Skip to main content

एमए पास गरेर कक्षा एक मा शिक्षक !



भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएकै दिन प्युठानका श्यामबहादुर बुढाले गोर्खा सैनिकमा नियुक्ति पाए । घटनाले संसार तरंगित थियो, उनी सैनिक पोशाकमा सपथ लिदै थिए । त्यो थियो ३१ अक्टुबर १९८४ को कुरा । त्यसको ३ वर्षमै जागिर नछाडेको भए अहिले अवकास प्राप्त गोर्खा सैनिक श्याम बुढा भएर हिंडिरहेका हुन्थे । कडा सैनिक अनुशासनको चौघेरा उनको स्वतन्त्र स्वभावले थेग्न सकेन । 'अनि मैले सैनिक जागिर छाडेँ', बाँकेका शिक्षकले विगत सम्झे, 'मनदेखिनै इच्छा नभएपछि त्यो जागिरमा बसेर मैले प्रगति गर्न सक्दिन भन्ने लाग्यो र छाडिदिएँ ।'   भएको एउटा जागिर छाडेपछि उनी फुर्सदमा थिए । सोच आउँदै थियो व्यापार गरौं कि अरु जागिर खोजौं वा भारतमै अरु मजदुरी गर्न छिरुँ ? संयोग त्यही बेला बाँकेका चिनारु आफन्त स्कुल खोल्ने तयारी गरिरहेका थिए । समस्या के थियो भने स्कुल त खोल्ने, अरु विषय पढाउने शिक्षक फेला पर्लान् तर अंग्रेजी पढाउने कसले ? विकल्पमा देखिए तिनै श्यामबहादुर बुढा । 

सिम्लामा मजदुरी गर्ने बुबाले ५ वर्षकै उमेरमा पढाउनकै लागि साथ लगेका थिए । सिम्लामै उनले विद्यालय र प्रमाणपत्र तह सके । उनको अंग्रेजी राम्रो थियो । त्यही भएर होला एक साँझ अगुवा मध्येका कसैले सोध्यो, जागिर खान्छौं ? अंग्रेजी पढाउनु पर्छ, केटाकेटी पढाउन सक्छौ ?   उनी गम खाए । जागिर थिएन, एक मनले लाग्यो, ह्या होस्है केटाकेटीसित झुत्ती खेल्ने जागिर के खानु ? अर्को मनले भन्यो अल्झिने मेलो त हुन्छ । किताबै पढाउने हो, पढाउन जानि हालिन्छ जागिर खाएर आखिर के बिग्रन्छ ? मन नलागे छाडिदिउँला । यस्तै दोधारवीच २०४५ सालको फागुनबाट अंग्रेजी पढाउन थाले ।   दोधारवीच सुरु गरेको त्यही मास्टरी पेशा अन्तत: उनको स्थायी करिअर बन्यो । त्यसपछि गाउँको श्यामबहादुर बुढाबाट उनी एकाएक श्याम सरमा बदलिए । सबैको श्याम सर । श्यामसरलाई नमस्कार गर्न थाले । छोराछोरीको पढाइको चासो लिन थाले । केटाकेटीसित खेल्ने कर्म त्यसपछि सुरु भयो ।   'एक दिन केटाकेटी नदेख्दा न्यास्रो झै लाग्छ, घरमा छोरीहरु छन् र पनि सुनसानझैँ लाग्छ', अढाइ दशक शिक्षणमा बिताएका उनले भने, 'केटाकेटीसित आकर्षणको शक्ति हुन्छ । ती रिसाए पनि फूलजस्ता हुन्छन् । ती हास्दा पनि फूलजस्ता हुन्छन् । सुन्दर । हेरिरहु लाग्ने ।'   युवा उमेर न हो, उनलाई पनि कतिपल्ट रिस उठ्यो । केटाकेटीलाई कहिल्यै देखाएनन् । कहिले काहिँ ठूलो स्वर गरेर हप्काए एक सिर्कनो लगाएनन् । अहिले उनलाई लाग्छ, मैले किन हप्काए हुला व्यर्थै । उनी आफूले भारतको केन्द्रिय विद्यालयको कडा अनुशासन पार गरेर आएका थिए । उनलाई लाग्थ्यो तर्साएर राखे केटाकेटी अनुशासनमा बस्छन् । 'होइन रहेछ', उनले भने, 'माया गरेर केटाकेटीलाई बसमा पर्न सकिने रहेछ । हामीले केटाकेटीलाई सिकाउनै जानेका रहेनछौं ।'   

शिक्षकमाझ श्याम सरको सिकाउने शैली अलग छ । यसको उपकथा अर्कैछ । केही वर्षअघि विद्यालयमा बालमैत्री सिकाइको तालिमको अवसर आयो । कुनै शिक्षकले त्यसमा चासो लिएनन् । माध्यमिक तहका शिक्षकले तालिम लिएर प्राथमिक तहका केटाकेटी पढाउनुलाई सजायनै ठाने । शिक्षक कसैले नमानेपछि हेडसर श्याम सरमा ठोकिए । विदामा रहेका बेला हेड सरले भने, कोही जान मानेनन् । तपाई गैदिनु परयो ।   तालिमबाट फर्केपछि माध्यमिक तहमा अंग्रेजी पढाइरहेका श्याम सर एक्कासी कक्षा १ मा मात्रै पढाउँछु भन्न थाले । कसैको कर बलले होइन इच्छाले । 'जग बलियो नभए माथिल्लो तहमा उनीहरु कमजोर हुन्छन् भन्ने ज्ञान मैले त्यति बेला पाए', उनले भने, 'साना कक्षाका केटाकेटीलाई उपेक्षित गरेकोमा ग्लानीजस्तो भयो । विद्यार्थीको जग बलियो बनाउन तिर लाग्छु भन्ने अठोटले म माध्यमिक तह छाडेर कक्षा १ को शिक्षक भए ।' अहिले कक्षा १ को सबै विषय पढाउने हरेक दिनभरको जिम्मा ढुक्कै श्याम सरलाई ।   कक्षा छिरेपछि सबैले उनलाई नमस्कार गर्छन् । उनी केटाकेटीका गाला थपथपाउछन् र खाना खाए नखाएको सोध्छन् । विद्यार्थीको उत्तरले जनाउछ, केटोकेटीको अवस्था के छ ? विद्यार्थीलाई एकसरो हेरेपछि उनी विचार्छन आज केटोकेटीको मुड के छ ? र त्यही अनुसार उनी पाठ अनुसारको कृयाकलाप सुरु गर्छन् ।   त्यसका लागि कति शैक्षिक सामाग्री उनी घरबाट बनाएर ल्याउछन् । कति आफ्नै तलबबाट पनि किन्छन् । बाटो, जंगल र करेसाबारीबाट पनि उनी सामग्री ल्याउछन् र केटाकेटीलाई देखाउँछन् ।   

कक्षा १ पढाउन थालेपछि उनी रातरातभर शैक्षिक सामग्री बनाउन थाले । कागज काट्ने, कागज रंग्याउने, लेख्ने, चित्र बनाउने सबै रातभर बसेर गर्न थाले । श्रीमती आत्तिन थालिन्, शिक्षक भएको श्रीमान् बौलायो ! माध्यमिक तहबाट कक्षा १ पढाउन थाल्यो र त्यही पीरले उन दिमागले काम गर्न छाड्यो ।   'मैले आफ्नो काम छाडिन,' उनी भन्छन्, 'शैक्षिक सामग्री नभए दिनभर के गरेर दिन बिताउनु ? केटाकेटीलाई के सिाउनु ? घरमा म बहुलाएको होइन पढाउनकै लागि शैक्षिक सामग्री बनाएको हु भन्ने बुझाउन निकै समय लाग्यो ।' यही कारण अरुको भन्दा उनको पढाउने शैली भिन्न छ ।   केटाकेटीलाई कक्षामै कजाएर राख्दैनन् । घुमाउन निकाल्छन् । खेलाउन निकाल्छन् । नाच गान र रमाइलो गरेर भुलाउँछन् । विद्यार्थीलाई कुनै पनि कुरा देखाउने, छुवाउने र अनुभव गराउने उनको सिद्धान्त छ । सोधेका बताइदिन्छन् । स्कुल जादै गर्दा विहान डोरयाउदै लैजान्छन् । फकिर्दा डोरयाउदै घर पुरयाउँछन् ।   कहिले काहिँ उनी विद्यालय नजादा विद्यार्थी सोध्छन् हाम्रा श्याम सर खोइ ? अरु शिक्षकलाई विद्यार्थी आफ्नो सर मान्दैनन् । उनीहरुको आफ्नो भनेको श्याम सर भएका छन् । उनलाई लाग्छ केटोकेटीको प्रीय हुन त्यति सजिलो छैन । त्यसका लागि छुट्टै कला चाहिन्छ । गला चाहिन्छ । ममता चाहिन्छ । प्रेम र स्नेह चाहिन्छ । प्रोत्साहन चाहिन्छ । स्वाबासी चाहिन्छ । 'केटाकेटीलाई ठूला ठूला चिज सिकाउनु पर्दैन साना तिना कुरामा तिनलाई खुसी राख्नु पर्छ', उनले भने ।  

 शैक्षिक जनशक्ति विकास केन्द्रको तथ्यांकले भन्छ, देशका कबिर ३४ हजार सामुदायिक विद्यालयमा पढाउने २ लाख भन्दा बढी शिक्षकले श्याम सरले जस्तो सिकाउने तालिम लिएका छन् । कक्षामा आफूले सिकेको ज्ञान प्रयोग गर्ने श्याम सरजस्ता शिक्षक कति होलान् ? कतिलाई अनुभव भएको होला, शिक्षक सिकाउने होइन सिक्ने व्यक्ति हो । केटाकेटी शिक्षकका पाठशाला हुन् । केटाकेटीको आधार शिक्षा दरिलो नबनाइ माथिको शिक्षा राम्रो हुदैन । यही नबुझेर त हो कक्षा १० को अन्तिम परीक्षामा सहभागी हुने ४ लाख मध्ये ६० प्रतिशत विद्यार्थी फेल हुने गरेका ।   हाम्रा धेरै शिक्षक ठान्छन् माथिल्लो कक्षा पढाउनेको मान सम्मान ठूलो हुन्छ । कक्षा १ पढाउँदा कमजोर र सानो भइन्छ । हेडमास्टरले पनि शिक्षक मध्येको कमजोर र कम योग्यता भएकोलाई कक्षा १ को शिक्षक बनाउछन् । 'कक्षा १ मा सिकाउन सजिलो छैन', उनले भने, 'कमजोर शिक्षकलाई प्राथमिक तह जिम्मा लाएर हामी आफैमाथि बेइमानी गरिहेका छौं ।' 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...