Skip to main content

चौकीदारीबाट विद्यालय

बाजुरा, कार्तिक १३ - बाजुराको ब्रह्मतोला, बजेडीका स्थानीय बासिन्दाले भारतमा चौकीदारी गरी आर्जन गरेको कमाइबाट गाउँमा विद्यालय सञ्चालन गरेका छन् । स्थानीयकै पहलमा डेढ दशकअघि स्थापना गरिएको बजेडी विद्यालयलाई हाल निम्न माध्यमिक तहको बनाइएको छ । स्थापनाकालदेखि उक्त विद्यालय सञ्चालनका लागि भारतमा चौकीदारी गर्दै आएका स्थानीयवासीले नै रकमको जोहो गर्दै आएका छन् ।
बजेडीबाट प्रायः घरका एक जना भारतका विभिन्न सहरमा कार्यरत छन् । उनीहरूमध्ये अधिकांश भारतका विभिन्न स्थानमा रातभर चौकीदारी गर्दै आएका बजेडीका बासिन्दाले विद्यालयकै लागि भारतमा कोष बनाएर रकम पठाउने गरेका हुन् । 'अघिल्लो वर्ष डेढ लाख संकलन गरी शिक्षकको तलब दियौँ,' स्थानीय अभिभावक खडकराज जोशीले भने । गाउँका सयभन्दा बढी सदस्यले विद्यालय सञ्चालनका लागि भारतमा नियमित रकम जम्मा गरेर पठाउने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दयाराम जैशीले बताए । 'आफूले कमाएको रकमबाट वाषिर्क ५ प्रतिशत रकम भारत पुगेका कामदारले विद्यालयका लागि छुट्याउने गरेका छन्,' अध्यक्ष जैशीले भने ।
आठ कक्षासम्म पठनपाठन हुने भए पनि शिक्षक संख्या अपुग छ । जिल्ला शिक्षा कार्यालयले प्रावि तहका तीन शिक्षकको दरबन्दी छ भने निमावि तहका लागि एक जनामात्रै राहत दरबन्दी दिएको छ । अपुग चार शिक्षकको निजी स्रोतबाट व्यवस्था गरिएको प्रधानाध्यापक भानुभक्त जोशीले बताए । 'चन्दाबाट प्राप्त रकम निजी तहका शिक्षकको पारिश्रमिकका लागि खर्च गर्दै आएका छौं,' प्रअ जोशीले भने । विद्यालय सेवा क्षेत्रमा अधिकांश दलित समुदायका बासिन्दाको बसोबास छ । गाउँ नजिक अरू विद्यालय नभएकाले स्थानीय बासिन्दा गाउँमै विद्यालय सञ्चालन गर्ने कस्सिएर लागिपरेका हुन् । 'दलित समुदायका बासिन्दा शिक्षामा पछाडि भएकाले गाउँमै विद्यालय सञ्चालन गर्न जुटेका हांै,' स्थानीय दलित अगुवा धनीराम नेपालीले भने ।
चौकीदारी गर्न भारत रहेकाहरूले रकम संकलन कार्यलाई सहज बनाउन उनीहरूले हरेक महिनाको १० तारिखमा सबै जना एकै ठाउँमा भेला भई विद्यालयकै लागि भनेर खडा गरेको कोषमा रकम जम्मा गर्ने गरेको धनीरामले बताए ।
पहुँच नभएकाको समुदाय भएकाले जिल्ला शिक्षा कार्यालय र राजनीतिक दलहरूले आफ्नो विद्यालयलाई स्रोत वितरणमा पछाडि पारेको स्थानीय बासिन्दाको आरोप छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...