक्षिण एसियामा नै राजनीतिमा सबैभन्दा बढी महिला सहभागिता रहेको देश नेपाल हो ।
...सिंगापुर ६४ वटा द्विपहरू मिलेको बनेको राष्ट्र हो र यो राष्ट्रको कुल क्षेत्रफल ७१६.१ वर्ग किलोमिटर छ ।
...सगरमाथामा विना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति फु डोर्जे हो ।
...२०१८ फिफा विश्वकप रसियामा आयोजना हुँदैछ ।
...संयुक्त्त राष्ट्र संघको स्थापना २४ अक्टुबर १९४५ मा भएको थियो ।
...नेपालमा ३९१५ गाविस तथा १३० नगरपालिका छन ।(७२ नगरपालिका २०७१ बैशाख २६ गते थप गरिएको )
अमेरिकाले नेकपा माओवादीलाई आतंककारी को सूची बाट २०६९ भदौं २१ गते हटायो ।
# नेपालको तातोपानी सुख्खा बन्दरगाहको शिलान्यास ०६९ पौष ५ गते भएको थियो !
# नेपालमा सबभन्दा पछिल्लो पटक सडक पुगेको सदरमुकाम मुगु(गमगढी) र मनाङ(चामे) हो ।
# नेपालमा औपचारिक होमस्टेटको व्यवस्था वि.स. २०६७ भदौं १ गते देखि गरियो ।
# नेपाल सस्तो होटलहरुको हिसाबले विश्वको दोस्रो स्थानमा पहिलो स्थानमा जाम्बिया हो ।
# नेपालसंग दोहोरो कर मुक्त राष्ट्रहरुको संख्या १० पुगेको छ ।
# UNEP को अन्तराष्ट्रय स्तरको वातावरण सम्बन्धि पुरस्कार "Global-500" पाउने पहिलो नेपाली डा. कृष्ण कुमार पाण्डे हो ।
# नेपालको सगरमाथा र इजरायलको मृतसागर अंकित हुलाक टिकट नेपाल सरकारले २०६९ भदौं १८ देखि औपचारिक रुपमा प्रयोगमा ल्याएको छ ।
# अन्तरिक्षमा सबभन्दा लामो समय ३२२ दिन विताउने भारतीय मुलुककी अमेरिकी सुनिता विलियम्स हुन ।
# इराकमा १२ नेपाली विभत्स हत्या वि.स.२०६१ भदौं १५ गते भएको हो !

एसिया महादेशको सबैभन्दा लामो नदि याङग्सिक्याङग् (चीन) ५७९७ कि.मि हो ।
• यूरोप महादेशको सबैभन्दालामो नदि एनसि (रुस ) ४५०६ कि.मि हो ।
• अफ्रीका महादेशको सबैभन्दा लामो नदि नाइल (इजिप्ट) ६६९० कि. मि. हो ।
• उत्तर अमेरीका महादेशको सबैभन्दा लामो नदि मिसिसिपि (अमेरीका) ६२४० कि.मि हो ।
• दक्षिण अमेरीका महादेशको सबैभन्दा लामो नदि अमेजन (ब्राजिल) ६२९६ कि.मि. हो ।
 सन् २०१३ नोभेम्बर २२ तारिख सिक्किमको ग्यानटोकमा भएको ३४ औं गभनर्स गोल्डकप च्याम्पियनसिपकोउपाधि कुन नेपाली टिमले जित्यो ? – थ्रिस्टार

• सन् २०१३ को एटीपी टुरमा सर्वाधिक कमाई गर्ने टेनिस खेलाडी को हुन् ? – राफेल नाडाल

• नेपालको कुन ठाउँमा बाख्राको दुधबाट चिज उत्पादन हुन्छ ? – मकवानपुरको चित्लाङ

• लाटीकोइली मन्दिर कुन जिल्लाको प्रसिद्द मन्दिर हो ? – सुर्खेत

• पोखराको महेन्द्र गुफा कहिले पत्ता लागेको हो ? – वि.सं २०१२

• स्वामी शेखरानन्द नेपालको कुन प्रसिद्द मन्दिरका प्रथम पुजारी हुन् ? – पशुपतिनाथ

• बेलायती महारानीले जयपृथ्वीबहादुर सिंहलाई सम्मान स्वरुप कुन पद प्रदान गरिएको थियो ? – कर्णेल

• नेपालमा नगरपालिका गठन सर्वप्रथम कहिले भएको थियो ? – वि.सं १९७६

• नेपालका कुन मल्ल राजाले आफ्ना पितालाई जेल हाली आफू राजा भएका थिए ? – प्रताप मल्ल

• बेलायती दूताबासले पायोरिटी भिसा सेवा कहिलेदेखि सुरु गरेका हो ? – सन् २०१३ नोभेम्बर ६

• चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा पहिलोपटक नेपालमा अत्यन्तै जोखिमपूर्ण काममा महिला पनि माहुतेको रुपमा संलग्न छन् । भन्नुहोस सो हात्तीसारमा कति महिला माहुतेका रुपमा काम गर्छन ? – दुई जना

• सन् १९८१ मा पत्ता लगाईएको एड्स सन. १९८८ सम्म आईपुग्दा नेपालमा कति जनालाई संक्रमण देखिएको थियो ? – ४ जनालाई

• सन् २०१३ डिसेम्बर १ तारिखमा मनाईएको विश्व एड्स दिवसको नारा के रहेको थियो ? – एच आई भीको नयाँ संस्करण,भेदभाव र एड्सबाट हुने मृत्युलाई शुन्यमा पुर्याऔं

• रोवर्टो रविजेडो कुन अन्तराष्ट्रिय निकायका हालका महानिर्देशक हुन् ? – WTO

• विश्व व्यापार संगठनको प्रथम बैठक सन् १९९६ मा कुन एसियाली मुलुकमा सम्पन्न भएको थियो ? – सिंगापुर

• नेपाल सरकारले नेपालका निजी विमान सेवा कम्पनीलाई कहिलेदेखि अन्तराष्ट्रिय उडान गर्ने अनुमति दिएको हो ? – वि.सं २०५५ कार्तिक २२ गते

• अन्तराष्ट्रिय न्यायालयका प्रथम महिला न्यायाधीस रोजालिन हिग्सिन्स हुन भने उनी कुन देशकी नागरिक हुन् ? – बेलायत

• रिपब्लिकन दलबाट चुनिएका २० औ शताब्दीका कुन अमेरिकी राष्ट्रपतिले त्यहाँको प्रधानन्यायाधिसको काम पनि गरेका थिए ? – विलियम टी टाफ्ट




Group A
1. नेपाल सरकारले सन् १९९८ देखि कुन अंग्रेजी महिनालाई आयोडिन महिनाको रुपमा मनाउदै आएको छ ??
उत्तर = फेब्रुवरी

2. हाल लोक सेवा आयोगकी अध्यक्षको नाम के हो ??
उत्तर = कयो देवी यमी

3. गाँउ विकास समितिको बार्षिक
बजेट तथा कार्यक्रम कसले पारित गर्छ ?
(२०७१ -खरिदार)
उत्तर = गाउँ परिषद्

4. विश्वमा सर्वाधिक संख्यामा चरा पाइने उपत्यका कुन देशमा रहेको छ ?
उत्तर = नेपाल (अरुण उपत्यका)

5. अन्तरिक्षमा प्रबेश गर्ने राष्ट्रहरुको क्रम तलका मध्ये कुन ठीक हो ?
उत्तर = रुस,अमेरिका,फ्रान्स , जापान,चिन, भारत

6. मानिसमा क्रोमोजोमको संख्या कति वटा हुन्छ ??
उत्तर = २३ जोडी

7. नेपालको कार्यकारिणी अधिकार
कसमा रहेको छ ?
उत्तर = मन्त्रिपरिषद

8. सन् २०१८ को शीतकालिन ओलम्पिक (Winter olympic) कुन देशमा आयोजना हुँदैछ ?
उत्तर = दक्षिण कोरिया

9. 'गेनिमेड' कुन ग्रहको उपग्रह हो ??
उत्तर = वृहस्पती

10. २०७१ भाद्र २९ गते मनाइएको राष्ट्रिय बाल दिवस' को नारा के राखिएको थियो ??
उत्तर = बालबालिकाका कुरा सुनौं,
बालदुर्व्यवहार अन्त्य गरौं !

11. नेपालमा 'राष्ट्रिय बाल दिवस'
कहिले मनाइन्छ ??
उत्तर = भाद्र 29

12. सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ?
उत्तर = बंगलादेश

13. रेडियो नेपाल कुन देशको सहयोगमा सञ्चालीत छ ??
उत्तर = जापान

Group B 

१. ‘दोर्चे लाक्पा’ (६,९६६ मि.) नेपालको कुन जिल्लाको सबै भन्दा अग्लो हिमाल हो ?
– सिन्धुपाल्चोक (यो हिमाल रसुवा जिल्लाबाट आरोहण गरिन्छ)
२. नेपालको हिमाली क्षेत्रमा कतिवटा हिमाल रहेका छन् ?
– २३२३ वटा (तीमध्ये इम्जालगायतका २० वटा हिमाताल विस्फोटको सम्भावना नजिक रहेका छन्)
३. मिठे र तिते नेपालको कुन खाद्य बालीका प्रजाति हुन् ?
– फापर (तिते प्रजातिका फापर मुस्ताङ, हुम्लाजस्ता दुर्गम हिमाली जिल्लाहरुमा हुने गर्दछ)
४. पर्वत जिल्लाको आलुको पकेट क्षेत्र भनेर कुन स्थानलाई बुझाउँछ ?
– बनौ क्षेत्र (पर्वतको बनौको आलु कदरमुकाम कुस्मा, बेनी, बागलुङ, पोखरासम्म निर्यात हुने गर्दछ)
५. हाल नेपालमा कति किसिमका जङ्गली च्याउ भेटिएका छन् ?
– १,१२१ किसिमका
६. हाल नेपालमा कति जिल्लामा च्याउ खेती हुन्छ ?
– ७० जिल्लामा (४० भन्दा बढी जिल्लमा यसको ब्यवसायिक उत्पादन भइरहेको छ)
७. संसारमा सबैभन्दा बढी चुइगम कुन देशमा खपत हुन्छ ?
– डेनमार्क (त्यसपछि दोस्रोमा नर्वे र तेस्रोमा स्विट्जरल्यान्ड पर्दछ)
८. संसारमा सबैभन्दा बढी चीज कुन देशका नागरिकले खान्छन् ?
– ग्रीस (त्यहाँका प्रत्येक नागरिकले वार्षिक २४ किलो चीज खान्छन्)
९. नेपालमा ३० प्रतिशत भन्सार लाग्ने सुपारी आयातमा भारतले कति प्रतिशत भन्सार लागाउने गरेको छ ?
– ८० प्रतिशत
१०. केरा खेतीका लागि भारत विश्वकै सर्वाधिक उत्पादक मुलुक हो ? अब भन्नुहोस् विश्वको कुल केरा उत्पादनमध्ये भारतले कति प्रतिशत ओगट्छ ?
– २३ प्रतिशत
११. विश्वभर हालसम्म कति केरा प्रजातिको केरा मात्र पहिचान भएको छ ?
– ५० प्रजाति
१२ एमआरपी पाउने पहिलो विशिष्ट नेपाली राष्ट्रपति डा. रामवरण यादव हुन् भने एमआरपी पाउने पहिलो सर्वसाधारण को हुन् ?
– अनुराधा कोइराला (उनी माइती नेपाल संस्थाका संस्थापक अध्यक्ष हुन्)
१३. नेपालमा एमआरपी वितरण कहिलेबाट सुरुवाट गरिएको हो ?
– वि.सं. २०६७ पुस ११ बाट
१४. नेपालमा ७५ वटै जिल्लाबाट एमआरपी वितरण कार्य कहिलेबाट सुरु भएको हो ?
– वि.सं. २०६८ मङ्सिर १
१५. नेपालमा नगरपालिका निर्माण गर्ने सम्बन्धमा सर्वप्रथम वि.सं. १९७६ मा राणा प्र.म. श्री ३ चन्द्र शमशेर कुन अड्डा स्थापना गरेका थिए ?
– सफाइ अड्डा (त्यस अड्डाले वि.सं.२०२३ सम्म आफ्नो कार्य जारी राख्यो)
१६. ३० वर्षपछि चलिरहेको भारत–बङ्गलादेश सामुदायिक विवाद कहिले अन्त्य भएको हो ?
– सन् २०१४ जुलाई ९ मा
१७. मानव अधिकारको सम्बन्धमा विश्वको प्रथम लिखित दस्तावेज केलाई मानिन्छ ?
– म्याग्नाकार्टा (बेलायती राजा जोन द्दितीयले १५ जुन १२१५ मा म्याग्नाकार्टामा हस्ताक्षर गरेका थिए)
१८. फ्रन्सेली राजा लुई १६ औंको पालामा राजाले जनतालाई बिनाअभियोग गिरफ्तार गर्न सक्थे । अब भन्नुहोस् उक्त अधिकारलाई के भनिन्थ्यो ?
– Lettre de chachet
१९. संयुक्त राष्ट्रसङ्घको आह्वानमा कुन वर्षलाई अन्तर्राष्ट्रिय नारी वर्षका रुपमा मनाइएको थियो ?
– सन् १९७५
२०. संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा जम्मा कति सदस्य राष्ट्र हुन्छन् ?
– १५ राष्ट्र (५ स्थायी र १० अस्थायी)
२१. सुरक्षा परिषदमा कति राष्ट्रलाई VETO (निषेधिकार) प्रयोग गर्ने अधिकार छ ?
– ५ राष्ट्र (पाँच स्थायी सदस्य राष्ट्रहरुलाई)
२२. युरो मुद्रा प्रचलनमा ल्याउने युरोपियन युनियनको १८औं मुलुक कुन हो ?
– लात्भिया (यसअघि यस राष्ट्रको मुद्राको नाम ‘लाट्स’ थियो)


Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...