Skip to main content

सामुदायिक स्कुलमा पूर्वप्राथमिक शिक्षाको तयारी

काठमाडौं, कार्तीक १२ / देशभरका सामुदायिक विद्यालयमा एकवर्षे पूर्वप्राथमिक शिक्षाको व्यवस्था गर्ने तयारी गरिएको छ । शिक्षा ऐनको आठौँ संशोधन मस्यौदामा सबै सार्वजनिक विद्यालयमा एकवर्षे पूर्वप्राथमिक शिक्षा दिने व्यवस्था गरिएको छ ।
देशभरमा करिब ३४ हजार सार्वजनिक विद्यालय छन् । ती सबै विद्यालयमा एकवर्षे पूर्वप्राथमिक शिक्षा सञ्चालन गर्ने विषयमा सहमति भएर ऐन संशोधन मस्यौदामा उल्लेख गरिएको शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले बताए । ऐनको मस्यौदा शिक्षा मन्त्रालयले संसद्मा पेस गर्ने तयारी गरेको छ ।
‘देशभरका सामुदायिक विद्यालयमा एकरूपता कायम गर्न एकवर्षे पूर्वप्राथमिक शिक्षाको व्यवस्था गर्न लागिएको हो,’ सहसचिव लम्सालले भने, ‘यो व्यवस्था राख्न सबैको सहमति छ ।’ हाल एसएलसी दिँदासम्म सामुदायिक विद्यालयमै केहीले ११ वर्ष र केहीले १० वर्ष मात्र अध्ययन गर्ने गरेको उनको भनाइ छ ।
संशोधन मस्यौदा पारित भएर ऐन बनेपछि देशभरका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीमा समानता कायम हुने र सिकाइ उपलब्धि पनि बराबरी हुने लम्सालको भनाइ छ । सबै विद्यार्थीको आधार एउटै हुँदा माथिल्लो तहको अध्ययनमा समेत सहज हुने उनले बताए ।
सामुदायिक विद्यालयमा हाल कतै शिशु कक्षा, कतै अर्कै नामले पूर्वप्राथमिक कक्षा सञ्चालन हुने गरेको छ । निजी विद्यालयमा भने कक्षा एकमा भर्ना गर्नुअघि नर्सरी, एलकेजी र युकेजी गरी पूर्वप्राथमिक तहमा तीन वर्ष पढाइ हुने गरेको छ । यसले एसएलसीको आधारलाई समेत प्रभाव पार्ने गरेको मन्त्रालयका अधिकारीको भनाइ छ ।
यसअघि शिक्षा ऐनको आठौँ संशोधन गर्न पटक–पटक प्रयास भएको थियो । शिक्षा ऐनको संशोधन मस्यौदा तयार पारेर संसद्मा लैजान लागिएको अहिले चौथो प्रयास हो । यसपटक केही प्रावधान थपेर मस्यौदा तयार पारिएको मन्त्रालयले जनाएको छ ।
तत्कालीन शिक्षामन्त्री गंगालाल तुलाधरले पहिलोपटक शिक्षा ऐन संशोधन मस्यौदा प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । तर, मन्त्रिपरिषद् परिवर्तन भएपछि मस्यौदा फिर्ता भयो । तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माको पालामा संसद्सम्म पुगेको थियो । तर, संसद् विघटन भएपछि फिर्ता भएको थियो । शर्माले संसद् नभएपछि अध्यादेशमार्फत ऐन ल्याउने प्रयास गरे पनि सफल भएन ।
- भवानीश्वर गौतम

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...